Category Archives: पुरु रिजाल

पढ् खा नत्र जा

२०६४ साल वैशाख ४ गते बेलुकाको समयमा आँपटारीको ४ कि.मि जङ्गल छिचोल्दै देवघाटमा संस्कृत पढ्न भनेर महेश सन्यास आश्रममा पुगियो । गाउँमा हुर्केको सानो गाउँले बच्चो गुरुकुलभित्रका भवन, त्यहाँका १५० भन्दा बढी विद्यार्थी देख्दा अचम्ममा परेको थिएँ । जानुभन्दा अघि देवघाट भन्ने नाम सुनेको मात्र थिएँ पछि देख्ने र पढ्ने अवसर पनि पाएँ । साँच्चै

Read More

सबै कुरा छन त आइरहन्छन् । नत्र कहाँ आफन्त आइरहन्छन् ?? ।।१।।

*****गजल****** सबै कुरा छन त आइरहन्छन् । नत्र कहाँ आफन्त आइरहन्छन् ?? ।।१।। ********** आँसु बगाएरै मन शान्त पर्नुपर्छ । दु:ख दिन सामन्त आइरहन्छन् ।।२।। ********** यो वर्ष पलाएन पिरतीका आँकुरा । फेरि फेरि वसन्त आइरहन्छन् ।।३।। ********** मेरो रुपले हो वा बुलन्द आवाजले हो । लर्को लागेर अनन्त आइरहन्छन् ।।४।।

लजाएर तिम्ले नहेरे'नि हुन्छ । टुना हुन्छ भन्छन् बजेको चुरामा।

गजल नजानी भुलें सुन्दरी औ सुरामा । हरे दैव भन्दै चुटेँ पुर्पुरामा ।।१।। चलेको छ हल्ला सबै गाउँघरमा। हुँदैहुन्न बिश्वास भन्थ्यौ भुरामा ।।२।। कहाँ हुन्छ एकै फिटिक्कै हुँदैन । यता के टि एम् मा उता बाजुरामा ।।३।। लजाएर तिम्ले नहेरे’नि हुन्छ । टुना हुन्छ भन्छन् बजेको चुरामा।।४।। कहाँ गै हराएछ ? ब्रम्हाण्ड सारा – उचाल्ने

Read More

भनिन् प्रेमिकाले "तिमी सम्झिएर । न च्यापी सिरानी कहाँ नीद लाग्छ "

चढीगो जवानी कहाँ नीद लाग्छ । नराम्रो छ बानी कहाँ नीद लाग्छ ।।१।। उघारेछु व्यर्थै धरामा नजर यी । गयो जिन्दगानी कहाँ नीद लाग्छ ।।२।। म तड्पिन्छु तिम्रो मिठो सुन्न बोली । अरे फोन् नहानी कहाँ नीद लाग्छ ।।३।। सधै प्रेमको कल्पनामा म हुन्छु । तिमी छौ निशानी कहाँ नीद लाग्छ ।। ४।। भनिन् प्रेमिकाले

Read More

श्रीकृष्णको विरहले गोपिनीहरू यति व्याकुल भएका थिए कि उनिहरू बनका पात–पतिङ्गर, फूल, वृक्ष लहरा इत्यादिलाई मेरो प्रेमी श्रीकृष्णलाई देखेका छौ भनि सोध्दै सोध्दै हिँड्दथे

प्रेम केहि महिनादेखि मैले नेपाली साहित्यका थुप्रै कथासंग्रह र उपन्यासहरू पढिरहेछु । सामाजिक सञ्जालमा पनि भुराभुरी पिङमा झुण्डिएझैँ झुण्डिरहेकै छु । मैले ती पुस्तकमा पढेको र सामाजिक सञ्जालका भित्तामा टाँसिएका विभिन्न स्रष्टाहरूको प्रेम विषयक विचारहरू अनि मैँले एक दशकदेखि पढ्दै आएको संस्कृत साहित्यको महान् ग्रन्थहरूमा निरूपण गरिएका प्रेम विषयक चर्चाहरूमा आकाश र पातालको भिन्नता पाएँ

Read More

%d bloggers like this: