Category Archives: रशिक राजका सृजना

केही कालहरु विते फेरी एक दिन अर्को एक युवक मर्यो त्यही चोकमा , त्यही देशको नाममा

दृष्टिबोध। चोकको पुरानो सालिक लडाउदै गर्दा एक दिन एक युवक सडक मै मर्यो देशका नाममा। सम्मानमा त्यही सडकको चोकमा उ न….याँ सालिक बन्यो। केही कालहरु विते फेरी एक दिन अर्को एक युवक मर्यो त्यही चोकमा , त्यही देशको नाममा। आज प्रथम र अन्तिमपटक सालिक देख्दैछ आफ्नै अनुहारमा आफैले ढालेको पुरानो सालिकको पुरानो अनुहार।। © रसिक

Read More

चुडिएको चप्पलको फित्ता, सिईदेउ बिचमा एउटा काँडा राखेर।

गजल यस कारण उ हिड्छे झोलामा ऐना राखेर कसले पो प्रेम गर्यो र बन्द आँखा राखेर। यसरी बाचिरहेछ सिमानामा एक सिपाई ओठमा मुस्कान , ट्रिगरमा अौला राखेर फूल टिप्दा चुडिएको चप्पलको फित्ता, सिईदेउ बिचमा एउटा काँडा राखेर। तिम्रो सामिपमा यस्तो आकार भो हृदयको जस्तो हुन्छ बेलुन आफुमा हावा राखेर।

वेश्यालयको भित्तामा एउटा कामुक पोस्टर झुन्डिएको छ।

वेश्यालयको भित्तामा एउटा कामुक पोस्टर झुन्डिएको छ। निक्कै.. बेर भो एक दुधे बालक नियालि रहेछ उसैका स्तन। शिर्षक -अभाव *** © रसिक राज

तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी, उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।

जिन्दगीमा खस्ने डर मात्र बाकी रहन्छ। जव समयले चुङ्गीलाई झै उफारी रहन्छ। तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी, उ बाबा भन्दै जुनकीरी समाति रहन्छ। बच्चाहरु यसकारण निदाउन सकेकाछन्, धन्न कसौंडी पानी मात्रै नी उमाली रहन्छ। एउटा फुल झर्यो मुस्कुराउन बिर्सेका कारण, यधपी उसको तस्वीर अझै पनि हाँसी रहन्छ।

प्राग ऐतिहासिक पादगनाउछ ऐतिहासिक दस्तावेज ।

​चर्तिकला!!! सहरका एक हुल रैथान चराहरु आमरण अनशनमा बसेका छन् शिहदरवार अगाडि पखेटाको तस्विर बोकेर, प्रखाल झै उभिएका छन् केही टुकडी सिपाइका छातीहरु बन्दुक भिरेर। तत्क्षण अर्ध पित चन्द्र सुर्य बतासीदै बतासमा एक फन्को मार्छ सालिक आँखाको समान्तर रेखा र फ्यात्त झर्छ सडकको खल्तिमा सात टुक्रा भै। देखापर्छन चोकमा केही बुढा रुखहरु  रक्ताम्य बुटहरु एकहुल

Read More

%d bloggers like this: