Tag Archives: poem

धनी अनि घमण्डी हरु हो मलाई चाहिदैन !!

———–गजल———== मनको माया छदै छैन,धनको माया चाहिदैन !!   ब्यर्थै जिबन जिउने मलाई भएपनि चाहिदैन !! खोज्दा खोज्दा भेटिछन है, सबै थरीथरी यहाँ  !! मनको  साथी नभेटेसी  अछुत माया लाईदैन !! हो तिम्रै हु भन्ने कति भेटिय कति यहाँ ……!! धनी अनि घमण्डी हरु हो मलाई चाहिदैन !! यात्रा अझै कति छन कति पार गर्नु

Read More

आज धेरै प्याला पिय मात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु

आज धेरै प्याला पिय मात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु   जिबनभर बिश्वास बाड्दै हिडेको यो यात्रिलाई आज फेरि भयभरको घात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु   बसुजैब कुटुम्बकम मन्त्र जप्ने पुजारीलाई हिन्ताबोध र यक्लो पनको लात लागेको छ सानु नआउ नजिक नछोउ

Read More

कहिल्यै नफर्किने गरि जानुभयो आमा हजुर बिना घर घर लाग्दैन

मलाई दुश्मनहरूको डर लाग्दैन अनि आफ्नाहरूको भर लाग्दैन कहिल्यै नफर्किने गरि जानुभयो आमा हजुर बिना घर घर लाग्दैन कसैगरे पनि पग्लिएनौ यार तिमी बरू पत्थरको मन पत्थर लाग्दैन जो सधै मन्दिरमा टाउको ठोकी बस्छ उही माथि भगवानको नजर लाग्दैन सानैदेखि काडामा पाउ राखी हिँडे त्यसैले खुल्ला सफर सफर लाग्दैन आयुषा

तिमी निस्किए मार्गमा बल्छ आगो,बढेको जलनको छ चर्चा चलेको

​ चढेको यौवनको छ चर्चा चलेको, नशालु नयनको छ चर्चा चलेको। लुटाई गयौ रे सबै अस्मीता नै, बिकेको त्यो तनको छ चर्चा चलेको। तिमी निस्किए मार्गमा बल्छ आगो, बढेको जलनको छ चर्चा चलेको। यता हर्क माया दुवै मारमा छन्, मुनाको मदनको छ चर्चा चलेको। भोलि मृत्युमा साथ लाग्ने हुँदैनन्, यता आज धनको छ चर्चा चलेको।

Read More

प्रेमको निशानी बनाइनेछ के थाहा,, जाडो छेक्न भनी मफलर बनायो,,

सजिलो थिएन यो सफर बनायो,, उसले चुनौतिलाइ अबसर बनायो,, पिउनेले त अमृत सोचेर पिइदियो, , बनाउनेले के सोचेर जहर बनायो, पत्थरलाइ भगवान भन्यो उसैले,, हो उसैले जसले पत्थर बनायो,, परदेशिको बाटो हेरिरहदा थाकेनन,, कसले यति धैर्यवान नजर बनायो,, प्रेमको निशानी बनाइनेछ के थाहा,, जाडो छेक्न भनी मफलर बनायो,, saru kande  

%d bloggers like this: