“अनि आफैले फल टिप्ने भएपछी त आफ्नो भागमा अलि बढी राख्नु पर्ने है –सुधिर कुमार सुमन

मलाइ मनपर्ने एमाले मध्यका एक बामदेब हारेछन नमज्जा लाग्यो।एक जमनामा म यी बुढाको भाषण सुन्न खुब चाख लिने गर्थें।नहार्नु पर्ने मान्छे।जुन एमालेमा हार्नुपर्ने मान्छे जितिरहेका छन।दोश्रो बरियताका काजी र बाम दुबैलाइ पाखा लाउने रणनिती।देखेर आफ्नै लघुकथा याद आयो।

लघुकथा:रणनिति
सुधिर कुमार सुमन

“मने तपाईं हरु सबैले सिकेकै कुरो हो।हामि मध्य अधिकांसले जङ्गल मा गुरिल्ला तालिम लिने क्रममा कसरी अर्काको बुइ चडेर फल टिप्ने भन्ने कुरो जानेकै हो मने अहिले हामी त्यै सिकेको कुरोलाइ राजनितिक ब्याबहार मा उतार्दै छौ”।मुसुक्क मस्किदै कुम हल्लाउदै अध्यक्ष ले भन्नू भयो।
“अनि आफैले फल टिप्ने भएपछी त आफ्नो भागमा अलि बढी राख्नु पर्ने है न र भन्या।तल बस्नेलाइ पो धेरै दिन्छु भन्नू भएछ त?”कार्यकर्ताले नबुझेको झै प्रश्न तेर्सायो।
“मने तपाईं त कस्तो लम्फु मान्छे।माथी चढेर फल टिपेपछी त आफुले राम्रा राम्रा असल फल सुरुमै ओगट्न पाइयो।मौका मिले खुसुक्क अघाउन्जी पहिले नै खान पाइयो।आफुले ठुला ठुला पोटिला फल राखेर तल बसेको लाई साना,आकार नमिलेका,किरा लाको,दिने त हो नि।संख्या मात्र ठूलो कुरो हो र”।कार्यकर्ताले बुझेको जसरी टाउको हल्लायो।अनि फेरि प्रश्न तेर्सायो।”अध्यक्ष ज्यु अब को भाबी रणनिती के त?कार्ययोजना के हो?अब हजुरले भनेको जसरी नै काममा लाग्नु पर्छ”।
अध्यक्ष फेरि उस्तै मुस्कानको साथ कुम हल्लाउदै भन्न थाले”मने अब को कार्य योजना भनेको जुन जुन ठाउँ मा फल टिप्नको लागि हामी माथी चडिएको छ ती ठाउँ हरुमा फल टिपेर खुसुक्क आफ्नो खल्ती पहिला भर्ने।सकेसम्म माथी बसेकै बेलामा तल बसेकाले थाहा नपाउने गरि अघाउन्जी खाने।मने तल बसेको अलि कमजोर जस्तो देखियो भने पहिले नै एउटा बलियो हांगो समात्ने।जहाँ जहाँ हामी माथी बुइ चडिएको छ ती ठाउँ हरुमा आफू कमजोर भएको,बिमारी भएको माथिकोलाइ धान्न नसक्ने जस्तो आभास दिलाउने।मने अझ नाटक गरेर चिप्लेजस्तो गरेर माथिको लाई लडाइदिने।यसो गर्दा बल्ल हाम्रो रणनिती सफल हुन्छ कुरो बुझ्नु भो”।

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM