अनु राऊतको ,यो कस्तो साईनो भाग _10🕓

17499352_652717461595372_6176381211218506366_n-150x150 अनु राऊतको ,यो कस्तो साईनो भाग _10🕓
–मेरी छोरी लान्छन भन्दै आफ्नै छाति पीटी पिटी रोए।यदि छोरी बुझ्ने हुन्थिई त

उस्का बाउको सबै कुरा भन्दिन्थिए।तर मेरी छोरी त मात्र एक बर्ष की छे।

।म यसरी पागल भाको देखेर फुपु,फुपाजुले नरोउ,हाम्रा नि मान्छे छन,भन्नु

भयो।मेरो लागी दश नबुझे नि हुन्थियो जस्तो भयो।।जस्लाई हरेक दुख सगै

लड्दै यतिका बनाए तर आज लोग्नेले आफ्नी छोरी लान्छु भन्दै उजुरी गरेछ।

हामी केही मान्छे लिएर दश बजे इटहरी खनार चौकी पुगीम।बाटो भरि फुपुले

यस्तो भन्नु भनेर सिकाउनु हुदैथियो।।तर मलाई भने डर लागेको थियो के बल्नु

के नबोल्नु भाको थियो।फेरि मलाई यस्तो कुरामा सारै डर लाग्थियो।

 

।त्यहा हामी पुग्दा सबै आएका थिए हामी भन्दा अगाडी,सासु,ससुरा,नन्द

अनि गाँउका केही ठुला मान्छे आएका थिए।मलाई जति नै नराम्रो भने पनि

गरे पनि मैले आफ्नो मन अरुलाई दिएको थिईन जुन सिन्दुर मेरो लोग्नेले दियो

हो त्यही सिन्दुर लाएको थिए जे भए नि उस्को आमा,बूबा मेरा सासु ससुरा हुन गए।

।नमस्कार गरे,आमालाई कस्तो छ सोधे तर आमाले नाटक गरेर हिडीस भन्नु भयो

तर किन यो बिर्सनु भयो कि मेरी बुहारीलाई पिडा धेरै भयो भन्ने आखिर सबैले मलाई

नै गलत किन देख्छन।।तर भन्नेले त जे भन्छन आफु सहि ठाँउमा हुनु पर्छ कस्ले के

गर्छ र।।एकछिन पछि दुबैलाई पक्षलाई भित्र बोलायो।।रिपोर्ट सुने,कस्तो गलत उजुरी

लाएछन।।।म रुए म रोएको देखेर फुपुले मेरि भदैनि हो,पोईला गएकी भनेर उजुर

गर्न लाज लाग्दैन।।यति राम्री र त्यति मोटी मेरी भदैनि आज खान नपाएकी जस्ती

भाकी छे।।भन्दै कराउनु थाल्नु भयो।।त्यहाको”अस
ाईले बाहीरको मान्छे अहिले नबोल्नौ भन्दै भन्यो।।मेरा घरका को छन र मेरा लागी

बोल्ने।।आखिर जति नै सहे पनि कसैले देखेनन,सुनेको थिए आफु सगै हार्नु तर दुनियाको

सामु आफु कमजोर नहुनु।।।”मैले पनि बिहे भएको”सत्र महिना सम्म कस्तो माया र कस्तो

ब्यवहार पाए आफ्नो लोग्ने बाट सबै भने।।पुलिसले उ तिर नजर लाउदै”सबै कुरा सही हो

सोध्यो तर मेरो लोग्ने त कति छलकपट गर्दो रैछ,जिउदोलाई मरेको र मरेकोलाई जिउदो

पार्दो रैछ।।त्यहा बिसौ जाना मान्छेको अगाडी मलाई नराम्रो भन्यो”उस्को कुरा मानिन रे

उस्को ख्याल गरिन रे,सधै झगडा गर्ने र म रबिना देखी वाक्क भएर अर्को लियाएको भन्यो।

।बिचरा म कति गर्नु आफ्नो लोग्ने भनेर जति गल्ति हुदा नि सही बसे त्यसको परिवारको

खोजि मतलब गरे फेरि त्यहा भन्दा धेरै म के गरौ।।”म राजको कुरा सुनेर फेरि रोए,।

 

।राजले मलाई अरु केही चाहीन्न घरबाट हिड्दा गरगहना अनी छोरी चाहीन्छ भन्दै थियो।

।मलाई थाहा छ पूलिस पनि उनिहरुको कुरा सुन्छन।।आखिर त्यसको सम्पति मलाई

चाहिन्न थियो।।माईति जान्छु भनेर घाटीमा मङगल सुत्र लाएको थिए अरु त के दिएको

थियो र।।मैले पनि रूदै भन्दिए,म मरे पनि मेरि छोरी दिन्न,भने दुबै पक्षमा चर्को बिवादपर्यो।

।पुलिसले पनि छोरी अहिले सानै छिन,जसरी जे गरे पनि कानुनले यति सानैमा आमा सँग

छुटाएर बाबुलाई दिदैन फेरि उ अरु सँग बिहे गरेको भए एउटा आधार हुन्थियो त्यो पनि

छैन त्यसैले 72 महिना सम्म बच्चा आमा कै साथमा हुन्छे तर बाउले पनि भेट्न पाउछ।

।अनि 72महिना पछि रबिनाले छोरीलाई यही थानामा लिएर आउनु पर्छ अनि छोरीले जो

 

सँग बस्छु भन्छे उस्कै खुसी हुन्छ भन्यो।।आखिर जित मेरै भयो,मैले पनि उस्ले लगाईदिएको

मङगसुत्र त्यही थानामा दिए।।तर कस्तो कानुन रैछ,राज सँग म आफ्नी छोरी कसरी भेटाउ।

।दुबै पक्षको कुरा भईसके पछि घर गईम,आखिर भएको नाता पनि तोड्यो हजारौ मान्छे बिच

अग्नी साचि राखी लाईदिएको पोते पनि आज गहना चाहीयो भन्यो दिएर पठाए।।फुपुले

अब पिर नगर छोरी तेरै हो तर तैले पनि आफ्नो अधिकार नछोड भन्नु भयो।।तर मलाई

त्यो घरको सम्पतिको आश थिएन।।जब लोग्ने आफ्नो भएन परिवार आफ्नो भएन भने मलाई

त्यो सम्पतिको के आश तर मलाई मेरा सम्मानहरु चाहिन्छ।।मेरा बिहेका दराज,पलङ आधि

सबै समान त्यस घरमा थिए।।भोलि पल्ट काममा गए त्यहाको साहुले गालि गर्यो,यस्तै पारा हो

भने काममा नआउदे हुन्छ भन्यो भएको पाएको त्यही एउटा मजदुरी पनि भएन भने म कसरी

 

छोरोलाई हुर्कानु तर जसरी नै हुर्काए पनि म कसरी छोरीलाई पढाउनु।।दिन भरि काम गर्थिए

साझ घर जान्थिए।।।यसरी नै बित्दै गयो जिबन।।छोरी पनि बस्ने,अलिअलि बोल्ने भएकी थिई।

एकदिन फुपुले दिन भरि यस्लाई हेर्नु पर्छ केही कामै गर्न दिन्न बरु आफु काम गर्ने ठाउ मै

लिएर जा भन्नु भयो।।मलाई कस्तो नराम्रो महसुस भयो हुन त फूपु ले रिसले भन्नु भयो या कामै

गर्न नदिएर हो तर मेरी छोरी सानै देखी ज्ञानि थिई। भोलिपल्ट देखी काममा जादा पनि छोरी

लिएर गए,एक ठाउ राखीदियो भने त्यही बस्थी।।सबैले कति ज्ञानि रैछे छोरी भन्थिए।।

।सधै झही यसै गरि छोरी लिएर काम गर्न थाले त्यही त हो फुपु कहिलेकाही रिसाउनु हुन्थियो,

फेरि मलाई त्यहा बस्न पनि मन लागेन।।म सगै काम गर्ने रमा दिदिलाई भनेर कोठा खोजिदिनु भने।

।नभन्दै खड्काको घरमा कोठा लिए,फुपुलाई भने किन के भयो भन्नु भयॅ केही हैन फुपु काम गर्ने

 

ठाउ धेरै टाढा भयो भनेर ढाटे तर म बसेकोले फुपु रिसाउनौ थाल्नु भाको थियो।।कोठामा बस्ने

भनेर मात्र हुन्न थियो कती सम्मान चाहिथियो।।अनि म मेरा बिहेका समान लिन घर गए,छोरीलाई

फुपु कै मा छाडेर।।।एक्लै गए डर पनि लाग्यो कतै कुट्ने हुन की झै लाग्यॅ फेरि मेरो आफ्नो सामान

लिन मेरो अधिकार छैन र।।घर गए,आमा खाना बनाउदै गरेको देखे मन मनमा खुसी नि लाग्यो

हिजो म हुदा सम्म सबै काम म गर्थिए आज हेर त।।म गएर आमालाई सम्मान लिन आको भने,

आमाले आखा भरि आँशु पार्दै काहा बस्न आटिस,नातिनी खोई भन्नु भयो।।मलाई पनि मन धेरै

दुख्यो,जुन घरमा आज भन्दा 18महिना पहिले भित्रिएकी म आज त्यही घर बाट सधैको लागी

निस्कन लागेकी थिए।घरमा कोही थिएनन आमा मात्र र को हो काहा जानु भयो सोधिन पनि।

 

कोठामा गए सबै कपडा झोलामा हाले।।।आफ्ना समान सबै।।दराज खोले मन झसङग भयो

मेरो पोते मेरो सिन्दुर त मेरै सौताले लाउदि रैछे।।सायद यही त लिन आकी थिई।।भित्तामा

भएको हाम्रो बिहेको फोटो पनि थिएनन सायद फुटाईदियो होला।।आफ्नो सबै समान लिएर

म कोठा गए।।।बेलुका साझ मोवाईलमा राजको फोन आयो।।आखिर अब किन फोन गर्दै छ

।जोडेको नाताको त अब केही हक छैप भने।।फोन उठाए तर बोलिन,मातेको जस्तो आवाज

थियो,म नभएको बेला मेरो घरमा आएर गईस् ।काहा बस्न आटेकी कि अरु सगै छेस,तेरो मलाई

मतलब भएन तर मलाई छोरी दिए।।कति नराम्रो शब्द बोल्यो मैले पनि उस्लाई तपाईको जस्तो

ब्यवहार हैन,कसैको छोरी बिहे गर्दैमा,ओछ्यानको रातको साहारा बनाएर गर्भबती बनाउदैमा

कोही बाबु हुदैनन फेरि हिजो जून अवस्था मा म थिए त्यही मा आफु बस्नु अनि थाहा हुन्छ भनेर ।

 

फोन अफ गरिदीए।।कती सजिले भन्छ छोरी उस्को रे जस्ले आफ्नो कोखमा राख्यो कति पिडा

सह्यो त्यो अनुभब छैन। मर्नु र बाच्नु भएर जन्माएकी मेरक छोरी पो हो त ।सिम चेन्ज गरौ भने

पुलिसले छोरीलाई भेट्ने अधिकार बाबूलाई पनि दिएको छ।।के गरौ र कसो गरौ भन्दै जिन्दगी

बितिरह्यो समय मेरो बश् मा पनि त चल्छैन।कति दुख गर्थिए कति के गर्थिए कति रुन्थिए त्यो मलाई

थाहा थियो।मेरो जीबनमा खुसी कहिले आएन,छोरी सग हुदा मन हास्न खोज्थियो तर ति अतितले मुस्कुराऊन

समेत दिदैनथियो।।आखिर जिबन यस्तै रैछ,छोरीलाई कहिले काही राजले लान्छु भन्दै मलाई धम्की

देखाउथियो।।मलाई मारिदिन्छु भन्दै रक्सी खाएर फोन गर्थियो।।छोरी पनि जति ठुली हुदै गई त्यती

मेरो बोझ थपिदै गयो।।कोठाको भाडा तिर्नु की छोरी पढानु की खानु की के गर्नु म यो पैसाले।।

जस्ले जे लायो जे खेलायो त्यही चाहीन्छ भन्थिई।।सानोमा त छोरी ज्ञानि थिई तर जति ठुलि भई

 

त्यति मलाई दुखदिन थालि,कहिलेकाही पिट्न मन लाग्थियो तर गालि गर्दा सम्म कोठामा गएर

रुन्थिई।।आखिर जति नै गरे पनि मैले मेरी छोरीलाई पढाउनु पर्छ भोलि आमाले यति दुख गरेर

हुर्काईन कसो नभन्लिई।।।त्यसैले मैले बिदेश जाने योजना बनाए तर छोरी कस्लाई जिम्मा दिम।

।।कुन मेनपावर बाट जानु सोच्न सकिन फेरि मेरो नागरिकता थिएन।कसरी जानु सक्छु बिदेश

यतिका पैसा कस्ले हाल्दिन्छ।।सुनेको थिए धिरज बिदेश बाट आयो रे उस्लाई नै सहयोग माग्छु

फेरि कसरी मागुम हिजो धनि र राम्रो केटा पाएर मलाई बिर्सिएर बिहे गरिस भनेको आज उस्लाई

दुख पिडा कसरी सुनाउ।त्यही पनी उ मेरो पहीलो प्रेम हो,प्रमीला सँग नम्बर लिएर फोन गरे।।

।को हो सोध्यो रबिना भने भन्न त मलाई मन थियो कि धिरज म त्यही अभागी केटी हो जस्ले चाहेर

पनि तिम्री हुन सकिन तर यसो भनेर म उस्का र मेरो प्रेम खुलाउन सक्दिन थिए फेरि उ र म एक

 

पनै हुन सक्दिनौ थियौ।।।धिरज एकदमै खुसी भयौ,मलाई भेट्दैनौ भन्यो। ।भेट्छु तर म माईति

आउदिन तिमी इटहरी आउ सनिबार भने हुन्छ भनेर फोन राख्यौ।।।आखिर उ यही आए पछि कुरा गर्छु भने

।सनिबार धिरज आयो,कति मोटाएछ कति राम्रो भएछ।।उस्ले मलाई देखेर के हो तिमी त कस्तो

भएर बसेकी भन्यो मैले पनि रूदै भन्दिए काहा छोरीको जिन्दगी राम्रो हुदो रैछ र जिबनमा मलाई

सबैले ठगे हुदा हुदै मैले पुज्ने देउताले पनि मैले उस्लाई सबै कुरा भने म बिदेश जान्छु भने उस्ले पनि

नागरिकता बनाउ म हेल्प गर्छू भन्यो।के राजले मेरो कुरा मान्ले त।।बेलुका मैले राजलाई आफै फोन

गरेर नागरिकता बनाईदिनु भने तर उस्ले यदि मैले नागरिकता बनाउछु पर्छ भने तैले पनि बिपीसाको

नागरिकता बनाउदा मनजुरी नाम दिनु पर्छ भन्यो आखिर मेरो काम पनि हुने अब राज सँग मेरो घर

पनि हुदैन भनेर।मैले हुन्छ भने भोलि पल्ट उस्ले आफ्नो नाउको एउटा हक मलाई दियो।।

।मैले पासपोर्ड काठमाडौँमा गएर बनाए सबै जे जति खर्च भयो त्यो धिरजको थियो।।।यसरी मैले

 

आफ्नो दुख अनि छोरीको खुसी हेर्दै आफ्नो पासपोर्ड लिएर”बिर्तामोडको mbk मेनपावरमा

भिसाको लागी पेश गरे एक महिनाको टाईम दिएको थियो।क्यिन्लरको काममा जानु पर्ने।।

।आफ्नो दुख आफै सग थियो दिनहरु परीबर्तन हुदै गए मेरी छोरी जो मेरो बाच्ने आधार उसैको

लागी उस्कै खुसी खोज्न म बिदेश जाने भए छोरीलाई हेर्दा रुन मन लाग्थियो,कसरी छाडौ यदि छोरी

पनि लान मिल्ने भए म उस्लाई पनि लान्थिए।नभन्दै एकदिन मेनपावरले आफै फोन गरेर तपाईको

भिसा आयो,”पच्चिस हजार”टिकटको पैसा लिएर आउनु भन्यो आखिर म बिदेश जाने नै भए,,

,मेरी छोरी कति रुन्छे होला।मलाई आज पनि त्यो पल याद छ।।।त्यही सम्झना मन भरि आउछ।।…..
क्रमश..

यो कस्तो साईनो
भाग-10
लेखक-अनु राउत

%d bloggers like this: