अनु राऊतको ,यो कस्तो साईनो भाग _2 🕓

–फेरि उस्ले मेरो लागी के पो गरेकी छिन र।।देख्दा सबैको अगाडी राम्रो र मलाई भित्र भित्रै जलाउने,जिउदै मार्ने।।हुन त कति प्यारो लाग्छ त्यो आमा शब्द तर मलाई त आफ्नी आमा नभएर होला,किन किन आमा भन्ने शब्द देखी नै डर लाग्थियो।।सानै देखी डर,त्रास देखाएर होला, आमाको सामू पर्ने बितिकै म यसै लठ्ठ हुन्थिए जसरी एउटा सर्पलाई बिम बजाएर लट्याउछन।।सानै देखीको बानि घमन्ड गर्न जानिन फेरि घमन्ड र जिद्दीको सग गरुम।।जो सग गर्न चाहान्छु उ कोही छैन।जस्तो दियो त्यस्तै खाने,जस्तो लाउन दियो त्यस्तै लाउने।।कसम!दुखह

रुले यसरी घेरिदिएकी कहिलेकाही खूसीलको लागी हास्छु भन्दा नि मनमा पहीला डर हुन्थियो कतै यो हासोको कारण त खोज्ने हैनन म सँग।।यस्तै प्रश्नले हरदिन सताउथियो,आफ्ना दुख कस्लाई सुनाम म।।स्कुलमा एउटी साथि थिई,प्रमिला जो म सग धेरै मिल्थी।।उ त धनि बाउकी एउटी छोरी उस्लाई कुनै कुराको कमी थिएन,उस्को बाबा बिदेशमा पैसा कमाउथिए,उस्ले कहिले काही मलाई सुनाउथि,मेरो बाबाले महिनाको 80,000खानु हुन्छ भन्दै तर उस्ले सम्पतिको धाक भने लाएकी हैन।।म सग टिफिन खानुको लागी पैसा हुन्न थियो सधै उस्ले नै मलाई उस्ले जे खाई त्यही खुवाउथिई।।कहिलेकाही मेरा सबै पिडा उस्लाई सुनाउथिए।।उ पनि मेरै दुखमा आशु झार्दै भन्थिई।।”कति सहन्छेस त्यसको ब्यवहार त्यसको जती हक छ त्यति नै अधिकार तेरो पनि छ त्यो घरमा,पहिला पो सानि थिई,अहिले त सबै बुझ्ने भकीछस।।यस्तै भन्थि तर म आमा सग कहिले झगडा गर्न सक्दिन किनकी मैले आमालाई केही भन्दा त बाबाको म प्रतिको ब्यवहार राम्रो भएन भने अझै मैले यो तहल्का मच्चाउदा,मलाई त घरमा बासै दिनन अनि म काहा बसौ।।।

19551386_701775833356201_226140308_o-200x300 अनु राऊतको ,यो कस्तो साईनो भाग _2 🕓

कस्लाई मेरो मतलब थियो र।।आखिर रोएर भए पनि म दिनहरु सग लड्दै गए।।एकदिनको कुरा थियो हाम्रो slcको सेन्टप सुरु हुन लाको थियो।।तेति बेला धिरज मेरै नजिक आएर केही भन्न खोज्दै थियो”(धिरज मेरै स्कुलको साथि,अझ भनौ गाउकै बच्चा बेलाको साथि।आज पनि ति दिन हरु याद छन,हामीले एउटै चक्लेट पनि लुगाबाट टोकेर आधा -आधा खाएको)तर जब म ठुली हुदै गए तब धिरज सगको साथिको नाता पनि पराई जस्तै बनाउदै गए किनकी यँहा हेर्नेको नजर फरक थियो,यो जमना आफ्नै तालमा थियो।।उस्ले मलाई जिस्काएर डल्लि भन्थियो अनी म उस्लाई चुच्चे बाउन।।हो यस्तै थियो सानै देखीकॅ नाता।।तर त्यसदिन उ मेरै नजिक आएर मेरै कानमा साउति मार्न लाग्यो,मैले उस्लाई के गरेको भन्दै अलिक पर सरे तर उस्ले मलाई मात्र केही भन्न छ भन्दैथियो।।ठिकै छ म भरै परिक्षा सकेर भेट्छु भने।।आखिर धिरज म सग यस्तो के कुरा गर्न चाहान्छ जो हामी बिच गोप्य राख्न चाहान्छ।।त्यस्तो के कुरा होला।।मैले सोचिरहे तर जे जस्तो सोचे नि मैले परिक्षा दिनु नै थियो।।परिक्षा हल भित्र प्रबेश गर्दा मैले प्रमिलालाई,धिरजले म सग भेट्ने कुरा गर्दै भने।।उस्ले मुसुक्क हास्दै भनि काहा भेट्छेस नि।।मैले पनि भने जहा उस्ले भन्छ।।ल ल बधाई ।अरे प्रमिला मलाई कुन खुसीको बधाई दिदै छे म यो कुरा सोच्न सकिन।।

1घण्टाको परिक्षा सकेर कक्षा कोठा बाट बाहिरको गेटमा म र प्रमिला धिरजलाई पर्खी बसेका थिम।।तेति नै बेला केही पर बाट धिरज हास्दै म नजिक आएर भन्यो,मैले त तिमी सँग पो एक्लै भेट्छु भनेको त फेरि प्रमिलालाई चाही किन सगै लियाकी,उ हास्दै मही तिर हेर्दै भन्दैथियो।।अनि प्रमिला पनि के कम उ पनि तिमीहरुको लभमा ईन्ट्री हुनु छैन भन्दै गई।।अब भने म झस्किए धिरजको र मेरो लभ तर कसरी जो सग सानैको नाता त साथिमा सिमीत थियो।।अनि कसरी मेरो धिरज सग लभ पर्यो।।आनि प्रमीलालाई ओई पख् म पनि जान्छु भने तर धिरजले मेरो हात समात्दै भन्यो तिमी एकछिन बसन रबिना,तिमी सग कुरा गर्नु छ।।तर के कुरा सोधे।।प्रमिलाले पनि त बस् म जान्छु भनेर उ त्यहा बाट हिडी ।स्कुलको गेट सबै बिधार्थि परिक्षा सकेर घर गईसकेका थिए तर सरहरु भने अफिस मै थिए।।मलाई त्यहा बस्नु सहज लागेन फेरि कसैले धिरजलाई र मलाई मात्र देखे के सोच्लान।।फेरि घरमा आमालाई यो कुरा कसैले सुनायो भने म त पहिला नै नराम्री थिए आमाको नजरम फेरि म कसरी नराम्रो हुन सक्छु र हुन त मेरो गल्ति पनि छैन नि।।धिरज जो मेरो बच्चै देखीको साथि त हो नि।।एकमनले सोच्दै भने।।”धिरज के भन्न

खोजेको छिटो भन,फेरि घर अबेर गए आमाले गालि गर्नु हुन्छ भने।”उस्ले मई तिर नजर लगाऊदै एकै शब्दमा भन्यो।।”रबिना I Love You”।।म छक्क परेर एकै चोटी उस्को नजरमा आखा जुधाउन पुगे,उस्ले पनी मलाई नै हेरिरहेको रैछ।मैले आफ्नो नजरलाई मोड्दै के भनेको चुच्चे बाहुन भनेर हासे तर उस्ले आफ्ना हात अगाडी ल्याउदै भन्यो म तलाई साच्नै नै प्रेम गर्छु “त्यो प्रेम गर्छु जस्ले पहिलो पटक आफु सगको प्रेमको अनुभब तलाई दिन चाहेको छु।भोलि नसोच मलाई छाड्छ होला भनेर उस्ले एकै चोटी आफ्ना कुरा अगाडी बढाउदै गयो।।तर उस्को प्रेम मैले सहजै स्वाकार्न सकिन किनकी मलाई कोही सग प्रेम गर्नु थिएन किनकी सुनेको थिए प्रेमले सधै आशु मात्र दिन्छ अनि म त्यही आशु फेरि कति चोटी लिनु।मैले उस्को कुरालाई मनन नै नगरी रिसाएर उ देखी टाढा भएर घर गए तर बाटो मा जादै गर्दा उस्ले मलाई हेर्दै भन्यो के रबिना म तेरो लाई योग्य छैन र।।

अरे कसरी म भन्न सक्छु की मेरो लागी धिरज योग्य छैन भनेर।।बरु मलाई चाही भन्न मन थियो कि ओई चुच्चे बादर म चाही तेरो लागी योग्य छैन।।उ त सारै भाग्यमानि थियो।।अनि फेरि म अभागीनि उस्को लाईफमा किन जाम।।घर गएर,कपडा फेर्दै गर्दा आमाले बाहिर बाट कराउदै के हो हिरोनी आज भित्रै बस्ने हो।।घरको काम कस्ले गर्छ,।।यस्तै भन्दैथिईन।म पनि बाहिर आएर आफ्नै काममा लागीरहे।।बेलुका खाना खाएर कोठा गएर पढ्न बसे।।”नेपालि किताब त मेरो अगाडी थियो तर मेरो ध्यान भने धिरजको त्यो कुरा अनि म प्रतिको प्रेममा थियो।।हुन त उस्लाई सबै कुरा थाहा थियो म प्रतिको बाबु आमाको ब्यवहार सबै।।अनि त उ कहिलेकाही भन्थियो आमा त पराई हो पराई तर बाउ त आफ्नै हो नि तलाई किन माया गर्दैन।।तर मलाई के थाहा यहा कस्ले मलाई कति माया गर्छ भनेर।।नेपालि किताबमा त खालि ब्याकरण,शब्द उचारण थिए तर मेरो मन अनि मष्तिकमा धिरजको त्यो भनाई अनि भनिरहदाको उस्को अनुहार म सगै थियो”सायद त्यो बेला मलाई कुनै क्यामेराको खाचो थिएन किनकी धिरजको अनुहार नै मेरो वरिपरि थियो तर रात भर उसैको कल्पनामा पनि हराउन मन लागेन किनकी दिनभर पनि मैले पढ्न पाउदिन अनि रातमा पनि यसरी हराउन थाले भने म कसरी अगाडी बढ्न सक्छु र।।एकछिन पढेर सुत्छु आखिर प्रेम प्रेम मै सिमीत होस्।यस्तै सोचेर सुते,भोलि पल्ट बिहान सम्म काम गरेर स्कुल गए।।देख्नेहरु सबैले भन्थिए कति काम गर्छेस हौ,परिक्षा आउदा त पढेर बस्न अनि फेरि अरुले कुरा भन्ने गर्थिए जति गरे पनि पास भईहाल्छे तर जब म उनिहरु देखी अलिक पर पुग्थिए तब उनिहरु मेरै दुखका कुरा गर्थिए अनि भन्थिए।।यति दुख गर्छे,काम गर्छे तर त्यो सौतिनी आमाले देखी सहन्न बीचरा।।अनि फेरि मलाई रुन मन लाग्थियो अनि डाको छाडेर रुन्थिए।।त्यो दिन मलाई धिरज सग बोल्न मन लागेन,उ मेरै छेउ हुदा पनि

उस्लाई हेर्न मन लागेन,बरु खालि एउटा अपरिचीत झै भईरहे।।अनि धिरजले मलाई भनेका सबै कुरा प्रमिलालाई भने।।उस्ले पनि धिरज कै कुरामा सहमती जनाउदै भनि आखिर धिरजले तलाई पहिला देखी नै प्रेम गर्थियो त्यो कुरा मलाई थाहा थियो।।कति पटक त तेरा कुरा हरुलाई म सग दुख साट्दै भन्थियो,रबिनालाई दुख हुदा यो मेरो मन दुख्छ यार।।म त उस्लाई प्रेम गर्छु एकहोरो।।।कति पटक त भन्ने प्रयास नि गरेको तर उस्को सामु जादा सबै कुरा बिर्सिएर म उस्को नजरको साथि मै झर्थिए।।हो रबिना यस्तै भन्थियो तलाई साच्चै प्रेम गर्छ।।तर त्यसो भन्दैमा म उस्को प्रेमिका बन्न सकिन।।बरफ झै रफदार हुन सकिन फेरि उ बाहुन अनी म क्षेत्रि कसरी यो कुराको समभब छ र प्रमिला।।।”हे त लाटी अहिलेको जमानामा के को जात भात आजभोलि बाहुनले आफ्नी छोरी बिहे नै गरेर मगर,श्रेष्ठ अन्य जातिलाई दिन थाली सके त भने यस्तै कुरा सोचि बस्।यस्तै कुरा पछि हामी पुन:फेरि आफ्नै परिक्षा हल भित्र गईम।।परिक्षाको केही समय पछि हामी घर जाने बाटोमा जादै गर्दा धिरजले प्रमिला-प्रमिला भन्दै बोलाउदै थियो।।तर उस्ले भने मेरो नामले बोलाएन अनि प्रमिला उही तिर हेर्दै भनि के हो धिरज,यहा रबिना हुदा हुदै मेरो नाम लिनु भएन है।।तर धिरजले न्यारो मुख लाउदै मई तिर आखा लाउदै भन्यो।।खोई प्रमिला कोही कोही म सग रिसाएका छन।म सग बोल्दैनन अनि मलाई हेर्दैनन अनि फेरि म उस्लाई किन बोलाएर मन दुखाउ।उस्ले यसो भनि रहदा म सुनिरहे।।एकछिन मौनका साथ भयौ अनि म आफै बोले”प्रमिला घर जाम छिटो आज आमा मामाघर जाने रे घरमा काम छ भने।।अनि हामी आफ्नै बाटो लागीम।।बाटो भरि धिरज र

प्रमिला के के कुरा गर्दै थिए तर म भने उनिहरुको कुरा सुन्दै मुसुमुसु हासी दिन्थिए।।कुरा गर्दै गर्दा मेरो घल जाने बाटो आयो तर प्रमिलाको र धिरजको चाही नजिकै नजिक थियो।।म उनिहरु सग छुटेर घर गए।।अझ झनै भनौ घरमा आमा हुदा त धेरै काम गर्नुपर्थियो त्यो माथि आज त आमा पनि नभाको।।बाहिरको काम सकेर खान पकाउदै थिए त्यति बेला धिरज हाम्रै घर तिर आऊदै थियो।।मलाई डर लाग्यो कहिले मेरो घर नआउने आज किन आयो।।ए फेरि याद भयो आज आमा नभएर आएको।।कहिलेकाही म उस्लाई हाम्रो घर त आउदैनौ नि भन्दा उस्ले आमा भएर नआएको भन्थियो।।उ म भए तिरै आउदैथियो।।अनि मैले पनि आफुलाई रिसाएर उ सग नबोल्नु उतित ठानिन अनि सोधे के हो कहिले नआउने मान्छे आज मेरो घर किन नी।।तर उस्ले मेरो कुरालाई फिस्स हासेर उडाई दियो।।उस्लाई बाहिर बस्दै गर भनेर म खाना पकाउन भान्सामा गए तर उ मेरै पछि पछि भान्सामा आयो—।।
क्रमश…..

%d bloggers like this: