अनु राऊतको ,यो कस्तो साईनो भाग _3 🕓

–उ मेरै पछि पछि आउदै आयो।।अनि केही भन्न खोज्दै थियो।।।मैले के भन्नलाको सोधे।।उस्ले

मलाई हेरे मेरो आँखामा हेर के तिम्रो लागी म पराई जस्तो देख्छु ।म तिमीलाई प्रेम गर्छु तर किन बुझ्न चाहादिनौ,मैले तिमीलाई बच्चा बेला देखी नै प्रेम गर्थिए अरे लाटी तिमीलाई याद छैनन र ति दिनहरु जब”सानोमा हामी भाडाकुटी खेल्दा हाम्रो दाई र दिदिले तिम्रो र मेरो बिहे गरेर हामीलाई बेहुला बेहुली बनाएको।।के तिमीले ति दिनहरु बिर्सियौ।।

।”धिरजले मलाई प्रत्येक शब्दमा मलाई बच्चा बेलाको याद गराउदै थियो तर त्यही स्पर्समा म रम्न भने सकिन किनकी जुन बच्चा बेलामा उ र म बेहुला बेहुली त भईम तर त्यो बेला सोच्न सक्ने दिमाख थिएन के सहि के गलत सोच्ने क्षमता थिएन।।”सलको साडी अनि आमाका चुरा,माटोको सिदुर हो उस्ले मलाई लाएकै थियो तर सानोको कुरा आज यति ठुलि हुदा पनि सम्झन मन लागेन किनकी,धिरजको र मेरो न जात मिल्छ न परिवार”उस्को आमा र मेरो बाबाको खोई पहिला देखी नै के रिस थियो त्यो मलाई थाहा भएन।।उस्ले मलाई ति बितेका पलको सम्झना गराई रह्यो।

              ।मैले उस्को मायालाई गुमाउन चाहे।।समय सोचेको जस्तो हुदैन,यदि समयको गति मेरै हिसाबमा

हुन्थियो भने म फेरि त्यही समयमा फर्कन चाहान्थिए जुन बेला म मेरि आमाको काखमा म लुटुपुटु हुन्थिए।।धेरै सम्झाए मैले धिरजलाई,तिम्रो र मेरो जात मिल्दैन परिवार मिल्दैन तर उस्ले मलाई यसरी”कम्फमेन्ज”गर्दै गयो कि उस्लाई जात,अनि परिवारको कुनै मतलब छैन रे हुन पनि हो जब प्रेम हुन्छ तब दुनिया बिरानो लाग्छ त्यसैले त होला मान्छेहरु भन्ने गर्छ।।माया साच्चै अन्धो हुन्छ।।।मैले उस्को कुरालाई ठण्टा दिमाखले सोचिरहे अनि भने ठिकै छ म तिमीलाई परिक्षा सके पछि”यसको जवाफ दिन्छु।।उ पनि त्यति भने पछि घर गयो।।दिन प्रति दिन अभ धिरजलाई के भनौ म।

।।यहि सोच्दा सोच्दै बित्यो।।प्रमिलालाई सोधे म के गरौ।।उस्ले धेरै ढिला नगर गएर हुन्छ भन्दे यस्तै भनि।।खोई मनमा कता कता डर पनि लाग्यो,आज जति रोए फेरि पछि यो भन्दा धेरै रुनु नपरोस्।फेरि आखिर म पनि कसैको त हुनु नै छ अनि म धिरजको किन नहुने।।यसै गरिदिन बित्दै गयो।।परिक्षा भरि उस्ले कुनै प्रकारको कमजोरी पन देखाएन।।तर परिक्षाको अन्तिमदिन उस्ले आज त मलाई जवाफ चाहिन्छ भन्दै थियो।

।म उस्को कुरा सुनेर जोडले हासे,बिचरा धिरज जस्ले एउटै कुराको पर्खाईमा 7दिन बितायो,हरदिन

सम्झियो होला तर म भने कस्ती के।।मैले उस्को कुरालाई एउटा मिठो मुस्कान दिएर।।तिम्रो खुसी सगै रमाउने हक दिन्छौ र सोधे।।उस्ले पनि मलाई पट्याउन कुनै कसुर बाकी राखेन,अन्त म धिरजको प्रेममा परि छाडे।।दिनहरुलाई कस्ले पो पन्छाउन सक्छ र हाम्रो सधै झै भेट हुन्न थियो,भेट हुन्थियो त स्कुलमा अनि बाटोमा किनकी मलाई डर थियो भोलि यो सम्बन्धको बारे कसैलाई थाहा भयो भने हल्ला हुन्छ अनि मेरो घरमा थाहा पाउछन।।

।मैले धिरजलाई पनि भनेको थिए यो हाम्रो सम्बन्धको कुरा तिमी,प्रमिला अनि म बाहेक कसैलाई थाहा नहोस्।।उस्ले पनि मलाई अप्ठयारो पर्ने काम कहिले गर्दिन भन्यो।तर एकदिन दुईदिन जति झुटको आडमा सम्बन्ध लुकाए पनि हाम्रो प्रेमको स्कुल भरि हल्ला भयो,सबैले मई तिर हेर्दै भन्थिए ओई अहीले त धिरज सग अफर चल्दै छ रे हो।।मलाई यो सबै कुरा राम्रो लागेन र धिरजलाई भेटेर भने धिरज यो कूरा मेरो घरमा थाहा भयो भने म त मरे पनि हुन्छ बरु तिमी र म,भेट्दा पनि नबोल्ने।।अरे के तिमी म सग नबोलि बस्न सक्छौ र रबिना।।हुन त म पनि धिरज सग नभेटी नबोलि बस्न सक्दिन थिए तर मलाई साथिहरुको भन्दा पनि मेरो परिवारको डर थियो।

।बरु हामी लुकीलुकी भेट्ने भने उस्ले पनि हुन्छ भन्यो।।अब भने हामी स्कुल,बाटोमा भेट्दा बोल्न छाडेउ

हुदा हुदा मैले प्रमिला सग पनि झुट बोलिदिए की हाम्रो brkup भयो भनेर।।कहिलेकाही हामी लुकेर भेट्थियौ अनि आफ्ना मनभरिका कुरा उस्लाई सुनाउथिए ।खोई किन किन जब धिरज मेरो जिबनमा आयो तब मैले हास्न जाने,हरेक कुरा हुदा पनि सहन जाने।।।मन दुख्दा पनि हासेर टारे।।उस्ले मलाई सधै भन्थियो रबिना तिमी बिना म अधुरो छु।

।अनि म पनि उस्लाई बिश्वासका साथ भन्थिए म पनि त तिमी बिना रहन सक्दिन नी।।खोई लुकीचोरी भेट्दा पनि हाम्रो प्रेममा कस्को नजर लाग्यो,एस.एल.सी परिक्षा आउन लागेको थियो।म घर मै बसीरहेको थिए त्यही बेला आमा भित्र बाट किन किन आफै बरबर गर्दैथिईन।।मैले के भयो भनेर सोधिन तर जब बाबा आउनु भयो अनि सोध्नु भयो।हैन के भयो किन कराकी।।आमा झन ठुलो स्वर पार्दै किन हुनु।।हाम्रो इज्जत नै फालि गाउ भरि हल्ला पारि,मैले त पहिला नै राम्रो केटा आउदा बिहे गरेल दिम भन्दा मान्नु भएन छोरी सानै छे भन्नू भयो उ अहिले घिमीरेको छोरा सग माया गासेकी छे रे,हाम्रो आखा छलेर भेट्न जान्छे रे।

                ।म आत्तिए अरे हाम्रो प्रेमको हल्ला गाउ भरि कसरी,अनि कस्ले गर्यो।।मलाई डर लाग्यो अब

मैले के के गालि खानु पर्ने हो तर म सुनिरहे,आमाका कुरा।।त्यो दिनको गाली कसम आज पनि सम्झन्छु आखिर मैले प्रेम गर्दा पनि यस्तो,कति भनिन कति मन दुख्यो।।बाबा सग भन्दै थिईन ,अब पढ्नु जानु पर्दैन खुरुक्क बिहे गर्दिनु पर्छ।।।मैले भने आफ्नै छोरी जस्तो गर्छु तर यो भने पराई जस्तो।।कति नाटक पार्न जानेकी।।मैले धिरज सग भेट्न पनि छाडे,तर उ देखी टाढा भने हुन सकिन।।अनि धिरजलाई तनाब पनि दिन सकिन मैले यहि कुरा प्रमिलालाई सुनाए अनि मैले भने बोमोजिम हामी नभेट्ने नबोल्ने गर्दै गईम।तर जब म सम्झन्छु ति याद तब म आफै हराउछु।

।अनि जति जस्तो ब्यवहार गरे पनि मैले slc दिए।slcसकिए पछि धिरज काठमाडौ जाने भयो।।अनि मलाई एक पल्ट भेट्छु भरै टाढामा आउ भन्यो।।बिचरा म यतै धेरै माया हुदा पनि घर परिवारको डरमा उस्लाई भेट्न सकिन।।उ काठमाडौ आफ्नो दाई भाउजुमा गएको थियो।।हरपल हरदिन म उसैलाई मिस गर्थिए ।

           म सग उ सग बोल्ने कुनै बाटो थिएन।।सधै झही मनमा उसैको माया थियो।।हो म उस्को नजर देखी

तल झरेकी थिए तर मात्र डरले।।।उ सग नबोलेको उस्लाई नदेखेको पनि 2 महिना भएको थियो।सबै साथि आफ्ना आफन्तका घर गएका थिए तर म भने घर कै काम,आमा कै गालि खादै बसिरहे।धिरज बिना आफ्नै गाउ पनि एकान्त उजाड जस्तो लाग्थियो तर याद सम्झना भने आफ्नै मनमा रहि रहे।तर।एकदिन बिहानै म आफ्नो ओछ्यान मै थिए,उठेकी थिईन,बाहिर पानि परिराको थियो।सिमसिम…।त्यति नै बेला आमाको मोवाईवको रिगङ मेरो कानमा पर्यो।।
धेरै रिगङ पछि आमाले फोन उठाउदै बोल्नु भयो तर मैले आमाको एकहोरो आवाज मात्र सुनिरहे।।
आमा
“हेल्लो”
उम हुन्छ हुन्छ।
कति बेला आउने’
“ल ल म बसस्टेन सम्म सौगात लाई पठाउछु।।

भन्दै बोल्दै थिईन।।आखिरको आउन लाको रैछ।।फेरि होलान नि आमाका माईत बाट।उठे खाना पकाएर

खाना खाए दिनभर।।बिउ छर्नका लागी भनेर मल बोके।।।घरमा कोही थिएनन आमा र बाबा बजार अनि भाई पढ्न।।म भित्रै बसिरहेको थिए,त्यति नै बेला बाहिर कसैको आवाज सुने।”को हुनुहुन्छ कस्को घर भन्दै थियो।।
म बाहिर आए।।”एउटा केटा जो राम्रो अनि सुकिलो,गालामा अलि अलि जुस्स दारी अलिक अग्लो मोटो हाईट वाला मान्छे मेरै अगाडी थियो,साच्चै हेर्दा लाग्थियो उ कुनै धनिको छोरा हो।।मैले उस्लाई हेर्दै भने”कस्लाई खोज्नु भाको।।”तपाई लाई।।
मलाई रे।।।किन खोज्नु भाको।।”कुरा गर्न।।।”कुरा रे कस्तो कुरा म अचम्म पर्दै सोधे।।
“सरी म रेणु दिदिको बैनिको छोराको साथि”राज ।”
भन्यो।।हैन कति लामो साईनो रैछ है।।म हासे अनि त्यो मान्छे पनि हास्यो,।।
“रेणु मेरो आमा जो सौतिनी।।
मैले उस्लाई भित्र लगे।।अनि एक्लै आउनु भाको सोधे।।

“हैन साथि नि छ तर उ भने बजारमा रेणु दिदि सगै छ।।दिदिले नै मलाई ठाउ बताईदिनु भयो र म

एकैचोटी यँहा आको नभए त काहा आईपुग्थिए र,उ बोल्दै थियो।।तर मैले उ सग धेरै बोल्नु राम्रो लागेन किनकी म”घरमा आएका आमाका पाहुना,आफ्ना सग त्यति बोल्दिन थिए अनि फेरि प्रत्येक केटा मान्छे सँग बोल्दा पनि धिरजलाई सम्झिए बस्थिए।।बेलुका खान खादै गर्दा आमाले”त्यो अपरिचीत मान्छेलाई हेर्दै सोध्नु भयो बाबु हजुरलाई”रबिना कस्तो लाग्यो।।म झसगङ भए,एउटा जो आज भखर आउदै छ अनि फेरि उसैलाई म कस्तो लाग्यो रे।।केही कुरा त हुनै पर्छ तर म केही बोलिन,उस्ले मई तिर हेर्दै मेरो बयान गर्दै थियो,राम्री अनि सोझि लाग्यो।।

मलाई भने रिस उठ्यो राम्री रे कस्तो राम्री किन मलाई यसरी हेर्छ मनमा उल्टो प्रश्न ।त्यही बेला बाबाले अब बाबुलाई मन पर्यो भने हजुरको आमा बाबु सग कुरा गर्नु र बोलाउनु।अरे म त आफै डराए जो केटा आयो उ त मलाई हेर्न पो आएको रैछ,तर म यो सग बिहे गर्दिन यदि बिहेको लागी कर गरे भने त्यो केटालाई भन्छु भन्ने मन थियो तर सकिन।।रात भर धिरजलाई सम्झेर रोए।

       आखिर म सग मोवाईल हुन्थियो भने म उस्लाई फोन गरेर सबै आशु उसै सामु झार्थे होला हुन त

धिरजले पनि त मलाई सम्झेन।।भोलि पल्ट प्रमिलाको घर गए सबै कुरा,मलाई हेर्न आएको केटा सबै भने।।उस्ले प्रतिवादि जवाफ दिएर भनि सबै कुरा त्यो केटालाई हैन बाबालाई भन भनि।।तर यो सबै कुरा भन्न त्यति सजीलो थिएन।म उही सगै बसेर रोई बसे।।बेलुका घर गएर बाबालाई बिहे गर्दिन भने तर मेरो कुरालाई नसुने झै गरेर धनि छ केटा तेरै खुसीको लागी हो भन्नु भयो।।के साच्चै कोही धनि मान्छे सग बिहे गर्दा मन खुसी हुन्छ र त्यो कुरा थाहा थिएन।।
घरमा मेरो बारे मै कुरा हुदै थियो।।आमा बाबुले त्यो केटाको आमा बाबु सग कुरा गर्ने भन्दैथिए तर जब जब म ति पल सम्झन्थिए आफै पागल जस्तो रुन्थिए।।मैले एकदिन धिरजको दाईको नम्बर मागेर।।फोन गरे अनी भने दाई म रबिना”धिरज काहा छ,म उ सग कुरा गर्छु भने।

।दाईले आफ्नो फोन धिरजलाई दिनु भयो,म उस्को आवाज सुन्ने बित्तिकै रोए,उता बाट उस्ले के भयो किन

रोएकी भन्दै थियो म झनै रोईदिए।।उस्लाई सबै कुरा भने अनि आऊ न घर भागेर बिहे गरुम,भनेर बोलाए तर उस्ले घरमा भन मेरो बारेमा म पछि आउछु भन्दै मेरो कुराको अलिक बेवास्ता गर्यो तर उस्ले भने जस्तो थिएन मेरो परिवार,फेरि उस्लाई पनि त थाहा थियो।मैले कति फोर्ज गरे तर उस्ले मेरो कुरा किन किन सुन्नै मानेन।।म बिदेश जान लागेको 2बर्ष बस् मलाई पर्खेर अनि म आउछु बिहे गर्छु।।तर मलाई कति पिडा छ जो सग म आफ्ना दुख सुनाउछु उ नै म देखी धेरै टाढा जाने कुरा गर्छ।।उस्को कुरा सुनेर मलाई बोल्न मन लागेन अनि फोन राखीदिए।।आफ्ना सारा आशु झार्दै प्रमिला सगै पोखिदिए।।जति कराए जति रोए पनि कसैले मेरो कुरा सुनेनन।।

।पराई त पराई भए तर आफ्नो भन्ने एउटा धिरज पनि मलाई बेवास्ता गर्यो।।मलाई आफ्नै जिबन देखी भाग्न

मन लाग्यो।।जो सग जिन्दगी जिउने सपना थियो उ त म देखी टाढा जस्लाई पाउन मैले 2 बर्ष कोर्नु पर्ने अनि यता मेरो बिहे गर्न लागी परेका परिवार अनि मलाई हेर्न भनिआएको त्यो केटा जस्लाई मैले चिनेको जानेको केही छैन म कसरी उसैको हुनु।।तर फेरि धिरज जो हिजो म सगै बाच्ने मर्ने अनि 1बर्ष पछि बिहे गर्ने कुरा गर्थियो तर आज 2 बर्ष के उस्ले मलाई 2बर्षमा आएर बिहे गर्छ भन्ने के बिश्वास।।।अहिले त मेरो मतलब हराउदै गएछ।।सोचिरहे जब सम्म मनले सोच्न सको।।अनि घरमा आएर बाबालाई भने।।
“म हारे बाबा”जन्म कस्ले दियो उस्लाई त मैले देख्न पाईन तर जब म बुझ्ने भए तब मैले कर्म दिने बाबालाई पाए,हजुरको छोरी हुँ अब कन्यदान पनि हजुर कै हात बाट गरिदिनु।।कुरा अगाडी बढाउनु म हजुरले भनेको मान्छे सगै बिहे गर्छु।।।…
क्रमश….

%d bloggers like this: