अनु राऊतको ,यो कस्तो साईनो भाग _4 🕓

यसरी मैले आफ्नो बाबाले हेरेको त्यो राज सँगै बिहे गर्छु भने तर भन्न त यो बोलिले भन्यो तर मन भने

धिरज कै बस् मा थियो।।नजिक हुन्थियो त सोध्न मन थियो किन मलाई अप्ठयारोमा हात देएनौ दुखमा साथ देनौ तर म आफै बिबश थिए,दुनियाको अगाडी झुटो सम्बन्ध गास्न बाध्य थिए ।मेरो कुराले बुबा धेरै खुसी भएर भन्नु भयो,छोरी तेरो खुसी नै मेरो खुसी हो तर बुबा ले किन यो सोध्नु भएन की छोरी त यो बिहे गर्न राजि छेस की नाई भनेर।।सायद यो बेला यदि धिरजले

मलाई साथ दिएर म लिन आउछु भनेको हुन्थियो भने कसम म पनि घमन्डको साथ भन्थिए की म राज सँग हैन बुबा धिरज सगै बिहे गर्छु तर यो सबै कुरा भनौ कस्लाई।।राजको र मेरो सम्बन्धमा सबै खुसी नै थिए,मेरो आफ्ना भन्ने छर छिमेक सबै,राजलाई देख्नेहरु सबैले राज कै रुप अनि उस्कै परिवारको बयान गर्थिए अनि भन्थिए की कति भाग्यमानि रैछे रबिना जस्ले सानैमा आमा घुमाई सौतिनी आमाको माया कहिले पाईन्न बाबुको सधै गालि खाई तर आज यस्तो राम्रो परिवार पाई हो यस्तै भन्थिए अनि राज थियो पनि त्यस्तै उस्को बाबा गाँउ कै ठुलो मान्छे अनि घरमा आमा बैनि अनि उ तर मलाई भने म भाग्यमानि हैन मात्र अभागी लाग्यो।

            ।जस्लाई चिनेको छु जानेको छु उ सँग प्रेम भयो तर जस्लाई चिनेको छैन जानेको छैन उ सग चाही

जिन्दगी बिताउनु पर्नु अरे यो कस्तो सम्झौता थियो मेरो भाग्यको।।।बेलुका साझ तिर राजको ममी बूबा हाम्रो घरमा आउनुभयो।।उहाहरु राजको र मेरो बिहे कस्तो गर्ने भन्ने कूरा गर्दैथिए तर म भने कोठा मै बसेर मेरी आमा सँग कुरा गर्दै रुदै थिए।।त्यति नै बेला राज मेरै कोठाको ढोका निर आएर म तिम्रो कोठामा आउन सक्छु रबिना भन्दैथियो।मैले आफ्ना आँखा बाट आँशौ पछ्दै आउनुन सोध्नु पर्छ र भने।।अनि त है अब त तिम्रो कोठा पनि मेरो कोठा हो नि यस्तै भनेर बिहे अघि नै म प्रति हक जमाउन खोज्दैथियो।।उस्ले मलाई हेर्दै किन रोएकी किन तिमीलाइ म सँग बिहे गर्न मन छैन सोध्दैथियो तर हैन म रोएको छैन भनेर टारे।।तर उस्ले पनि मलाई सोधेन की तिम्रो अरु कोही छ भनेर सायद उ म सग बिहे गर्न खुसी साथ थीयो।।

      यसरी पारीवारिक मिलमिलाप सगै राज सँग मेरो बिहे (2065 साल असारको 25गते हुनेभयो।।त्यो दिन

आज पनि सम्झन्छु म,रातो साडी,रातो चुरा,साच्चै नै मलाई एउटा रङगीन बस्तु जस्तै बनाएका थिए।।आउने सबैले मलाई नै हेर्दै मेरै बयान गर्दैथिए कति राम्री देखेकी तर मलाई भने म कस्ति छु मलाई थाहा थियो देख्नेहरु सबैले मलाई खुसी देख्थिए तर म भने भित्रै भित्रै जलिसकेको थिए,आउने साथिभाई सबैले म सगै फोटो खिच्ने कुरा गर्छन तर मलाई भने कसै सँग बोल्न मन थिएन,हास्न मन थिएन हासे पनि झुटो हासो कसरी छरौ।।।त्यो दिन धिरजलाई धेरै मिस गर्दै थिए तर उस्ले भने मलाई एकपटक सोचेन।।।के साच्चै उस्लाई मेरो बिहे हुने कुरा थाहा छैन र।।यस्तै कुरा सोचिरहे नजिककी साथि प्रमिलालाई रुदै भने धिरज सग एकपटक अन्तिम चोटी बोल्छु।

।तर उस्ले अब किन बोल्छेस अब त चाहेर पनि धिरजको हुन सक्दिनस् के साच्चै नै मैले धिरज सँगको अधिकार घुमाएकी हो त। तर मैले धेरै जिद्दि गरेपछि उस्ले धिरजको दाईको नम्बरमा फोन लगाई र धिरजलाइ दिन भनि।।।तर जब धिरज सँग म बोले तब म डाको छाडेर रोए,तर चिच्याउन सकिन।तर।उस्ले मलाई किन रोएको नाटक गर्छेस,बधाई छ तलाई जाबो एउटा धनि केटा आउदा मेरो प्रेम भुलिस,मेरो बिश्वास तोडीस यस्तै भन्दैथियो तर यता भने मलाई शास भेर्नै गारो भएको थियो कस्तो घमन्डको साथ भन्न सकेको मैले उस्लाई पर्खन सकिन रे,उस्को बिश्वास अझ मैले तोडे रे,मलाई आफै देखी रिस उठ्यो।।।

        आखिर सबैले मलाई गलत भन्छन हिजो बाबाको कुरा नमान्दा म गलत अनि आज धिरजले मेरो

मतलब गरेन उस्लाई मेरो बिहेको कुरा थाहा हुदा पनि एक पटक भनेन की म तलाई लिन आउछु तर आज फेरि मेरै गल्ति भन्छ कस्तो होला यो मन भन्ने कुरा पनि जो हजारौमा एकथियो त्यो मेरो थिएन तर जो मेरो थिएन उही सगै रम्नु पर्ने म भागेर काहा जाऊ,रुदा रुदै आँशु झरेर ताल सुक्यो तर धिरज हरपल मेरै मनमा।।त्यति नै बेला बाहिर कसैको आवाज आयो,बेहुलिलाई बाहिर लिएर आउनु पर्यो,सायद जन्ति आएर होला।।।

आफ्ना मान्छे झ्याल बाट हेर्दै,ओहो!बेहुला कति राम्रो भन्दैथिए तर मलाई भने पलपल धिरजको याद अनि उस्कै तस्बिर आखै वरिपरि थियो।।।”दियो अगाडी अनि कलसकि साथ म सबैको अगाडी बाहिर निस्किदै थिए तर जति जति म अगाडी बड्थिए तब म आफ्नै खुट्टा पछाडी सरे जस्तो अनुभुति हुन्थियो।।।सबैले मलाई नै हेरिरहेका थिए,तर मलाई भने पुरै डर लागेको थियो।।म उस्कै छेउ गए त्यहा”स्यमंबरका सामान थिए,बाहुनको बिधी अनुरुप,बरमाला,सिन्दुर,पोते,चुरा उस्ले मलाई पहिराई दियो,सानोमा त म धिरजको दुलही थिए तर आज म राज पौडेलको एउटी पत्नि भए,समाजको अगाडी आज फेरि म पराई भए,सायद आज फेरि त्यहो बाल्यपनको याद आयो,भगवान सँग सोध्न मन लाग्यो किन भगवान हिजो धिरजको साथि बाट एउटी प्रेमिका बनायौ तर आज किन उस्को हुन बाट बन्चित गरायौ।

          ।आखिर किन,यता मलाई बिदाई गर्न लाकी परेका थिए तर मलाई भने त्यो आगन पनि पराई जस्तो

भयोएको थियो,म रोएको देखेर होला बाबा पनि रुनु भयो अनि आमा पनि तर आमाका आँशु खुसीका थिए वा मेरो बिदाईका त्यो आमा नै जान्ने किन किन मलाई राज सगै जाने भन थिएन,तर आज जति नै गरे पनि म परै थिए त्यो घरको लागी,त्यो गाउको लागी,बेलुका साझपख मलाई बिदाई गराईयो।आफ्नाहरुले पराई घर बनाए।।मलाई।।यो कस्तो कर्म हो छोरी मान्छेको जन्मेको घर साथि सबै छाडेर पराई घरको नाता जोड्नु पर्ने यो कस्तो साईनो हो मैले बुझ्नै सकिन।

     ।असारको बेला छोटा रात बेलुकी पख म त्यो मान्छेको घरमा आईपुगे,धेरै मान्छे जम्मा भएका थिए

सायद नँया बेहुलि हेर्न अर्थात मलाई हेर्न आएका हुदाहुन।।।एकछिन पछि राजको आमा मेरी सासु आएर मलाई लिएर गईन,आगनमा बत्तिको साथ राजको बैनिले हामीलाई सस्कार गरेर भित्र लगीन तर मान्छेको भिडको जम्रकोमा पनि त्यहा कुनै कुनै केटीहरु खासखुस हर्दैथिए मैले तिनीहरुको कुरा नसुने झै गरेर भित्र प्रवेश गर्न लाग्दा कसैले अलिक ठूलो आवाजमा”पहिलाको बुढी भन्दा राम्री रैछ भन्दैथिए।त्यो आवाजले म आत्तिए झसकिए,डराए…अरे पहिलाको बुढी रे यो कस्तो कुरा हो मलाई थाहा भएन,फर्किएर त्यो हुलमा गएर सोध्न मन लाग्यो तर सोध्न आट आएन आजको दुलही त घरकी लक्ष्मी हून सबै यस्तै भन्दैथिए,अघि सम्म त म धिरजको यादमा रोए तर अहिले भने म त्यो कुराले रुदैथीए।

।राज जो मेरो पति,भखरै उसैको हातको सिन्दुर पहिरेर म उसैको घरमा थिए,उ मेरै नजिक आएर उसैको कोठा लादैथियो।

।बेलुक
ा सबैले खाना खानु पर्छ भन्दैथिए तर मलाई मन थिएन,खोई किन किन त्यही कुरा दिमाखमा घुमीरह्यो आखिर राजले पहिला बिहे गरेको कूरा किन भनेको के यो कूरा घरमा सबैलाई थाहा भएर म सग लुकाएका हुन त।।फेरि अगाडी जे भयो भयो मलाई के मतलब त्यस्तै याद राख्ने हो भन मैले पनि त धिरजको र मेरो सम्बन्ध बारे राजलाई भनेकी छैन तर त्यसो भन्दैमा धिरज सँग त मेरो मात्र प्रेम थियो तर यहा त राजको पहिलाको बुढि अरु र अहीले म यस्तै कुरा हुदै थियो तर कुरा के हो त्यो जान्नु जरुरी थियो।।।आखिर जे भएपनि म अब उसैको भईसके यति कुरा सोध्नु त मेरो दायित्व हो नि।

।बेलुका म उसैको कोठामा बसीरहे,खोई दिन भरिको थकाई त मलाई महशुस थिएन तर मलाई त्यो मेरो बेहुला राज नभएर धिरज होस् यस्तै भईराको थियो।यँहा भाग्यले मलाई ठगीरहेको थियो,मलाई निन्द्रा थिएन,एकछिन पछि राज मेरो लोग्ने जो मेरै नजिक आएर मलाई छुन खोज्दैथियो,किन एक चिम्टी सिन्दुरले यहा नारी अरुको हुन्छन किन।।अघि सम्म केही कुरा सोध्छु भन्ने मेरो मन जब उ आयो तब मनका सबै कुरा कता गयो।।।हिजो सम्म म धिरजको प्रेमिका थिए तर म आज बाट पौडेल परिवारकी कसैको बुहारी कसैको भाउजु अनि राजकी पत्नि थिए।।उस्का स्पर्सले मेरो शरिर छोए तर मेरो मन भने छुन सकेन।।।।

        हरपल हरदिन उसैको घरमा खुसी ल्याउनु मेरो अधिकार थियो किनकी म धिरज सगको अतित

सम्झेर बस्न सक्दिन थिए,म राज र उस्को परिवार सगै खुसी हुनु थियो।।किनकी राज मेरो बर्तमान अनि भबिष्य दुबै थियो।म उस्का हरेक कूरा मान्थिए,उस्को आमा बुबाको बुहारी अनि उस्को बैनिको भाउजु हुनुको दायित्व कुनै कुरामा कमी नआओस भनेर नै म अगाडो बढिरहे।।तर एकदिन मैले आफ्नो मनमा भएको कहुलता लाई सोध्ने हिम्मतका साथ भन्छु भने तर कस्लाई सोधौ”आमालाई जो मेरो सासुले सत्य बोलछिन,कि मेरो ससूरालाई कि मेरो बैनिलाई जो मेरो नन्द।।।

।आखिर बुढो भनेको बुढै हो म भरै उसैलाई सोध्छु भनेर ढुक्क भए।।बेलुका उस्लाई सबै कुरा भने,के

हजुरको पहिला बिहे भएको हो र।।।तर उस्ले यो कुरा कस्ले भन्यो तिमीलाई,भन्दै मलाइ प्रश्न गर्न थाल्यो खोई मेरो कान उस्तो थियो या म गलत धेरै बेर मेरो जिद्दी पछि पनि उस्ले केही भनेन र मैले पनि उस्को मन दुखाउन चाहिन आखिर जेहोस पछि थाहा हुन्छ नि।।

।एकदिन दुईदिन भन्दा भन्दै राजको मेरो बिहे भएको 5महिने भईसकेको थियो दिनहरु कति चाडै बित्ने थाहै नभई।।एकदिन गाँउ कै पुजा भन्ने बुनु सग बजार गए,आखिर राजले त मलाई भनेर यो कुरा पुजालाई सोध्छु भनेर उस्को मन चोर्दै,बुनु राजको पहिला बिहे भएको हो सोधे तर पुजाले भन्न डराए जस्तो गरिन तर जब उस्ले राजको अतित खोलिन तब म आफै एउटा बरको रुख सरी ढले।।।……मलाई उस्को कुरा बिश्वास गर्नै गारो भयो।।
क्रमश…

%d bloggers like this: