अनु राऊतको ,यो कस्तो साईनो भाग _5 🕓

—      तर जब मैले राजको अतित सुने तब मलाई पत्याउनै गारो भयो।।।राज पहिला एकदमै फटा मान्छे रे

झगडा गर्ने केटी भनेसी मरिहत्ते गर्ने रे।।तर यि कुराले मलाई कुनै फरक पारेन फरक त त्यो कूराले पार्यो की राजले पहिला जमुना भन्ने केटीलाई आज भन्दा 1बर्ष पहिला प्रेमजालमा फसाएर बिहे गर्छु भन्दै झुटो आहसन मा राखेर।।उस्को शरिर सगै रमाएछ र पछि उस्लाई छाडेर कतै नँया सम्बन्ध गासेछ र त्यो जमुना भन्नेले सहन नसकेर,आफ्नो समाज देखी हार भएर मरेको कुरा पुजाले मलाई सुनाउदैथिन,बिचरा त्यो केटी जस्ले आफ्नो अस्थितो गुमाई एउटाको बिश्वासले आफ्नो ज्यान गुमाई पछि घरमा उस्ले अर्को केटी बिहे गर्यो तर त्यस्ले पनि छाडेर गएपछि हजूर सग बिहे भाको।

            ।यस्तै भन्दैथिन,बिचरा हामी केटी मान्छे एउटा मान्छेको बिश्वास दिलाउनलाई आफ्नो शरिर दिन्छौ

तर उस्ले हाम्रो मनलाई हैन शरिरको हर स्पर्स लाई छोएको हुन्छ। अब भने मलाई राज सँग हैन,बिचरा जमुना भन्ने केटीको माया लाग्यो,दया लाग्यो जस्को लागी आफ्नो ज्यान घुमाई तर उस्लाई त्यो कुराको मतलब थिएन,एउटी हैन दुईटी हैन म शुद्द तिन जना उस्को बश् मा उस्को हररातको ओछ्यान भएका थिए।।मलाई आफ्नै सोच देखी धिक्कार लाग्यो,आफ्नै परिवार पनि कस्तो किन मलाई सबै कुरा ढाटेर बिहे गर्दे आखिर मेरो पनि त मनै हो।

            ।।उस्लाई सोधौ भने पहिला नै मेरो कुराको बेवास्ता गर्यो,आखिर जे भए नि आफ्नै भाग्यलाई

सराप्दै बसे।।उस्लाई सोध्ने आट गरिन कहिले पनि उस्को बारेमा खोजि गरिन,दुख मेरो भागमा थियो।।बिहान सबेरै 5 बजे उठ्थिए,बैनिको कलेज जान ढिलो हुन्छ भन्दै नास्ता बनाएर तयार पार्थिए।।उस्लाई कहिले मेरो अभाबको कमी हुन दिन।आखिर जे भए पनी उ मेरो लोग्ने थियो,उस्को अनि उस्को परिवारको ख्याल गर्ने मेरो हक थियो।आज भन्दा 6महिना पहिला म उसैको घरमा बाजा बजाउदै भित्रीएकी थिए।म बिहानै उस्को कोठामा उ नउठी चिया बनाएर टेबलमा राखीदिन्थिए,अनि भान्सामा गएर आमा बूबालाई तातो पानि दिन्थिए,बुबा आमाले पनि त्यस्तो कुनैदिन मलाई त बुहारी होस् जस्तो ब्यवहार गर्नु भएन,सधै छोरी जस्तै बैनिले पनि सधै साथि जस्तै गर्ने तर राज सँग भने म कहिले खोलेर कुरा गरिन किन किन उ त मेरो पति थियो तर उस्को ब्यवहार सधै म निरास,कहिले उस्का कुरा काटिन।

।।।दिनहरु यसरी नै बिते,पहिला दुख थियो तर बिहे भए पछि पनि सुखका दिन आएनन।।म सधै हासी नै

रहे घरको सबै काम मैले गर्नु पर्ने कसैले सघाउछु नभन्ने ।राजले पनि मलाई माया नै गर्थियो।यसरी।समयको मौलिक सगै मङसीर महिनामा मेरो गर्भ रह्यो।म आमा बन्ने भए अनि राज बाबा घरमा फेरि नँया खुसी छायो,आमा,बाबा बैनि सबै खुसी।कति गारो हुदो रैछ आफ्ना सन्तानलाई यो धर्तिमा टेकाउन।।खाना खान मन लाग्दैन थियो,सधै वान्ता हुन्थियो रिगटा लाग्थियो।।अनि म आफ्नी आमालाई मिस गर्थिए कति कस्ठ्कार भयो होला मेरी आमालाई।एक महिना,दूई महिना भन्दा भन्दै मेरो गर्भ रहेको 8महीना भएको थियो।।राज दिनभरि काममा जाने आउने यस्तै थियो तर एकदिन राज अबेर सम्म घर नआए पछि मैले राजलाई फोन गरे तर राजको फोन एउटी केटीले उठाई।

           ।सोधे को हो। उस्ले म राज सगै काम गर्ने नँया स्टाफ भनि अरे यति राति राज त्यो केटी सँग मेरो

मनमा शंकाको डडेरो लाग्यो।।त्यो रात राज कति बेला आएर मेरो ओछ्यानमा सूत्यो त्यो मलाई थाहा भएन। जब बिहान मिरमीरे उज्यालो भयो तब पो मैले राजलाई देखे त्यो अवस्थामा जस्ले बेलुका रक्सी खाएर आएको हुनु पर्छ तर मैले के हो कस्तो हो भनेर सोध्ने आट गरिन।।।फेरि उ काम गर्ने मान्छे उस्लाई सिमीत ठाउमा राख्न पनि म सक्दिन।म आफ्नै ठाउमा खण्डित थिए।तर खोई दिनहरु परिबर्तन भए भनौ या मान्छे जो मेरो सिन्दुरको हकदार थियो।।पहिला जे जस्तो भए पनि सबै कुराको मतलब राखीन तर उस्ले किन किन पछि पछि म सँगका प्रेमहरु पन्छाउदै गईरहेको थियो।ऊ लोग्ने त हो तर लोग्नेको हक हराउदै गईराको थियो।

            ।सधै काम बाट ढिला आउने,म सग मज्जाले कुरा नगर्ने कहिले तलाई कस्तो छ नसोध्ने किन उस्ले

बिर्सीदैछ कि उ पनि बाउ हुदैछ।।एकरात एउटै ओछ्यानमा भएपनि उस्ले मलाई कहिले स्पर्षले छोएन।।सुनेको पनि थिए जब लोग्ने मान्छे पराई सग सल्किन्छ तब उस्लाई घरको बुढीको मतलब हुन्न रे हो त्यस्तै ब्यवहार गर्दैथियो म सँग।।कहिलेकाही तल्लो पेट सारै दुख्थियो,तर उस्ले कहिले मेरो सच्चो बिसन्चो सोधेन अनि मैले पनि उस्लाई भनिराख्नु सकिन जाबो एउटा पति हुनुको अधिकार त उ मलाई देखी परसार्न खोज्छ भने म किन उस्लाई भन्ने बरु म आफ्ना दुखाई आमा,बैनिलाई भन्थिए।।तर एकदिन बेलुका खाना खाएसी”मेरा कपडा पेकिङ गर्दैऊ है म भोलि काठमाडौँ जानु पर्ने भयो भन्दैथियो तर किन कसरी भने भनेन।।मैले उस्ले भने अनुसार उस्को कपडा,स्क्रेप झोलामा हालिदिए।भोलि पल्ट उ तयारको साथ रेडी हुदैथियो,लाग्थियो उ कुनै डेटमा जादै छ।।

                  किन जानू लाग्नु भाको भनेर पनि मैले सोधिन बरु बुबाले किन जानु पर्यो,बुहारीको यस्तो हाल

छ,आज हो की भोली छ भन्दै हुनुहुन्थियो तर राज भने हजुरहरु हुनुहुन्छ त केही भयो भने भन्दैथियो तर उस्लाई के थाहा मलाइ परिवारको माया भन्दा पनि आज यो पलमा उस्को कमी थियो।।अफिसको काम भन्थियो होला भनिम सबैले फेरि बिश्वास त हो निसबै भन्दा ठुलो कुरा।।आमा बाबालाई छोराको बिश्वास अनि मलाई मेरो पतिको।।।उ काठमाडौँ पुग्यो या पुगेन फेरि कति बेला पुगिन्थियो त्यो पनै थाहा भएन,मेरो मोवाईल थिएन कहिले काही बुबाको मोवाईल बाट उस्लाई फोन गर्थिए।।बेलुका बुबाले फोन गर्दा भखर पुग्यो रे भन्ने जानकारी पाए।मेरो पनि मनै हो।।।

पहिलाको जिबन र अहिलेको जिबनमा कुनै कमी थिएन फेरि कमि थियो त पहिला आमाको भनाई गालि खानु पर्थियो भने आज आफ्नै पतिको मायाको फरक पाईरहेको थिए।।यसरी 8दिनको काठमाडौँ बसाई सकेर मेरो पति घर आयो।।मैले उस्लाई कस्तो भयो नि यात्रा सोधे तर उस्ले उतरमा एउटा हासो पनि दिएन।।जादा खुसी हुदैगएको मेरो पति घर आउदा ओठमा मुस्कान थिएन,अनुहार मलिन थियो सोधे सन्चो छैन हजुरलाई तर उस्लाई केही नभएको र म एकछिन सुत्छु भन्यो।होला रातभरको यात्रा मैले पनि त्यही सोचेर उस्के कपडा ब्याग बाट झिकेर दराजमा राख्दैथिए।

              ।तर राज खोई को सग फोनमा अलिक ठुलो आवाजमा कुरा गर्दैथियो तर मैले उस्को जासुस गर्ने

आट गरिन भन्दैथियो भोलि भेट्छु।।होलान नि साथिहरु उस्का पनि।बेलुका सबैले खाना खाएर कोठामा गईसकेको थिम तर आज राज कोठा नआएर अर्को कोठा जुन हाम्रो कोठा भन्दा अलिक धेरै पर थियो,(पियासेज देखी)उ खाना खाने बित्तिकै त्यही गएको थियो।।के भयो सन्चो भएन की सोचे अनि म पनि उ भए तिरै गईराको थिए।।तर उ त्यहा बिरामी भएर हैन खोई को सँग फोनमा कुरा गर्दैथियो।।कोठाको ढोका लाएको थियो तर सेप्ट बाट अलिअलि देखीन्थियो त्यहा नजर नलाई म उस्को कुरामा ध्यान दिए।।अनि पो थाहा पाए उ काठमाडौँ कामले गएको हैन रैछ।।।

बिचरा म कति सोझि…आज सम्म अन्धो झही उसैको कुरामा बिश्वास गरे अझ आमा बुवालाई कस्तो भ्रममा राखेको।म त पराई भए भए अझ भनौ आफ्नालाई पनि छल्यो।आफ्नो घरमा बुढी हुदा हुदै अझ मेरो यस्तो हालतमा उ भने यस्तो गर्ने कस्तो मन होला।।है हुनत यो छोरा मान्छेको जातै यस्तै हो की राजको मात्र त्यो थाहा भएन।।तर उ भने प्रत्येक कूराको हासीखुसी गर्दै थियो,भन्दैथियॅ की तिमी सगको त्यो पल कहिले बिर्सीन्न,तिम्रो धेरै याद आईरहेको।।

           तिमीलाई म सधै प्रेम गर्छु,यस्तै भन्दै थियो अरे कस्तो प्रेम हौ एकातिर म अनि अर्को तिर त्यो केटी।।

जिन्दगी पनि अचम्मको हुन्छ हिजो धिरज सगै रमाउन नसकी म आज फेरि राज सग हास्न जानिन।।म त्यही बसेर उस्को कुरा सुनिरहे।।।।जब म यि सबै कुरा सुने तब मलाई सहन नसकि थरथर एउटा कमजोर बिरामी जस्तै गाम्न थाले।।मलाई यो बत्ति भएको उज्यालो कोठो पनि अन्धकार मय लाग्यो।।खोई कति बेला बेहोसीय थाहा भएन।।…
(कथा कस्तो लाग्दै छ हजुरहरुलाई)

%d bloggers like this: