अनु राऊतको ,यो कस्तो साईनो भाग _6 🕓

19578962_701774610022990_1437245706_o-169x300 अनु राऊतको ,यो कस्तो साईनो भाग _6 🕓–खोई उस्को कुरा सुनेर म त्यही बेहोसिए,जब होस् आयो तब म घर नजिकैको हस्पिटल”नोब्बेलमा थिए।।त्यस्तै रातको 12:43हुदो हो।।म एमेरजेन्सी बेडमा थिए,मेरो वरिपरी आमा,बुबा बैनि अनि मेरो लोग्ने

 

भन्ने मान्छे पनि मेरै छेउमा थियो।।मलाई रुन मात्र मन लागीरहेको थियो,आमाले सोध्दै हुनुहुन्थियो के भयो तर म खालि रोईरहे।।अगाडी देखी नै मैले डाक्टर अरुणलाई आफ्नो रिपोर्टहरु देखाउदै आएको थिए

त्यो बेला पनि डाक्टर अरुणले नै मलाई हेर्देथियो।।बुबाले आत्तिएर सोध्नु भयो,यो महिना पनि हैन के भएर यस्तो भयो तर उस्ले यो कमजोरीपन अनि यस्तो बेला धेरै तनाब भयो भने यस्तो हुन्छ यस्तै भन्दैथियो।।

बिहानको 3बजे हामी घर आईम।।मलाई आरम गर्नु भनेको थियो तर मलाई आराम हैन त्यही कुरा खेलिरहेको थियो।।

 

।सोधौ के भनेर सोधौ,फेरि रिसाउने पो हो की,ए रिसाए पनि मलाई के भयो र जब उस्ले त

मेरो बारेमा सोचेन भने।।भोलि पल्ट बिहान मैले उस्लाई सोधे।।काठमाडौँ को सँग अनि किन जानु भाको भनेर तर उस्ले के भन्न खोजेकी म मेरो कामले गएको भन्यो तर मैले पनि धेरै सहे अब म सहन

सक्दिन”हिजो रातिको कुरा सबै मैले सुने अभ मलाई सबै थाहा भईसको।।”हिजो तपाईको जीबनमा के भयो कस्तो भयो त्यो मैले कहिले खोजिन अनि सोधिन पनि तर आज मलाई सबै कुरा भन्नु पर्छ।।म बोलि

रहदा उ केही बोलेन खालि चुपचाप उभिरह्रो सायद अब उस्लाई के भन्नु नभन्नु के भयो त्यो मलाई थाहा भएन।।मेरो चर्को र अलिक ठुलो आवाज सुनेर होला आमा र बैनि हाम्रो कोठामा आएर के भयो भन्नु

हुदैथियो।सायद बिहे गरेको यतिका महिना हुदा पनि म कहिले ठुलो स्वरले बोलेको थिईन तर जब मान्छेलाई सहन गारो पर्छ नि तब हजारौ पहाड फोडेर पनि हिम्मत हार्दैन।।

 

।मलाई पनि त्यस्तै भएको

थियो,उस्ले मेरो सोझोपनको एकएक फाईदा उठाएर आफु अरु सगै रमाउने प्रयास गर्दैथियो।।हुन पनि हो मैले कहिले उस्को नजिक गएर उस्का हरकुरा सोध्न सकिन।।।शंका गरिन घरको जेठो छोरा सबै जिमेवारी उसैको काधमा छ भने

तर उ भने मलाई झालमा राख्दै थियो।।सायद उस्लाई म जस्तो जिबनसाथि हैन अलिक नक्कल पार्ने चाहिएको होला।।म रुदै सबै कुरा आमा र बैनि लाई भने।।आमाले पनि धेरै गालि गर्नु भयो,जति गर्दा पनि त नसुर्द्रिने भईस् भन्दै आमा रुन

थाल्नु भयो।बिचरा आमा एकातिर म अनि अर्को तिर छोरा।।बैनि पनि भाउजुको यस्तो जिउ छ।।यस्तो बेलामा टेन्सन दीनु हुदैन तर तपाई भने खालि यस्तै भन्दै हुनूहुन्थियो।।तर त्यो बेला भने म केही बोलिन।।राज पनि आमाको बैनिको सबै

कुरा सूनेर त्यहा बाट बाहिर निस्कियो।।आमाले बुबा बजार बाट आए पछि सबै कुरा भन्नु भयो।।राजले आफ्नो एकाउन्टमा भएको पैसा पनि निकालिसकेछ बुबा भन्दै हुनुहुन्थियो।।किन यस्तो गर्दैछ यो केटा आखिर त्यो केटी को रैछ त जस्ले

मेरो जिन्दगी उजाड पार्न खोज्दै छे।।के त्यो केटीलाई राजको बिहे भएको र राज बाबु हुन लागेको कुरा थाहा छैन र।

 

।कि उ सबै कुरा थाहा भएर पनि राज सगै नजिक छे।राज बिहानै हिडेको मान्छे रातीको 9बजे सम्म घर आएन आखिर जति

नै पिर भए पनि उस्को माया यो मनमा थियो।।बुबालाई फोन गर्नु न भने तर बूबाले सानो छैन अब बाउ हुदै छ।।रात दिन सबै थाहा छ,पिर नगर सुत घर सम्झिन्छ भने आउछ।।अरे बुबाको त छोरा हो तर मेरो त जिन्दगी हुन त आमा बूबालाई

पनी माया थियो तर खालि मेरो मन बुझाउन पिर नगर भन्दै हुनुहुन्थियो।।एकैछिन पछी राज आयो,सबै जना म आमा बुबा बैनी कोठा मै थियौ तर कसैलाई हेर्दै नहेरी नदेखे झै गरेर उ आफ्नो कोठा गयो।।सायद उ रिसाएर होला।रिस त मलाई

पनि उठेको थियो,उ सग बोल्न मन थिएन,तर जेजे भए पनी म उस्को बुढी हुँ।आफ्नो नाउको पछाडी मेरो माईतिको थर फालेर रबिना पौडेल र भनेर टास्ने गरेकी थिए।रहर भनौ या कर कि आफ्नो कर्तब्य जे भए पनि उस्को मतलब गर्नु मेरो

सिदुरको हक अधिकार उ नै ऊ थियो।म पनि उस्कै पछि पछि कोठा गए।उ म सग पनि नबोलि बसीरहेको थियो।

 

के उस्लाई आफूले गल्ति गरेको रैछु भनेर आभास भाको हो त।के उ यस्तो पराजीतको पनि आभास गर्छ र।आखिर जे जस्तो

 

भाब छ उही जानोस।।हामी दुबै जना एकातिर फर्की बसेका थियौ।हामी बिच कुरा भएको थिएन।।सोधे खाना खानु हिड्नु तर उस्ले म खाएर आएको भन्यो।।मैले पनि फेरि सोधिन।म चुपचाप थिए।एकछिन मौन पछि उस्को मोवाईलमा फोन

आयो।फोन कस्को थियो यति राति त्यो मलाई थाहा भएन पहिलो चोटी उस्ले आएको फोन पनि गोजी बाट निकाल्दै काट्यो त्यस पछि पनि फोन धेरै चोटी आयो मैले नसोधि बस्न सकिन।।मनमा हजारौ कुराको डर थियो ।सोधे फोन कस्को,तर

उ बोलेन,मैले धेरै पटक फोन आउदा सम्म उठाउनु भएन किन म भएर हो सोधे तर उस्ले घमन्ड देखाएर हो या मेरा कुरा सुनेर त्यही नम्बर अघि जुन नम्बर बाट बारम्बार फोन आईराको थियो त्यही नम्बरमा फोन लगायो।।म उस्को त्यो

नाटक हेरिरहे।।त्यो नम्बर कस्को होला पहिलो रिगङ मै फोन उठ्यो।।आवाज केटीको थियो।।भन्दै थियो घर पुगेउ,म पनि भखर आईपुगे।मलाई उस्को यस्तो तमासा देखेर झनै रिस उठ्यो कहिले रिसाउन नजान्ने म तर राजको यो सबै कुरा

हेर्दा हेर्दै चुपचाप उस्कै कुरा सुन्नु उतित ठानिन।।म त्यही उस्को साथमा हुदा त मेरो कुनै डर छैन।।आफ्नी बुढी साथमा छे।।यतिका रातमा कुनै केटीलाई मेरै अगाडी फोन गर्छ भने कस्को मनले मान्छ कसैको मान्दैन।।मैले उस्को मोवाईल

खोसेर आफु बोले।।त को होस् किन मेरो घर बिगार्न खोज्दैछेस भने तर फोन अगाडी नै कट थियो।सायद मेरो बोलि सुनेर डराई वा कूरा सुन्न नमानेर राखी त्यही जानोस।।अब भने मलाई राज देखो रिस उठ्यो।प्रश्न माथि प्रश्नको जवाफ

उस्लाई सोध्नु भयो।।”सोधे को हो।।

तर उठ्ले ठाडो जवाफमा मेरो साथि भन्यो।।

“काठमाडौँ यसैलाई भेट्न जानु भाको।।

 

 

“उम हो अभ के गर्छौ उ रिसले चुर भएर हो या म सग झगडा गर्न तयार भएर उही जानोस।।”मैले पनि रुदै मेरो सोझोपनको फाईदा लिनु भयो,म हुदा हुदा हुदै त्यो केटी सँग,पहिला पनि धेरै गल्ति गर्नु भाको रैछ किन ढाटेर बिहे गर्नु भयो

भने।।यति रुए जति धिरज सग टाढिनु पर्यो भनेर रोएकी थिए,सायद पहिला नै यो कुरा थाहा हुन्थियो त म किन यो सम्बन्ध हजुर सँग गास्थिए र यसरी मैले उस्लाई भने।।तर उस्ले तेरो कुनै कुराको उतर म सँग छैन र यदि यो घर मेरो हो

यँहाका प्रत्येक मान्छे मेरा हुन,मेरो चियो चर्चा नगर यदि यो घरमा बस्छेस भने भन्यो।।अरे कस्तो दुर्भाग्य मेरो जस्लाई मन दिए उस्ले तन छुन सकेन अनि जस्लाई पुरै जिन्दगी दिए उस्ले कहिले मन छुन सकेन।।मैले पनि उसैलाई ठिकै छ यदि

यो मेरो घर हैन,यँहाका मान्छे मेरा हैनन भने यो कोखको बच्चा पनि मेरो मात्रै हो।।

 

।उस्ले हरेक कुरा सुने नसुने झै गर्यो।।उस्को र मेरो बार्तालाप हुदैथियो।।तर उ भने आफ्नो कुनै दोष नभए जसरी बसिरह्यो।।मलाई रिस उठ्यो भन्छन नि जब

 

जब कोही मान्छे सहदा सहदै पनि अत्तिचार भयो भने कि मर्छ कि बौहुलाउछ तर म साच्चै पागल भएकी थिए एउटै कुरा वरिपरि दिमाखले कसरी काम गर्छ।।आखिर त्यसले पलपल त्यही नम्बरमा फोन गर्थि मैले राजले चलाईराखेको उस्को

हातको मोवाईल खोसेर,मज्जाले फालिदिए।।आखिर यही नै थियो हैन यो केटी सगको नाता भन्दै तर जब मैले मोवाईल फाले तब उस्ले मलाई रिसले आँखा तर्दै एक झाप्पड हान्यो।।कसम यति चर्को र यति दुखाईको झाप्पड मैले पहिलो चोटि

त्यही पनि आफ्नै लोग्नेको हात बाट खाएको थिए।।म अलिक ठुलो स्वरमा कराउन थाले।

 

बिहे भएको यतिका महिना सम्म तपाईले मलाई कहिले माया दिन सक्नु भएन किन पिट्नु मात्र हुन्छ बरु एकै चोटी मार्दिनु म मरे भने हजुरलाई पनि

आन्नद हुन्छ यस्तै भनेर रुदै गर्दा बुबाले बुहारीलाई किन कुटिस,घरमा यति सोझी बुढी हुदा हुदै तलाई लाज छैन,त जस्तो छोरा हुनु भन्दा नभएकै जाति,त्यो बैङक बाट पैसा झीकेर के गरिस।।।भन्दै कराउदै आफ्नै भाग्यलाई दोष दिदै।।

मलाई माफ गर्देउ भनेर म सँग भन्नु हुदैथियो।।तर त्यो कुरामा बुबा आमाको केही दोष थीएन।।

 

।म त्यो रात रातै भरि रोए,कहिले आफ्नै भाग्यलाई दोष दिएर रोए त कहिले धिरज सगको ति मिठा अतित सम्झेर रोए।।।त्यो दिन देखी राज सग

 

म बोल्न पनि छाडे।।।एकदिन कसो कसो गर्दा मैले दराजमा भएको राजको डायरी फेला पारे त्यो डायरी पल्टाउदै गर्दा त्यहा धेरैका नम्बर थिए।।बुबा,आमा,क

ाका,काकी,मामा,माईजु उस्का साथि सबैका तर मेरो आखा भने एउटा नम्बरमा पर्यो जुन डायरीमा”बिपीसा शर्मा”my Heart यस्तै लेखेको थियो।।मैले त्यो डायरीको नम्बर याद गरेर बुनुलाई भनेर त्यस नम्बरमा फोन गरे।।त्यो नम्बर आज

पनि याद छ मलाई।।मलाई फोनमा कसरी बोल्ने थाहा थिएन बुनुलाई बुल्नु भने,सुरु मै नसोध्नु,काहा पर्यो भनेर नजानैदो पराले सोध्ने भनेर फोन गरिम ।फोन बिजी थियो,तर धेरै पटक मिसकल गरेको देखेर होला,उतै बाट फोन आयो।।”को

हो”

 

कस्लाई खोज्नु भाको।।

हजुर को हो भन्नु न।।

म बिपिसा शर्मा।।।अनि तपाई।।

बुनुले फेरि घर काहा हो सोध्नु भयो।।

“काठमाडौँ,किन।।

“राज पौडेल को हो।।।

“मेरो साथि किन र उस्ले हामी सगै सोधि।।

 

“किन भन्ने राज मेरो दाई हो,घरमा भाउजु हुनुहुन्छ बच्चा हुनेवाला छ।।तपाई कै कारण घरमा सधै झगडा हुन्छ भन्नु भयो तर उस्ले मलाई मतलब छैन राजले मलाई माया गर्छ म पनि गर्छु र उसैलाई सोध्नु मेरो बारेमा यति भन्दै फोन

 

राखीदिई।।फोन धेरै पटक tryगरेउ तर फोन पहिला कट भयो अनि त्यस पछी अफ।।बेलुका कोठामा म एक्लै बसीरहेको थिए।।राज पनि त्यही आएर मलाई बिपीसालाई किन फोन गरेकी कस्ले नम्बर दियो।।तैले गर्न के खोजेकी भन्दैथियो

तर म चुपचाप थिए।।म नबोलेको देखेर हो या मैले केही गर्न सक्दिन भनेर।।उस्ले मलाई धेरै गालि गर्दै।।त के गर्छेस,तेरो बाउको सम्पतिमा राज गरेको छैन भन्दै थियो।।बिचरा मेरा बाउले के दिउन जति जे छ त्यो त दिएका नै थिए।।त्यो रात

राज म सगै कुनै न कुनै कुरामा निउ खोज्दैथियो।।मलाई मलाई पनि जति सह्यो त्यति यस्तै हो भनेर झगडा गर्न थाले तर उस्ले मलाई एकै चोटी घाटीमा भएको उस्ले नै हजारौ मान्छेको अगाडी आफ्नी धर्मपत्नि बनाएर लगाईदिएको पोतेमा

समायो।।मलाई शास फेर्न गारो भयो।।म चिच्चाए कराए।।।गुहार मागे,मेरो आवाज घरमा त कोठाकोठा फईलियो तर ओल्लो घर पल्लो घरमा पनि सबैले सुने।।म आत्तिए।।ढोका लाएको थियो।।ढोकाको नजिक बुबा,आमा बैनि अनि गाउका

केही मान्छे ढोका खोल भन्दै कराउदैथिए।।तर मान्छे आएको हल्लाले उस्ले आफ्नो हात झिक्दै।।उस्ले आफै।ढोका खोल्यो।।।।….

 

यो कस्तो साईनो

भाग-6

लेखक-अनु राउत

%d bloggers like this: