अनु राऊतको ,यो कस्तो साईनो भाग _7 🕓

19619430_701774440023007_768060958_o-150x150 अनु राऊतको ,यो कस्तो साईनो भाग _7 🕓
–ढोका उसैले खोल्यो जब ढोका खोल्यो तब त्यहा बुबा आमा बैनि अनि

वरपरका मान्छे पनि थिए।।बुबाले मेरो हालत हेर्दै किन यस्तो गर्दैछेस,

तैले मुख देखाईसक्नु पारीनस,त घर बाट निस्केर गईहाल,बुहारी मलाई

माफ गर्देउ भन्दै बुबा रुनु भयो।।बिचरा बुबाको यसमा के दोष थियो र

देख्नहरु सबैले राज कै दोष देखाए आखिर दोष थियो पनि उस्कै।।

कतिले त मेरो कमजोरीपन देखाउदै भने कि तिमीले यति गर्दा पनि केही

गर्न सकिनौ तर म के गर्न सक्थिएर म एक्लो हुन्थिए त केही गर्थिए पनि

 

होला तर म त यस्तो भारी जिउ कि थिए के गरौ।।कतिले त पहिलाको

बुढी पनि यसै गरी हिडेकी धन्न यो त सहेर बसीकी रैछ।।।

दुख बिसाउने ठाँउ थिएन आफ्नै भन्नेहरुले पलपल पिडा दिदैथिए।।

।त्यही त हो लोग्न स्वास्नीको झगडा परालको आगो भन्छन मीलेर बस्नु

भन्दै सबै गए तर राजको र मेरो झगडा परालको हैन दाउराको आगो

भएको थियो।।मान्छेको अगाडी मेरो बेजत गरीस अब हेर्दै जा,

म त सुखले खान्छु तेरो र तेरो बच्चाको बिजोक हुन्छ भन्दैथियो।।

 

मलाई आफ्नै गर्भमा भएको बच्चा देखी पनि रिस उठ्यो जस्ले जन्मन

नपाउदै बाबुको माया गूमाउदै छ म जस्तै कस्तो अभागी होला।।

।दिन दिनै मेरो dateआउदैथियो,डाक्टर ले साउन 27 गतेको

dateदिएको थियो तर बच्चा उल्टो बसेको छ केहीदिन अगाडी

नै बेड भर्ना गर्नु पर्छ भन्दै थियो।।।तर मेरो पतिलाई केही मतलब नै थिएन,

आखिर उस्ले म पनि बाबु हुदै छ भन्ने कुरा भुल्यो।।

हुन त उस्लाई मेरो के खोजि थियो र उ त अरु सगै रमाउन सिपालु थियो।

।एउटाको छोरी ल्याउनु अनि उस्को शरिर छुनु अनि त्यो सग मन मार्नु

 

अनि अरु सँग नजिक हुनु सायद बानि थियो।।।त्यस्तै गर्दै गयो,उ पनि।

।एकदिन बुबाले बुहारीको पनि महिना आउन लाग्यो बैङकको पैसा पनि

के गरिस भन्दै गालि गर्नु भयो।।।2067 साल 24 गते उ घर बाट

सानीमाको घर जान्छु,पैसा भनेको छु भन्दै निस्कीयो।।सानीमाको

घर झापाको बुट्टाबारी भन्ने ठाउमा थियो तर म गएको थिईन बिहे

भएको यतिका महिना भएको थियो भन्दा आफ्नै बुढाको नराम्रो

कुरा गरे जस्तो तर उस्ले कहिले आफ्ना आफन्तकोमा लगेन।

।जति चिनजान बिहेमा भयो त्यस पछि कोही सग नी भएन।

।बेलुका बुबाको मोवाईलमा सानिमाको फोन आयो।।बुबाले

 

राज खोई भन्नु भयो तर सानिमाले राज त आएको छैन भन्नु भयो।।

हामी सबै आत्तियौ,बिहान 8बजे हिडेको मान्छे काहा गयो भन्दै आमा रुनु भयो,

बुबाले राजको मोवाईलमा फोन लाउदै भन्नु भयो मोवाईल पनि अफ छ।।

।बैनीले फेसबुक खोल्दै सुमन दाई लाई सोध्छु भन्नु भयो,सुमन मेरै

सानिआमाको बैनिको छोरा।।।जब फेसबुक खोल्नु भयो तब बुनुले दाईले त

फेसबुकमा traveling to Darjeeling भनेर पोष्ट गर्नु भाको छ भन्नु भयो।

।म छक्क परे,बुनुको नजिक गएर हेरे त्यहा साच्चै नै traveling to Darjeeling

“with Bipisa Sharma यस्तै थियो।।म डाको छाडेर रोए आखिर पटक पटक

 

उस्लै मलाई र घरको परिवार लाई छल्यो तर कस्को लागी त्यही केटीको लागी

बुबाले त्यो केटीको नम्बर छ भनेकी हैन भन्नु भयो त्यसको नम्बर मुख मै याद

थियो बुबालाई दिए तर उस्को नि मोवाईल अफ थियो कति बाठी रैछ त्यो केटी।

मलाई त्यो केटी भन्दा पनि आफ्नै बूढा देखी घृणा जाग्यो।।त्यो केटी त खराब भई

तर उस्ले किन सोचेन।।मनले मानेन मर्न मन लाग्यो फेरि म मरेर के गर्नु

मेरो गर्भमा भएको सन्तान जस्ले प्रत्येक दिन,महिना सेकेण्ड गन्दै हरेक स्पर्षले

मलाई छुदै कहिले लात्ता हान्दै यो धर्तिमा आउन चाहान्थियो।।मलाई आफ्नो पिडा

सहन सकिन प्रमिला लाई फोन गर्छु भन्दै बुनुको मोवाईल मागे फोन गरेर सबै कुरा

 

रुदै भने आखिर साथि भनेको दुख कै बेला रैछ उस्ले मलाई पिर नगर,तेरो भाग्य पनि

कस्तो रैछ कहिले खुसी भईनस त साच्चै अभागी रैहिछेस यस्तै भन्दै थिई।।

।हुन पनि हो दुख जति सबै मेरै भागमा थियो।।प्रमिला सँग बोल्दैथिए बुनुको

मोवाईलमा मेसेज आएको थियो यसो हेरे मेसेज राज कै नम्बरबाट आएको

थियो त्यो मेसेज जब हेरे तब म डाको छोडेर रुदै भने,हे प्रर्भु अब म बाच्न चाहान्न,

मेसेज हेर्दा त मैले आखै देखीन शरिर पुरै काम्न थाल्यो,भुकम्पले हल्लाए सरी

पुरै घर हल्लियो।।आमा भान्सा बाट आत्तिदै के भयो भन्नु भयो त्यो मेसेज सबैले

हेर्नु भयो”उस्ले मेसेज यस्तो लेखेको थियो।।”Bunu..ma
lae av nkhojnu ma ghar xader gako.m bipisa sag married grdae xu

 

..aamalae tenson ngrnu vnidinu..कस्तो अचम्मको भयो मेरो जिन्दगी बरु

मलाई जन्म किन दियौ जन्म त दियौ फेरि आज यो दुख किन बरु आमा सगै

मारिदिएको भए आज न मन रुन्थियो त न चाहाना खुसो नै हराएर जान्थिए।

।बैनिले नरुनु भन्दै सम्झाउनु भयो तर मन कस्को मान्छ र जो सग खूसी साथ

जिबन बिताउछु भन्दै 18 बर्षको उमेरमा बिहे गरेर आए कति दुख गरे उस्को

मन कहिले दुखाईन तर आज उसैले मेरो जोबन लुट्यो।।हसाएर लुट्यो,रुवाएर

लुट्यो।।बुबाले अब त्यो घर आउनु पर्दैन त्यो मर्यो भन्दै नरोऊ अब हामी छुम

भन्नु भयो तर घर परिवार मात्र राम्रो भएर के गर्ने जब मेरो बुढो नै नभए पछि,,

मेरो सिन्दुरको हकदार पनि आज अरु कोही हुन्छ भने।।मलाई बिगतका ति पल

धेरै सम्झनामा आए,प्रमिलाले एकदिन जिस्किदै तेरो बुढोले पछि अर्को बिहे गर्यो

 

भने के गर्छेस भनेकी थिई त्यो बेला मेरो बिहे पनि भएको थिएन त्यही पनि रिसाउदै

मारी दिन्छु पहिला बुढोलाई मार्छु अनि त्यसलाई भनेकी थिए तर भने जस्तो सजिलो

नहुनु रैछ।।एकदिन लुकायौ तर सबै गाउमा हल्ला भयो कति ले त बहुबिहे मा गएर

मुद्दा हालिदिनु आफ्नो हक पाउछौ भने तर मेरो लागी राज त पराई थियो तर उस्का

सबै आफ्नाले मलाई साथ दिएका थिए।।।2067 साल 26 गते रातको 1बजे मलाई बिराम

लाग्यो,अलिअलि कम्मर दुखेर झर्ला जस्तो भयो।।बुबाले एम्बुलेन्सलाई फोन गरेर

बोलाउनु भयो बेलुका 1:43मा हामी नोब्बेल हस्पीटल पुग्यौ।।बेड नम्बर 14

मा मलाई राखेको थियो ,त्यो रात डाक्टर अरुण बिदा लिएर बसेको रैछ,मेरो

सबै रिपोर्ट उस्ले नै हेर्ने भएको र बच्चा पनि उल्टो बसेको ले त्यहाको नर्सले डाक्टर

 

अरुण 3 बजे मात्र आउनु हुन्छ भन्दै गईन।।सबैलाई मतलब दिन्छन तर मलाई

भने डाक्टर अरुण नै आउनु पर्छ भन्छन।।हरेक दुखाईमा पलपल आमा भन्दै

कराउदैथिए म।।।त्यहा म मात्र हैन प्रत्येक बेडका नारी यसै गरी कराउदैथिए।

।सबैलाई आफ्नो सन्तान जन्माउदा यति पिडा हुदो रैछ भन्ने कुराको अनुभफ

गर्दैथिए।।।मेरै छेउको बेडमा एक जना मेरै उमेरको केटी मलाई हेर्दै मेरो चिच्याई

हेर्दै आफु निरास थिई सायद उस्को मनमा त्यो डर थियो जुन डर म मा आफ्नो सन्तान

लाई जन्माउदाको पिडा थियो।।उस्को महिना 12 दिन कटेर त्यहा आएकी रैहिछिन।

उस्को छेउमा उस्को लोग्नेथियो।।उस्को कपालमा छुदै उस्का आखाका डर हेर्दै थियो।

।तर म भने कति अभागी छोरी रैछु म यता छटपटीमा थिए तर उ भने अरु सगै रमाउदैथियो।

।आमाले मलाई हेर्दै धेरै नरोऊ,यस्तै हुन्छ अब डाक्टर आएसी ठिक हुन्छ भन्नु भयो।

।बेलुका 1बजे देखी बिराम लागेको तर 3:55हुदा पनि बच्चा भएको थिएनन।।

।केहीछिन पछि डाक्टर अरुण आएर मेरो रिपोर्ट हेर्दै आमालाई गालि गर्यो अगाडी

नै बेड भर्ना गर्नु पर्थियो मैले भनेको थिए तर आमा चुपचाप।।मलाइ अर्को कोठामा

लगेर डाक्टरले बच्चाको धड्कन चेक गर्यो।।।तब उस्ले बुबालाई बच्चाले दिसा

खाईसकेको छ तुरुन्तै”सिचर(अ

प्रेसन)गर्नु पर्छ।।उस्को ब्रल्ड ग्रुपको रिपोर्ट लिएर जानु र रेडक्रसमा”एक पौन”रगतको ब्यबस्था

गर्नु भन्दै मलाई अप्रेसन गर्ने ठाऊमा लिएर गयो।।कलिकति काट्दा त म डराउने त्यो बेला

धड्कन काप्न थाल्यो।।आमा र बुनु रुनुहुदैथियो।।म आफु मर्छुहोला जस्तै लाग्यो,टेन्सन माथि

टेनसन,आफुले रूदै कराउदै कति दुख साथ आफ्नो कोखमा 10 महिना राखेर जन्मन लागेको

सन्तानलाई दिसा खाएको छ,बच्चाको धडकन कम छ भन्दै डर देखाउछन।।।”पहिला पहिला

सुनेको थिए अप्रेसन गर्दा बिहोस् पार्छ रे तर पछै कतिको होस् आउछ रे कति मर्छन रे तर मलाई

मर्न पनि मन थिएन र बाच्न पनि।।म डराएको देखेर डाक्टर अरुणले नडराउनु केही हुदैन,तपाईको”

पेसर बढि हुदै छ यस्तो बेला अप्रेसन गर्न मिल्दैन भन्दै मलाई एउटा”सुई लगाईदिए।।”मेरो वरिपरि

2जना नर्स अनि डाक्टर अरुण थिए।घरी निलो बत्ति घरी रातो बत्ति बल्थियो,डाक्टरले मलाई हेर्दै एक

एक कुरा सोध्थियो।।।एकैछिन पछि मेरो पेट बाट बच्चा झिक्दै”लु हेर्नु त रबिना तपाईको छोरी भयो,

भन्दै बच्चा बोकेर बाहीर गईन नर्स।।मैले डाक्टरलाई काहा लानु भाको सोधे,बच्चालाई नुहाएर बाहिर

हजुरको आफन्त लाई दिन्छन भने।।।आखीर मेरी छोरी नै भई मै जस्ती अभागी।।मलाई एकछिन

 

पछी बाहिर निकाल्यो।त्यहा मेरा सासु ससुरा मात्र नभई मलाई हेर्न मेरो बाबा आमा,प्रमिले पनि आएका थिए।।

मलाई सुत्केरी बस्ने कोठामा राखीयो।।मैले आफ्नी छोरीलाई हेरेर रोए त्यो बेला त म खुसी हुनु पर्ने तर

मेरो मनमा खुसी थीएन।।छोरी आफ्नी सन्तान जन्माउदा त कुन आमा खूसी हुननन होला तर मलाई पिडा

थियो मेरी छोरी जस्ले जन्मिन नपाउदै बाउ देखी टाढा रहनु पर्यो।।बुबा मेरो नजिकै आएर रुदै मेरी छोरी

तिमीले किन यो कुरा भनीनौ,कस्तो फटा मान्छेलाई मैले आफ्नि छोरी दिए भन्दै रुनुभयो।।सायद यो कुरा

बुबाले यहा आएसी थाहा पाउनुभयो होला।।।सबै आफ्नाहरु हेर्न आए कसैले आमा जस्ति भने त कति ले

बाबा जस्ति।।तर मलाई भने मेरी छोरी कोही जस्तो लागेन,म जस्तै भनौ भने मेरो दुख भोलि उस्लाई

नआओस अनि मेरो लोग्ने जस्तै भनौ भने त्यो मान्छे जस्ले मलाई यस्तो हालतमा छाड्यो।।।सबैले मलाई

बधाई दिए तर मैले भने आफ्नो खूसी कसै सग साटिन,मेरी छोरीको न्वारन पनि उसैको बाउ हुदा हुदै

उस्को हजुर बुबाले गर्नु भयो।।।दिन प्रति दिन छोरी पनि बढ्दै गई।।कहिलेकाही आमा नातिनीलाइ हेर्दै

 

रुनु हुन्थियो। र भन्नु हुन्थियो यो छोरीलाई देखेपछि त्यसको मन फिर्ला की तर कसरी हिजो जुन

सन्तानलाई छाडेर गएको छ म उसैलाई कसरी यो हाम्रो छोरी हेर्नु भन्दै जाम।।मैले उस्का ति बचन

अनि कुटाई बिर्सीदै गएको थिए।।एकरात बेलुका म आफ्नो कोठामा छोरी लिएर सूतिराको थिए।

।कोही रुदै,गरेको आवाज मेरो कानमा पर्यो को रैछ यति राति घडी हेरे 11 बजेको थियो।।

त्यो रोवाई आमाको जस्तो लाग्यो के भयो भन्दै बाहिर गए।।त्यो सबै देखेर म छागा बाट खसे।

।त्यहा यति राति मेरो बुढो घरको ढोकामा थियो।।उस्लाई अङगालोमा राख्दै आमा रुनु हुदैथियो।

।भन्नु हुदैथियो बाबु किन घर छाडेर गाको,बुबा पनि उसैलाई गालि गर्दै भन्नु हुदैथियो घर किन आको।

।बैनि पनि रुनु हुदैथियो।।बिचरा आमा जस्लाई जन्म दिनु भयो उस्को माया कति हुन्छ त्यो मलाई थाहा

थियो।।आज 2महिना पछि राज घर आएको थियो त्यो पनि यति राति।सबैलाई थाहा थियो उ आउने कुरा

तर मलाई भने कसैले भनेका थिएनन।।मैले उस्लाई गएर अङगालोमा बेर्दै भन्न सकिन की मेरो हजूर

काहा जानु भएको थियो भनेर किन की उस्ले त मेरो र छोरीको बिजोक हुन्छ भनेको थियो जुन सन्तान

मेरै गर्भमा थियो।।म त्यो सबै चर्तिकला हेरे तर कोही सग नबोली भित्र गएर ढोका लगाएर सुते।।।

(हजुरहरु लाई कस्तो लाग्दैछ पढेर सुझाब दिनु होला..)

यो कस्तो साईनो
भाग-7
लेखक-अनु राउत

%d bloggers like this: