अनु राऊतको ,यो कस्तो साईनो भाग _8 🕓

19648275_701775853356199_751446716_o-150x150 अनु राऊतको ,यो कस्तो साईनो भाग _8 🕓
–म सरासर आएर कोठामा ढोका लाएर सुते।।तर निन्द्रा भने पटक्कै लागेन,

किन आएको होला जब छोडेर गएको मान्छे।।।फेरि घरमा सबैलाई थाहा रैछ

तर मलाई कसैले भनेनन सायद म रिसाउछु भनेर होला तर म रिसाएर के हुन्छ

र यँहा त सबै मेरो काम खान बसेका छन।।बिहान देखी बेलुका सम्म आमा,

बुबाको सेवा गर्छु र पो दुई छाक खानदिएका छन भोलि म बिरामी भएर थला पर्दा छोराले लिएको बुहारी

छोरो त छैन हामीलाई हेर्न के कर भन्दै निकालिदिन्छन।

।यस्तै सोचे आफ्नो छोरीलाई हेरे निदाएकी थिई बिचरा आमाको दुख सहन सक्दिन

पछि मेरी छोरी।।बेलुकारात भर गुनगुन आवाज आउदैथियो।।सबै खुसी थिए तर

मलाई भने कुनै उत्सहा थिएन,मेरो बुढो कमाउन गएर आएको हुन्थियो त म पनि

 

रातै भर उही सगै मिठामिठा कुरा गरेर बस्थिए तर उस्ले त मलाई जिउदै मारेर

गएको छ म त्यो दिन कसरी बिर्सन सक्छु र जुन बेला मलाई उस्को खाचो

थियो त्यो बेला त उ पराईको साथमा थियो अनि आज त म धेरै खुसी छु मेरो

साथमा परी जस्तै राम्री छोरी छे जो रुदा मेरो मन दूख्छ हास्दा मेरो संसारै खुसी हुन्छ।

।भोलि पल्ट बिहानै उठेर भान्सामा गएर चिया नस्ता बनाए,बुबा

आमालाई बोलाए तर राज जो मेरो लोग्नेलाई भने खोजि पनि गरिन

उस्लाई मैले बिहान कतै देखेको पनि थिईन।।तर उस्को लागी भने नस्ता

राखीदिएको थिए।।भान्सा मै काम गर्दैथिए छोरी रोएको आवाज सुने,म मेरै

 

कोठा गए तर त्यहा राज छोरीलाई खेलाउदैथियो त्यो सब देखेर मलाई रिस

उठ्यो भन्न त मन थियो मेरो छोरी छुने अधिकार छैन जुन अधिकार थियो त्यो

त गुमाई सक्नु भयो तर मलाई भन्ने आट आएन के गरौ र कसो गरौ भयो।

।छोरीको रुवाई ले मन टूक्रा टुक्रा भयो तर म उस्को छेउमा जान सकिन

म त्यहा बाट फर्केर।।बाथरुम गएर मज्जाले रोए आखिर मलाई नै पलपल

दुखको हक किन,म राजलाई आफ्नो पति त मान्छु तर हिजो जस्तै आज म

उस्को नजीक हुन सक्दिन जुन पुरुषले हजारौ सग सम्बन्ध गास्दै आउछ भने

म किन उसैको नजिक हुन जान सक्छु के उस्को म सुत्नको लागी मात्र जिबनसाथि हो र।

 

।के आखिर उस्ले त्यो केटी सगको नाता सम्बन्ध तोडेर आएको हो र यस्तै सोचे।

।भान्सामा गएर खाना बनाउदैथिए,राजले छोरी बोकेर मई भए तिर आउदै गरेको

देखे,उस्ले छोरीलाई हेर्दै,पटक माया गर्दै मई भए तिर आउदैथियो तर मैले भने मतलब दिईन।

।उ मेरै नजिक आएर छोरी रुदै छे भन्यो मैले चुपचाप उस्को साथ बाट छोरी खोसेर

लिएर गए।।कस्तो अनौठो नाता हुदै छ मेरो जो हिजो लोग्ने थियो त आज फेरि अपरिचीत झै।

।।खाना खाने बेलामा पनि मैले उस्लाई के चाहीछ के लाईदिम केही सोधिन।

आमाले मलाई राजलाई यस्तो लाईदेऊ उस्तो भनेर भन्नु हुन्थियो।।म पनि खाना

खाएर बसेको थिए आमाले बुबाले रबिना यता आउ भनेको सुने म

 

त्यही गए त्यहा आमा,बुबा बैनि सबै थिए सोधे किन बोलाउनु भाको।।

।”अब हिजो जे भयो भयो आज राज घर आएको छ,उ पनि अरुकै छोरी

हो,उस्को पनि जिन्दगी तिम्रै जस्तै हो त्यसैले अब जति नै गरे पनि मिलेर

बस्नु भन्दै भन्नु भयो।।”आखिर मैले जे सोचे त्यही भयो,आमा बुबा बैनिले हिजो

त्यही मुखले अब घर आउनु पर्दैन भन्नु भाको आज फेरि सबै एक मुखले मलाई

नै त्यो केटी जो मेरो सिन्दुरको आधा हक बनेकी छे उही सगै मिलेर बस्नु भन्दैथिए।

।अरे कुन नारीले चाही सक्छे कस्को हिम्मत हुन्छ कि उस्को हक अधिकार खोस्न

आउने सगै मिलेर बस्न।।होला राज सगै बस्नु सकौला तर त्यो केटी मेरी सौता हो

 

अनि सौता मुटुको किला हो।।।सबैले मलाई सम्झाईरहे तर म अब कसैको कुरा

सुन्दिन अब त मैले पनि न्याय पाउछु,मेरो जिबनको मोल पाउछु छोरीको अधिकार

पाउछु।।सबैले आफ्नो छोरा दाई टाढा बनाउन चाहादैनन त्यही सगै मिली बस्नु भन्छन

भने मलाई पनी यो घर चाहीदैन।।जब कोही मेरो अधिकार लिएर बस्छ भने।।

।तर मैले यसो भन्नु अलिक सहज ठानिन।।मैले मात्र यति भने कि हजुरहरुले उस्लाई

यो घरमा ल्याउने भए म पनि यो घर बाट निस्कन्छु।।तर मेरो कुरा कसैले बिश्वास गरेन।

।।सायद माईतिमा जाने बाटो थिएनन आफ्नी आमा थिईनन सौतिनी आमाले के मतलब

गर्लिन र भोलि मैले दुख पाउदा बरु जति नै गरे पनि दुख सहनु नै पर्छ।।

 

राजले त्यसलाई कोठामा राखेर घर आएको कुरा थाहा पाउदा यो मन कस्तो भयो होला

।।सधै झहि उस्ले छोरीलाई बोक्ने खेलाउने गर्थियो आखिर मलाई पो उस्ले दुख दियो छोरी

त उस्कै हो नि आखिर सबैले राज कै छोरी भनेर चिन्छन नि।। एकदिनको कुरा हो।

।म छोरी लिएर बजार गएको थिए नानिलाई लुगा ल्याउन जब घर आए तब घरमा नँया

रोनक देखे,पत्याउन गारो भयो जुन घरपरिवार ले हिजो सम्म मलाई टेन्सन नगर भन्दै

सम्झाउथिए आज त्यही परिवार ले मेरो सौतालाई मेरै दुश्मन लाई घरमा प्रवेश गराएका थिए।

।हेर्दा पातलि तर राम्री थिई जस्थी भएपनि त्यो जस्तो खराब आईमाई को हुन्छ र।

 

।मलाई पनि पिडा भयो जलन भयो कुन अवस्थामा मलाई रुवाएर हिडेकी थिई।।मैले

आफ्नो छोरी लाई खाटमा राख्दै त्यो केटीलाई गएर”त मेरो र छोरीको हक अधिकार

खोस्न आकी हैन,तलाई मैले भनेको पनि थिए किन फेरि यस्तो गरिस भन्दै उस्लाई

भूत्लाए तर सबैले मलाई परसार्दै जे हुनु भयो मर्दका”दश ओडी हुन्छन भन्दै उल्टो

छोरालाई साहस दिलाए।।हुन पनि हो जब छोरा अनि त्यस पछि बुहारी।

।मैले पनि यदि यो सगै बस्नु पर्ने हो भने यो बसौस म मेरि छोरी लीएर जान्छु भने।।

।आखिर सबैले यहि खोजेको होला,भन्दै रोए,बुबाले पनि एउटै भएर मिलेर बस्न सक्दिनौ भने

 

,एउटा कोठा दिन्छु भने आखिर जति नै गरे पनि अरुका बाउ,आमालाई कहिले खुसी

पार्न सकिन मैले कति दुख गरे कति आशु झारे त्यो घरमा आखिर सासु,ससुरा

पनि पराई भए बुढोले त साथ दिएन आज सबै पराई भए।।के मेरो र छोरीको दाईजो हो

र एउटा कोठा।।सोच्दा पनि आफ्नै जिन्दगी हरेश लाग्छ।।हिजो सम्म बिहे भए पछि खुसीको जिबन

हुन्छ भन्ने मेरो तर आज कसैको बुढी र बुहारी हुनौ जस्तो गारो केही लागेन बरु मलाई त्यही छोरीको

 

अधिकार नै ठिक थियो जँहा मैले गालि खाए पनि कुटाई खाए पनि आफ्नै घरको आमाको अधिकार

पाएकी थिए।।तर आज न कसैको साथ पाए न कसैको माया बरु बाच्नु भन्दा त मर्नु ब्यस हुन्छ।

।तर मेरी छोरी जब म मर्छु तब उस्ले पनि मेरै जस्तै दुख पिडा भोग्नु पर्छ।।

रुनु पर्छ,अहिले म छु र पो यति माया गर्छु जब म मर्छु नि तब मेरी छोरीले

थाहा पाउछे।।बरु यसै नहुने उसै नहुने।मलाई घर पनि चाहिन्न माईति पनि बरु

आफै काम गरेर मेरी छोरीलाई हुर्काउछु।।….
क्रमश..

यो कस्तो साईनो
भाग-8
लेखक-अनु राउत

%d bloggers like this: