अनु राऊतको ,यो कस्तो साईनो भाग _1 🕓

–आफ्ना

      अतितका कुरा कसरी कस्लाई भनौ,अनि कसरी लेखौ लेख्न मन त थिएन तर,कस्लाई सुनाम,फेरि

दुनिया सामु आफु किन झुकुम।फेरि किन आफ्ना आशुहरु हरदिन सम्हालेर राखौ।।सोच्दा यसै मन भारि भएर आउछ।।त्यसैले आफ्ना अतितका ति नाताहरु लाई सम्झेर,आज फेरि एक मुठ्ठी साहासहरुलाई बटुलेर शब्दहरु खोज्न बाध्य भएकी छु।।आज म आफ्नै जिन्दगी देखी थकित छु,जिबनका उकालि ओरालि दुख,सुख बाट दोड्दै-दोडदै यो मनले अन्त हरेश खाई सक्यो।कहा जाऊ,के गरौ,अनि कस्लाई भनौ,फेरि कोही छैनन मेरो।त्यसैले त आफुले सोचेजस्तो जिन्दगी यँहा कहिल्यै पनि हुदैन्, सानो छदा ठुलो हुन पाउ भन्ने मनका रहर अनि ठुलो भएपछि जिवन जिउनको मजा त सानैमा छ भन्ने रहर।यस्तै हो जिन्दगि

       भनिएको आस नै आसको खडेरिमा बितिरहेको हुन्छ । हजारौ सपनाका महलहरु मनमा सजाएर अघि

बढिरहेका हुन्छन तर एउटै सपना पुरा गर्दा सारा जिन्दगि बितिरहेको हुन्छ हो यस्तै हो मान्छेको जिन्दगि भनेको नै ।। आफुले सोचेजस्तो जिवनमा आउछ कि आउदैन अनि उसले मेरा सारा मनका कुरा बुझ्छ कि बुझ्दैन । यस्तै यस्तै कुरा खेल्थे मेरा मनमा अनि सधै उसले खुसि नै दिन नसकेता पनि मनको कुरा बुझिदिने मान्छे भए दुखमा नै किन नहोस् खुसिसाथ जिन्दगि बिताउन सक्थे म हो यस्तै थिए यो मेरो मनमा चहानाहरु तर आज यि मेरा चाहाना खुसी,चैत बैशाखमा लाग्ले खडेरीको कुवा सरी सुकेर गएका छन।।सोच्छु एक मनले जिन्दगी लामो छ तर कल्पना गर्छू,एक्लो जिन्दगी के जिन्दगी जब कसैको साथ छैन भने कसरी म अगाडी बढ्न सक्छु।।।तर पनि मैले हिम्मत भने हार्नु हुन्न किनकी मेरो पछाडी पनि एउटा प्यारो अतित छ।।ल आउनुहोस आज फेरि मेरै मनमा भएका,मेरै जिबनमा घटेका भोगाईहरु पढ्नुहोस्।।म रबिना,मेरो घर झापाको लखनपुर गाँउमा छ।मैले सानै देखी दुख के हो भोगेकी छु।।किनकी मेरो जन्मदिने आमा म

         देखी टाढा धेरै टाढा जो भगवानको प्यारो हुनु भएको थियो।।घरमा बाबा,अनि सौतिनी आमा जो मेरो

आमाको हक अधिकार लिएर बसेकी थिईन।।उ पट्टीको एउटा छोरा थियो जो मेरो भाई,(सौगात)म उस्लाई धेरै माया गर्थिए।।तर उस्ले भने मलाई कहिले दिदिको जस्तो ब्यवहार गरेन,यति धेरै माया दिदा पनि बरु उल्टै आमालाई कुरा सुनाएर गालि खाउथियो।म धेरै रुन्थिए,अनि आफै खुसी हुने कुरामा अगाडी आउथिए।फेरि आफ्नो दुख कस्लाई सुनाम।जुन जन्म दिने आमा थिईनन दुख नगर छोरी,तेरो आशु देख्न सक्दिन भन्ने मेरी आमा हुन्थिन त आज म यो ठाउ सम्म आईपुग्दिन थिए।।अझ भनौ कर्म दिने बुवा त मैले पाएकी थिए तर बुवा पनि खालि सानिआमाको कुरा सुनेर गालि गर्ने,गर्नुहुन्थियो।।तर बिचरा बूवा अलिक सोजो जस्को कुरा नि छिटै बिश्वास गर्नुहुन्थियो।र म अहिले पनि मेरो बुवालाई दोष दिन्न किनकी दोष मेरै छ।।जस्ले सानोमा आमा गुमाई अनि अहिले बाउको प्रेम गुमाउदै छे।।म भखर 17बर्ष पुगेकी मान्छे।जस्लाई दुखको अनुभब धेरै थियो।।म तेति बेला भखर 10मा पढ्थिए।।कति हेला सहनु पर्थियो।।भाईलाई महंगो बोडिङ अनि मलाई सरकारी स्कुर तर मलाई यो कुरामा कुनै गुनासो थिएन किनकी भाईले आमा

       बाबु दुबैको माया पाएको थियो तर आखिर सौतिनी आमा भन्न धेरै कुरामा थियो।।सुनेको थिए अरु

अरुको मुख बाट कसैको सौतिनी आमा नै भए पनि कति माया गर्छन तर यो सब मेरा भनाई अनि सुनाईमा मात्र सिमीत भयो।।देख्नहरुको अगाडी त ठिक्क पार्न जानेकी थिईन तर मलाई भने भित्र भित्र खाई सकेकी थिईन।कहिलेकाही यस्तो लाग्थियो कि कोही आओस मेरो जिबनमा अनि मेरा दुखहरु हेर्दै मेरा आशु पुछ्दै भनोस,नरोऊ रबिना अब म आईसके तिम्रो जिबनमा तर कल्पना सपना जस्तो नहुने रैछ।।बिहान भरि काम गरेर पढ्न जानु पर्ने,बेलुका अबेर हुदा नानाथरि गालि खानु पर्ने।।आज पनि ति चुछ्छ बोलि सम्झेर मन दुख्छ।।(आमा खाईस,अब बाउ खा,यस्तै भन्ने सधै।।काम गर्दा यो भएन त्यो भएन कहिले जस नदिने।।।आखिर मेरि आमा जो थिईन उस्लाई त मैले देख्न पनि पाईन अनि उस्को अनुहार हेर्न पनि पाईन्न।।।दिनभरको गालि सगै रात भर म सग भएको आमाको एउटा मधुरो फोटो सग रुदै कराउदै कुरा गर्थिए ।अनि भन्थिए।।”ए आमा किन मलाई आफु सगै नलानु भएको,किन हजुर मात्र भगवानको प्यारो हुनु भएको।।मलाई दुख दिन हो,हेर्नु त आज म कस्तो अवस्थामा छु ।।न हजुरको माया छ न बाबुको प्रेम।।

       बाबाले लियाकी आमाले पनि सधै गालि गर्छे अनि भन्छे मैले हजुरलाई खाएरे।।के आमा म जन्मेर

हजुरलाई मारेको हो त।।हैन आमा हैन म त आज पनि हजुर सगै आउन चाहान्छु।।हो कति बर्ष यसै गरी रोएर रात बिताएकी छु मैले।।।17बर्षको उमेर सगै सानै देखी आखा कहिले ओभानो भएन।।परेलिका बाझले सधै बोलाई रहे यि आशुहरुलाई।।नरोएको कुनै दिन भएन।।।सिरानी नभिझेको कुनै रात भएन।।सधै मेरै कुरा गर्दै हिड्ने आमा,कोही आए पनि बिहे गरेर पठाईदिन्थिए आखिर जति राम्रो गरे पनि कसैले राम्रो गरिस भन्दैनन।।”आफ्नाले त यहा गर्दैनन आखिर सौताकी छोरीलाई जति गरेनि कहिले आफ्नी हुन्न।।यस्तै भन्ने गर्थिन,मन धेरै रुन्थियो तर भन्नेले के भन्दैनन फेरि मेरो लागी तिनले के पो गरेकी छिन र—-।।।।
क्रमश

%d bloggers like this: