#अपुरो प्रेम भाग : 18 लेखन : मिलन अविरल ,

निन्द्रा लागेन यतिबेला सम्म पनि अन मा हुनुहुन्छ के म यसको रहस्य जान्न सक्छु ।

 

अनि।sms box खोले sms सरोजको थियो ।
लेखिएको थियो ।
सरोज : Hello
सायद कहिले send गरेको sms थियो थाहा भएन । apccet गरेपछी देखा पर्यो ।
मेरो मन माछाको तलाउझै सोचहरुको तालझै भयो ।
के गरौ कसो नगरौ sms को reply नदिउ भने सरोज रिसाउछ कि झै लाग्यो ।मैले फेरि अर्को मनले सोचे दिनु पर्यो यस्तो दोधार मन कहिले भएको थिएन लाग्छ ।
काठमाडौबाट पोखरामा स्थान त परिवर्तन भयो त्यसकै साथमा मेरो मन पनि परिवर्तन भइरहेको झै लागिरहयो । म आफू निकै परिवर्तन भएको महसुस गरिरहेको थिए।
मैले पनि sms को उत्तर दिए
म : ..hajur….
हाम्रो च्याटको संवादहरु रबरझै लम्बिरहेका थिए ।
सरोज : निन्द्रा लागेन यतिबेला सम्म पनि अन मा हुनुहुन्छ के म यसको रहस्य जान्न सक्छु ।
म : (अलि सिर्यस भावमा ) तेस्तो रहस्य नहुन सक्छ ।तर निन्द्रा बिथोलिनुको रहस्य भने पक्कै हुनसक्छ ।
सरोज : लाग्छ तपाईं आफन्त अनि घरको यादमा हुनुहुन्छ ।(प्रश्नगत शैलीमा )
म : रहस्य आफैंले पत्ता लगाउनु हुन्छ अनि आफै प्रस्नहरुको बिस्कुन लगाउनु हुन्छ ।

हामि यस्तै यस्तै कुरा गर्दैमा कति बेला एकदम ठठ्यौली भावमा कतिबेला जिन्दगिका तिता मिठा पलहरुलाई एक अर्कामा साटासाट गर्दै त्यो रात हामिले
एक अर्काका मनपर्ने मननपर्ने कुराहरु गर्दै निकै लामो समय च्याट्मा बितायौ ।
लाग्छ त्यो दिन सबै भन्दा मेरो लामो छोटो रात खै कुरा गर्दा गर्दै रातको १ बजिसकेछ । (घडी हेरे)
निन्द्रा लाग्ने कुनै चकमक थिएन ।लाग्छ निन्द्रापनि आउदा आउदै थकानको कारणले उ पनि बाटोमै निदाएको होला अब भने मैले सुत्नको लागि सरोजलाई आग्रह गरे । उसले मेरो आग्रह स्विकार गरिरहेको थिएन बल्ल बल्ल मनाए तर त्यसपछी हामी एक अर्कालाई सुभ सपनिको कामना गर्दै छुट्टीयौ ।
मैले फेसबुक अफ गरे अनि कोठाको बत्ती पनि।अफ गरे

निदाउने जबरजस्ती कोसिस गरिरहेको थिए । निदाउनै सकिन म आफैलाई निन्द्रा नलागेको देखेर म आफै अचम्मित भए तर बिना कारण किन आफुलाई यस्तो हुदैछ ।
नचाहदा नचाहदै अर्काको बारेमा सोच्न पुगे आफ्नो परिवारको भन्दा अब सरोजको त्यो बोली मेरो कानमा जसरी सुनसान घोर जङ्गलमा सान्त बातावरणमा कोईलिको मिठो स्वरले त्यो घना जङ्गल गुन्जायमन हुन्छ ।त्यसै गरि दिउँसो को कुरा उसको बोली मेरो मेरो कानमा कोईलीको आवाजझै गुन्जिरहयो ।
कोठा सुनसान थियो । त्यतिकैमा एक्कासी
क्रमशः

%d bloggers like this: