अपुरो प्रेम भाग : 19 लेखन : मिलन अविरल ,

 

मिलन अविरल त्यतिकैमा एक्कासी ढोकामा ढकढकको आवाज आयो ।

मलाई ज्यादै डर लाग्यो सारा शरीर काप्न लाग्यो ।

मुख सुक्न थाल्यो ओठ सुख्यो । मुटुको धड्कन तीब्र गतिमा धड्कन थाल्यो ।

त्यति राती १ बजे को होला म अचम्मित भए ,ढोका खोलेर हेर्ने मेरो हिम्मत थिएन ।

सिरकबाट मुख अलिकता झिकेर हेरे मनमा थोरै हिम्मत बढाएर ,कोठाको पहिलेनै बत्ती अफ गरेको थिए ।

फेरि बल्ल तल्ल डराउदै मुटुको धड्कनलाई थोरै सान्त्वना दिदै ओछ्यानबाट बत्तिको स्विज भएतिर अघि बढे त्यसपछी बत्ती अन गरे अलि साहस अनि हिम्मत आयो ।

अनि को रहेछ यति राती ज्यादै उत्सुक भए तर तर ढोका खोलेर हेर्ने साहस जुटेन । फेरि सिरक तानेर गुटुमुटु भए ।

त्रसित भएर सुत्नु पर्यो ज्यादै कहलि लाग्दो भयो । त्यसै रात लामो झन रबर तन्काएझै झन लामो लामो लागिरहयो ।

त्यो सुनसान रात मलाई साच्चै सुनसान भएको महसुस लागिरहयो ।

 

फेरि ढकढकको आवाज आउँछ कि भनी प्रतीक्षा गरिरहे ।तर केही आवाज आएन ।

मनमा हरेक सपनाहरुलाई सम्हाल्दै त्यतिकैमा म निदाउन पुगे निन्द्रामा रुमलिन पुगे बनपाखा रमाईलो बाताबरणझै सपनीमा रमाउन पुगे ।

मानिसलाई यो अल्कोहलको नसा भन्दा मायाको नसा धेरै लाग्दो रहेछ । याद जस्तो हत्तियार आज सम्म न त बनेको थियो न त बन्ने नै छ ।

सोच्छु कि सायद यो माया भन्ने चिज अमूल्य हुने भए आखिर माया जस्तो स्वच्छ अनि पबित्र शब्द हुन्थियो होला ।

तर आज माया भन्ने चिजनै मुल्यहिन भएको छ मायाको नाम लिन पनि असङ्कोच अनि लाजमर्दो हुन्छ याद भन्ने घातक चिजले गर्दा हजारौको सामु उभिदा पनि आफुलाई एक्लो महसुस हुदो रहेछ ।

त्यो जुनेली रातसंगै मेरा याद पनि अनि ताराहरु छितिजतिर झरिसकेछन ।

मिर्मिरे हुन लाग्यो । त्यो जुन पनि अलिअलि लजाउदै अलि मुस्कुराउदै ढल्न पुगेछ ।

क्यार बिहानिको त्यो सुनौलो पहेलो किरण त्यो झ्यालमा रहेको काचलाई छिचोल्दै पर्दाहरुबाट पार गर्दै सिधै मेरो ओछ्यानमा आईपुग्यो ।

मलाई पनि त्यो बिहानिको पहेलो सुनौलो किरणले मेरो निन्द्रा बिथोलिदियो ।

म पनि निन्द्राबाट बिउझिए । मेरा यी नयनमै घामका किरणहरुसंग जुध्न पुगे ।

बिहानको ७ बजिसकेछ । हत्तार हत्तार उठेर आफू फ्रेस भए कोठाको ढोका खोले ढोका खोल्दै गर्दा राती को त्यो घटनाले म तरङ्गित भए ।

बाहिर प्यासेजमा आए त्यहा सिधा पर एउटा झ्याल थियो ।

पछाडीबाट देखे त्यो घामको किरणसंग लुकामारी गर्दै अनि आखाहरु जुधाउदै खेल्दै गरेको त्यो देखेर मलाई रमाईलो लागिरहयो ।

मलाई पनि त्यो घामको किरणसंग खेल्न मन लाग्यो ।म पनि ज्यादै आकर्षित भए । को रहेछ भनेर छेउमै गएर हेर्ने चेस्टा गरे छेउमा गएर हेरेको त सरोज रहेछ ।

मैले भने …: सुभ बिहानी टक्र्याए उसले पनि उत्तर दियो ।

 

हामी सबैजना स्टार्फ जम्मा भयौ अनि हामी सबैले ब्रेकफास्ट गरेर त्यहाबाट निस्कियौ ।

हल तर्फ (पोखरा बसाईको दोस्रो दिन ) जुन कार्यक्रम हुने हामी हलमा पुग्यौ हल पुरै सजिएको थियो देख्ने बितिकै मोहनी लगाउनेझै बसु बसु त्यही रमुझै लाग्ने गरि हलमा प्रवेश गर्यौ ।

त्यहा सम्पुर्ण

क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM