अपुरो प्रेम भाग :2⃣7⃣ मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

 

आफैलाई थाहा नभएको मैले कसरी कति बेला उसको हातमा समाएको रहेछु सोछे पहिला म लड्नु लाग्दा उसले मलाई लड्नुबाट जोगाएको थियो ।

 

त्यहि बेला देखि समाएको रहेछु । मैले आफ्नो हात हत्तपत्त उसको हातबाट हटाए त्यो देखेर उ पनि एक छिन आस्चर्यजनक भएर हेरिरहयो ।

मेरो मुन्टो भुईतिर निहुर्याए खै कसरी उसको नजरतिर आफ्नो नजर बढाउ मलाई लाज लागेर आयो आफैसंग आफैलाई घृणा गर्न मन लाग्यो म आफू अब त पूरा अर्ध बेहोस भैसकेको रहेछु ।

मलाई आफैसङ हास पनि उठ्यो अनि रिस पनि उठ्यो ।

अब त मैले उसको अनुहारमा हेर्नै सकिन मलाई पनि उसको हात समाएर घुम्न मलाईपनी रमाइलो लागिरहेको थियो ।

उसको त्यो हातमा खै चुम्बक थियो या के थियो थाहा छैन चुम्बकीय गुणले तानेझै तानिरहयो यता उता कोहि थिएन तर कसैले देखि हाल्ने पो होकि भनी मैले आफ्नो हात हटाउन बाध्य भए ।

 

दिनको ३ बजिसकेको थियो । त्यो बाताबरणमा रमाउदैमा कति चाडै ३ बजे छ । सबै जना स्टार्फहरु रमणिय दुनियामा रमाउनमै मग्न थिए ।

हामी पनि आफ्नै दुनियामा रमाउनमै मग्न थियौ । उ पनि आज ज्यादैनै सुन्दर्तामा मिश्रित देखिन्थियो ।

उसले मलाई बिहान बाहिर निस्कन्दै मेरो प्रसम्सा गरेको थियो । उ अलि प्रसम्सा गर्नमा माहिर थियो ।

उसमा उत्ताउलो पना परिरन हुदैन थियो सादा सिम्पल हेर्दा सोझो देखिने तर उसमा आखाहरु यति धेरै नसा

 

लु थिए कि

खै जो कोहि पनि ती आखामा हेर्यो भने सागरको गहिराईमाझै डुब्न पुग्छनजहि लाग्थ्यो मनमा मलाई कहिले राम्रो सोच कहिले नराम्रो कुविचार आउथियो ।

कहिले सकारात्मक सोच पनि मेरो दिमागमा सलबलाउथे ।

म चिहाउदै उसलाई हेर्थिए तर म चिहाउदै हेरिरहेको छु भन्ने उसलाई थाहा हुन्थियो या खै जब म उसलाई लुकिछिपी हेर्न पुग्थिए हामी दुबैका आँखा जुध्न पुग्थे ।

म लजाएर आफ्नो टाउकोलाई भुईतर्फ फर्काउन बाध्य हुन्थिए अब बोलु के भनेर शब्दहरु उच्चारण गरौ म आफैलाई थाहा थिएन

उसले बोलाए पनि हुन्थियो नि मनमा कुरा खेलाउनमै म ब्यस्त थिए तर बोल्ने कुरामा म आफै अग्रसर थिए

 

उ आफै धेरै कुरा बोल्दैन थियो उसले मलाई बोलाउन चेस्टा गरेन म अघिको घटनाले बिसोस्त भैसकेको थिए हामी हिड्दै थियौ

त्यही बैशाख महिनामा खडेरी परेको गर्मीलाई छिचोल्दै निधारमा चिट चिट पसिना निस्कन्दै थिए मध्यान्हको किरणझै ताकक्रम बढेको थियो ।

मेरो मोबाईलको रिङ्टोन बज्यो

…… क्रमशः

%d bloggers like this: