अपुरो प्रेम भाग :2⃣8⃣ मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

 

मेरो मोबाईलको रिङ्टोन बज्यो । यस्तो गर्मीमा कस्ले मलाई फोन गर्यो जान्नका लागि उत्सुकता जाग्यो ।

ब्यागबाट आफ्नो मोबाईल झिके फोन राहुलको थियो । फोन रिसिभ गरे फोन रिसिभ गरु या नगरु भन्ने भावमा म अल्झिन्दै त्यो पटक दोस्रो रिङ् थियो बोले ।

दिपाको बारेमा पहिला बुझ्न चाहे दिपाको बारेमा सबै राम्रै रहेको अनि आफूपनि राम्रै रहेको जानकारी दिदै कहिले फर्कने प्रस्न तेर्साउनु भयो राहुलले फर्कने शब्द सुन्दैमा म अलि नम्र भए सुन्दर माहोल छाडेर जानू पर्ने थियो जानू पर्छ भन्ने सम्झे अनि आफू पर्सि फर्कने जनाए पहिला पनि ५ दिनका लागि राहुललाई जनाएको थिए ।

मेरो यादले सताएर हो या मेरो बारेमा बुझ्न चाहेर हो । फोन राखिदिए ।

 

म आफू टक्क उभिएर बोलिरहेको थिए सरोज पनि मेरो सामुन्ने अगाडी उभिएको थियो । समय कति चाडो बित्यो थाहा भएन ! ४ बजिसकेछ ।

अब त्यहाबाट आखिर हामी निस्कनु थियो ती भर्खर पलाउदै गरेका ती हरिया पातहरु त्यो बेलुकीपखको हल्का हावाको बेगले ती पातहरुले हामिलाई बिधाई गरेझै गरि हल्लिरहेका थिए लाग्छ हाम्रो उपस्थिती मन परेर बिधाईका हातहरु हल्लाईरहेका छन । सबैजना एकसाथ भयौ सबैजना छरपस्ट भएका थिए ।

परालको दाइ झै छरिएका थिए अब परालका एउटा मुठामा झै सङाल्नु थियो ।

सबैलाई जम्मा गर्नु थियो सबैलाई आफू तर्फ बोलाए सबैजनाको अनुहारमा छुट्टै चमक देखिईरहेको थियो सबैलाई मन परेछ सबैले भर पुर आनन्द लिएछन मलाई लाग्यो ।

सबैजना मिलेर केही ग्रुपिङ अनि केही सरोजका केही अरु साथिहरुका मेरा मन त थियो सरोज र मेरो लिने यो दुनियामा छुट्टै तरिकाले रमाउदै फोटोहरु gallery मा कैद गर्ने केही तस्बिर लिएर त्यहाबाट निस्कियौ ।

 

हिजो नै हामिले त्यही होटेल देखि नजिकैको रेस्टुरेन्टमा सानो पार्टीको आयोजना गर्ने भएकाले त्यहा आजका लागि तयारी गर्दिनका लागि बिहानै हिजोनै अनुरोध गरेका थियौ हामी सिधा होटेल नपुगी रेस्टुरेन्ट तिर जाने भयौ सबैजना

ट्याक्सीमा बसेर हामी अगाडी बढ्यौ। कस्तो बिवसता कस्तो संयोग हो वा के हो फेरि पनि हामी एउटा सिटको बन्धनमा बाधिएछौ ।

 

उ झ्यालतर्फ थियो म उ संगै टास्सिएर बसेको रहेछु हत्तारमा ट्याक्सीमा बसेका थियौ । एउटा मिठो गित बजिरहेको थियो । पुरानो गित ड्राइभर दाई मन पर्यो मलाई लैजाउन पोखरा घुमाउन साच्नै नै ड्राइभर दाइ ती संगीतहरुमा रमाउदै गाडीको स्टेरिङ घुमाउदै क्रमशः

%d bloggers like this: