अपुरो प्रेम भाग : 20 लेखन : मिलन अविरल ,

 

त्यहा

 

सम्पुर्ण तयारी पूरा भएको थियो ।

कार्यक्रम सुरु भयो आसनग्रहणबाट सम्पुर्ण कार्यक्रम अगाडि बढ्दै गयो सबैलाई विभिन्न प्रकारका प्रसंसा पत्र कदर पत्र प्रदान गरियो ।

रमाईलो अनि आकर्षक तवरले अघि बढ्दै गयो । मेरो ध्यान सरोजतर्फ केन्द्रित भैइरहेको थियो थाहा छैन किन उ पनि मलाई हेरिरहेको थियो ।

माईक्रोफोनबाट घोषणा गरियो त्यस बर्षको सर्वोकृस्ठ लगनसिल अनि प्रगतिको कदर पत्र लिनको लागि उसलाई स्टेजमा आमन्त्रण गरियो ।

 

उसको मुहारमा एकाएक खुसी लहलहायो । उसको अनुहारमा खुसिहरु भागदौड गर्न लागे स्टेज भएतिर अघि बढ्यो ।

उसको हातमा कदर पत्रको साथमा मायाको चिनो पनि हस्तान्तरण गरियो । मलाई पनि ज्यादै खुसी लागिरहयो मेरो पनि आखामा खुसिका पोहोराहरु झलझली नाच्न थाले ।

उसलाई कदरपत्र दिदै गर्दा आफैले पाएझै खुसी मिल्यो थाहा छैन किन ।12472322_1255473097813578_6766605471361034891_n-225x300 अपुरो प्रेम भाग : 20 लेखन : मिलन अविरल ,

 

यहि कोमल बिना हाडले बनेको कोमल हृदय त हो के भर हुदोरहेछ र कुनै ठेगाननै नहुदो रहेछ ।

कार्यक्रम अन्तिम चरणमा पुगिसकेको थियो । कार्यक्रम समापनको लागि मलाई स्टेजमा आमन्त्रित गरियो ।

मैले कार्यक्रम समापन गरिदिए । त्यसपछी सबैले त्यहा तयार भएको नास्ता पानी गरिसकेर केही छिन नाचगान गर्ने भन्ने इच्छाले सबैको सहमतिमा नाच्ने योजना भयो ।

तर बिडम्बना के भने यसमा सबैले जोडि जोडि भएर डान्स गर्नु पर्ने भयो सबै भन्दा राम्रो डान्स गर्नेलाई रु .४००० प्रदान गरिने घोषणा गरियो ।

सबैजना जोडि जोडि बन्न लागे तर म मा डान्सको लागि कुनै इच्छा भएन तर । सरोज मेरो नजिकै आएर भन्यो म्याम के तपाईं मेरो साथमा डान्स गर्न सक्नुहुन्छ ।

मैले केही बोलिन म अरुलाई त सजिलै नकार्न सक्थिए तर उसलाई नकार्ननै सकिन अनि डान्स गर्ने सहमती जनाईदिए । सबैको पालो सकियो अब हाम्रो पालो आयो ।

म अरुको डान्स हेर्नमै मग्न थियो कति बेला आफ्नो पालो आयो ।।आयो ।।

 

अब के गर्ने अनुहार रातो पिरो भयो नगरौ भने पहिलानै स्विकार गरिहाले अब जसरी पनि बाध्यताले गर्दा डान्स गर्नु पर्ने भयो गित बज्न सुरु भयो सरोजले म तिर हेर्दै मेरो दाहिने हात समात्यो ।

म आँखा चिम्लिए मलाई एकदम डर लाग्यो हाम्रो डान्सको भिडियो पनि मोबाईलमा रेकर्ड गर्यो त्यही रामु भाईले बिस्तारै बिस्तारै त्रास हट्दै गयो ।अब म सरोजसंग लाज डर सबै भुलेर रम्न पुगेछु ।

गित समाप्त भयो अब नतिजाको पालो आयो ।

क्रमशः

%d bloggers like this: