अपुरो प्रेम भाग : 21 लेखन : मिलन अविरल ,

#अपुरो प्रेम भाग : २१

 अब

नतिजाको पालो आयो ।

खासै राम्रो डान्स जस्तो त लागेको थिएन तर हामी प्रथम भएछौ ।

प्रथम भएकोमा हामिलाई रु . ४००० प्रदान गरियो ।

साथमा सबैले बधाई दिन लागे तर मलाई सारै लाज लाग्यो अन्तरालमा आएर ।

अनि हामी आफ्नो होटलको कोठातर्फ लाग्यौ । अपरान्हको ४ बजिसकेको थियो हामी होटल पुग्यौ ।

तर मलाईपोखराको रमणीय स्थानहरु अवलोकन औधी मन लागेको थियो ।

त्यसपछि मैले सरोजसंग आग्रह गरे उसले पनि जाने अनुमती जनायो ।

 

हामी कसैलाई नभनी सुटुक्क निस्कने भयौ यदि अनुमती लिएर निस्कने हो भने भोलि सबै जना निस्कने योजना पहिलीनै बनिसकेको थियो ।

हामी सबैजना मिलेर भोलि पोखराको फेवाताल जाने निणर्य गरेका थियौ तर खै किन आजनै निस्कन मन लाग्यो ।

बर्खा याम भएकाले लामो दिन हुन्छ ।त्यो समय उज्यालोनै हुने भएकाले नजिकै भएपनि निस्कने भयौ । अनि हामी निस्कियौ ।

निस्कियौ पोखरामा साईकिलिङ गर्न पर्यटकहरु निकै रमाउछ्न भन्छ्न मलाई पनि रहर लाग्यो अनि सरोजलाई पनि अनुरोध गरे अनि हामी साईकिलिङ यात्रा सुरु गर्यौ ।

हामी कसैलाई नभनी गएका थियौ । त्यहाको बातावरणमा रमाउदै मन्द मौसममा सुस्केरा हाल्दै त्यो लेक साईड स्वर्गझै देखिन्थियो म वरपरका हरियाली अनि ती प्राकृतिक सम्पदाहरुमा रमाउदै पहाडहरु हेर्न अनि।नियाल्नमा मस्त थिए ।

कति रमाईलो साझको समयमा ती कोईलिहरु आवाज कुहु कुहु मननै लोभ्याईरहेको थियो चराचुरुङ्गीहरुको चिर्बिर चिर्बिरसंगै रमाउन पुग्दा मलाई साच्चैनै स्वर्गझै अनुभव भइरहेको थियो ।

अनि हामी दुबैजना साईकललाई स्थगित राख्दै हामी वरपरका दृश्यहरुलाई नियाल्न लाग्यौ ।

 

केही फोटोहरु लियौ त्यहाका हरियालीमा मलाई पनि रमाउन मस्त लाग्यो ।

अनि हामी फेरि सुरु गर्यौ हामिले अब कोठा फर्कन लाग्यौ ।म आफ्नै सोच अनि दुनियामा अनि सरोजसंग गफ गर्दै आउदै थिए ।

उसको गफ अनि यो हरियाली उस्तै थियो जति हेरे पनि जति बोले पनि कहिले नअघाउने हामी फर्कन्दै थियौ ।

त्यतिकैमा गफ गर्दैमा ब्यस्तहुँदै थिए त्यतिकैमा म नराम्रोसंग लड्न पुगे ।

अगाडि आउदै गरेको गाडीलाई साईड दिने क्रममा म रोडमुनि झर्न पुगे ।

त्यतिकैमा सरोज हत्तार हत्तार आएर मलाई उठायो ।

धन्न ठुलो चोट लागेन चोट सानो लागेता पनि सरोजले अस्पताल जानको लागि जबरजस्ती गर्न लाग्यो मेरो दाहिने खुट्टामा चोट लागेछ ।

रोड्बाट झर्दा साईकिलको चेनले काट्न पुग्यो ।

क्रमशः

%d bloggers like this: