अपुरो प्रेम भाग : 22 लेखन : मिलन अविरल ,

#अपुरो प्रेम भाग :२२

अस्पताल पुग्यौ ज्यादै नौलो भयो कसैलाई नभनी हिड्ने भएको यस्को सजाय यस्तो पाईयो अब म यस्तो सोच्न लागे आखिर सजाय मिलिहाल्यो अब के भयो भन्दा के भनेर जवाफ दिने ,

घाउलाई ब्यान्डेज गरेर हामी अस्पतालबाट हामी कोठातर्फ जाने तयारी गर्यौ ।होटलसम्म हिडेर जाने मेरो स्थिती थिएन ।

खुट्टामा चोट भएका कारण अब के गर्ने म अन्योलमा परे यस्तै रहेछ यहाँ जब केही राम्रो गर्न मनलाई खुसी बनाउन खोज्यो सरिरलाई चोट सरिरलाई आराम अनि सहजता दिन खोज्यो मनलाई चोट जीवन भरको लागि भार पनि साथमा ।

जब हामी कुनै कुराको खुसी पाउन खुसी लिन निस्कन्छौ ।

 

नि तब सबै हाम्रा खुसीहरु सबै डाकाले लुटेझै लुटिन्छन ।त्यसै गरि लुटिए सारा खुसिहरु चोट त खुट्टामा थियो तर पीडा यो भित्री दिलमा लागेको थियो ।

एक छिनको रमाईलोका लागि निस्किएका थियौ तर यहाँ त घुम्नका लागि निस्कियका थियौ । साथमा एउटा चिनो मिल्यो ।

अब होट्लसम्म कसरी जाने म सोच्दै थिए त्यो समय मलाई सरोजले सान्त्वना दिदै भन्यो । म तपाईको साथमा छु नआतिनुहोस ।

 

सायद उसले मेरो अनुहारको भाव देखेर मेरो अनुहार पढ्यो होला । मेरो अनुहार नुन खाएको कुखुराझै न्याउरो भैइसकेको थियो होला उसलाई दया लाग्यो वा थाहा छैन ।

हामी अलि रोड भन्दा बाहिर थियौ रोडसम्म उसले मेरो हात समातेर ल्यायो । खै कसैको साथ नहुदा पनि अपुरो अनि साथ हुदा पनि अपुरो कस्तो होला स्वार्थी सन्सार भन्न मन पर्छ ।

म आफै स्वार्थी भएर होला सायद उसले मेरो हात समाईरहेको थियो ।

मलाई कुनै अनौठो महसुस भैइरहेको थियो ।म झन दुखाईको कारणले हिड्न सकिन ।

अनि उसले मेरो हात आफ्नो काधमा राख्यो अनि म पनि बिस्तारै बिस्तारै निस्किन सफल भए।

 

मेरो मनमा हरेक प्रकारका कुराहरु खेल्न लागे म क्षति नारी हु जो म अरु कुनै परपुरुसको अङालोमा हात हुदा पनि मलाई हटाउन मन पर्दैन आखिर किन ?

आफैले आफैलाई यो प्रस्न गर्न मन लाग्यो आखिर यो मन त हो मनलाई कुनै छुने वा आकर्षण हुने कुरा भयो भने बदलिन्छन भनिन्छ नि यी मनहरु मौसम हैनन तर पनि बद्लिन्छन ।

रोड्मा निस्केर ट्याक्सी पक्डियौ र होटलतर्फ लाग्यौ ।

 

होटल पुग्दा साझको ६ बजिसकेको थियो कसैले थाहा नपाओस भन्ने भावनाले गेट पुग्नु भन्दा पहिलानै सरोजलाई भनेको थिए यो कुरा कसैलाई जानकारी नहोस ।

बल्ल तल्ल म आफ्नो कोठामा पुगे सिडि उक्लन मलाई सरोजले सहयोग गर्यो । म आफ्नो क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM