अपुरो प्रेम भाग : 23 लेखन : मिलन अविरल ,

#अपुरो प्रेम भाग : २३

 

म आफ्नो कोठामा पुगे ढोका बन्द गरे म आफू ड्रेस चेन्ज गरे सरोज भने खाना संगै खाने धारणाले गर्दा ढोका बाहिर मलाई पर्खिरहेको थियो ।

मैले ढोका खोले सरोजले मलाई शिर देखि पाउसंग एक टक्कले हेरिरहेको थियो यसरी हेर्दा मलाई धेरैनै लाज लाग्यो ।उसले हआफ्नो ओठ अनि आफ्नो जिब्रो लर्बर्याउदै भन्यो ।

 

डरावव भाबमा बोलिरहेको थियो । म्याम तपाई धेरै राम्रो देखिरहनु भएको छ आखिर किन मलाई पनि थाहा छैन । म के बोलु सोचिरहेको थिए ।त्यतिकैमा मैले मात्र प्रतिउत्तरमा धन्यवाद दिए।

 

अनि हामी तेस्रो तल्लाबाट खाना खानको लागि पहिल्लो तल्लामा आयौ सबैजना खाना खानुको लागि तमतयार भएर बसेका रहेछन सबैले सरोज अनि मलाई अनौठो दृष्टिले हेरिरहेको थिए मलाई भने केही लाज अनि डर लागिरहेको थियो ।

 

आफ्नो खुट्टालाई लुकाउदै म हत्तपत म कुर्सीमा बसिहाले हामि सबैजना मिलेर खाना पनि खायौ खाना खाएर केही छिन बसे पछि भोलि बिहानै हामी फेवातालतर्फ निस्कनु पर्छ भन्ने सल्लाह गरेर हामी फेरि सुत्नका लागि हामी आ आफ्नो

कोठातर्फ जाँदै थिए यदि मेरो खुट्टामा चोट नभएको भए म आफू सबै भन्दा पहिलानै कोठातर्फ जाने थिए तर म चाहान्थिए कि कसैलाई थाहा नहोस ।

त्यसैले म केही छिन अरु नजाउन्जेल बसिरहे साथमा सरोजपनि बसिरहयो ।खै किन हो थाहा छैन उ पनि अलि सहयोगी भावनाको थियो ।

14570457_1451284971565722_8908370085198346762_n-225x300 अपुरो प्रेम भाग : 23 लेखन : मिलन अविरल ,

हर सहयोग उसले असङ्कोच नमानी सहयोग गर्थियो ।

 

अब सबै जना कोठातर्फ लागिसकेका थिए अनि हामी पनि कोठा लाग्न भनी म के उठ्नु लागेको थिए । दिउँसो त खासै दुखाई थिएन ।

तर अहिले धेरैनै दुखाईको कारण आफ्नो खुट्टालाई नियन्त्रणमा ल्याउन सकिन । अब झन सिढि उक्लन थियो । अब के गर्ने झन तनाव भयो मलाई !

सरोजले उसको हात म तिर बढाएर मेरो हात आफ्नो काधमा राख्यो अनि त्यहा बाट बिस्तारै सिढितर्फ बढयौ ।

आफ्नो बाहुबलले भ्याएसम्म आफ्नो शरीरलाई मजबुत बनाए अनि उसले मलाई कोठासम्म दोहोर्याएर लग्यो ।

अनि मेरो रुमको ढोका खोले मलाई कोठासंग छाडिदियो ।

। मैले सरोजलाई आफ्नो आखाको भावले केही छिन बस्न अनुरोध गरे म बेडको एक छेउमा बसे सरोज बेडको अर्को छेउमा बस्यो ।

त्यो दिन अरु दिनहरु भन्दा ज्यादै नै भिन्न थियो ।नया केही कुरा थपिइए झै केही भएझै थियो त्यतिकैमा सरोजले मलाई

…. क्रमशः

%d bloggers like this: