अपुरो प्रेम भाग :30 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

 

सबैजनाको जिद्दीको अघि उसको केही लागेन ।

आफू बियर मात्र पिउने सहमती जनायो बियर उसको गिलासमा खन्याइदिए ।

पिउन लाग्यो पहिलो एक घुड्कीमा आफ्नो मुख नराम्रो सङ बिगार्यो आफ्नो अनुहार अनि नाख खुम्च्याएर म तिर पख को भावनामा हेर्यो मैले अझ अनुहारको इसाराले अझ पिउन अनुरोध गरे अझ पिउन लाग्यो म पनि पिउन लागे ।

लागिरहयो सारा सन्सार अनौठोपन देखिएझै आफुलाई सरोजलाई अनि उसको अनुहारलाई सम्झिएर खुब हास्न मन पर्यो ।

दिल आफैमा हल्का भैसकेको थियो दिउँसोसम्म आफुलाई गरुङोलाग्ने एक्कासी पिएपछी सबै मन हल्का हुने खै कस्तो

यो पानी मन नै पानी हुने गरि कुखुराका फिला सेकुवा बनिएका रहेछन त्यो बेला माया दयाको भावनै जागेन फिला चपाउदैमा ब्यस्त

भए म पनि अब त सरोजको अनुहारपनि सर्कसमा खेल्ने जोकरकोझै अनुहार बनाउन थाल्यो मलाई खै कि किन हास्न मन परिरहेको थियो अन्तिम हसाई हुनलाई होला ।

सायद म अझ गिलासमा खन्याउदै खादैमा मग्न भए अब सरोजपनि आफू अझ पिउन लाग्यो खै उसलाई के भयो खन्याउदै आफै खान थाल्यो झन उसलाई नसा लागेर हो या किन ?

७ बजिसकेको रहेछ सबैजना स्टार्फको अब अनुहार अनि ब्यहोरा देख्न लायकको थियो ।

 

पिउने क्रम जारी थियो । मलाई त्यो नसा लागेर पनि त्यो सबैको अनुहार हेर्दैमा नसालेपनि छाडिसकेको थियो ।

सरोज अब आफ्नो आँखा झिमझिम पार्दै म तिर अनि अरु स्टार्फ तर्फ हेर्दै थियो पहिलो पटक पिएर होला आफ्नो शरीरलाई समाल्नलाई नसकेझै प्रष्ट रुपमा देखिन्थियो ।

आफ्नो नसाले छाडिसकेका कारणले गर्दा मैले फेरि पिउने मनासय देखाए खै किन आज धेरैनै पिउन मन लागिरहेको थियो ।

 

सारा स्वतन्त्ररुपमा पिउन मन थियो सारा यादहरुलाई सारा दिमागलाई आज सोचमग्न बनाउने मन थिएन सबैकुरा थाती राखी आज रमाउन चाहान्थिए ।

नसामा भुल्न चाहान्थिए सरोजका ती मनमा रहेका बोरामा कोचिएझै कोचिएका अनगिन्ती सोचहरु पिउने क्रम जारिनै थियो ।

जम्मा पहिला देखि ४ ग्लास भैसकेछ वाईनको मात्रा पनि अब म आफू मेरो सामुन्ने भएको सरोजलाई पनि हल्लिरहेको देखे आफूलाई नसाले हल्लाएको होकि नसाले मलाई हल्लएको थाहा पाउनै सकिन ।

सरोज म तर्फ आफ्नो

क्रमशः

%d bloggers like this: