अपुरो प्रेम भाग :31 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

 

सरोज म तर्फ आफ्नो नजर तेर्स्याउदै भुकम्म पो होकि नसा हो म आफैले छुट्टाउनु नसकिरहेको बेला सरोज भने म तिर आफ्नो आँखा तेर्स्याउदै हेरिरहहेको थियो ।

म आफैमा मुस्कुराउनु लागिसकेको थिए थाहा थिएन मलाई के हुदैछ । सबैले खाना खान लागे मलाई खान मन लागेन किन पहिलानै वाईनले पेट भरिसकेको थियो ।

त्यसैले खानै मन लागेन म पहिला पनि जब नसाको चिज पिउथिए म खाना कहिले खादैन थिए ।

सरोज अनि अरु स्टार्फले भने खाना खाए सबैजनाले खाना खानको लागि अनुरोध गर्दै थिए तर मैले मानिन सबैले खाना खाईसके सरोजलाई अघिकोले नसाले हल्ला छाडेछ क्यार उ अलि मौन देखिन थाल्यो खै नसामा मात्र उसको अनुहार हेर्न लायकको देखिन्दो रहेछ ।अब प्रष्टसंग थाहा भैसकेको थियो अब फेरि १ ग्लास खन्याएर त्यो पनि पिईसके खै किन त्यो दिन असाध्यै पिउन मन लाग्यो किन थाहा छैन धेरै दिनको फुर्सद मिलेर हो या अरु आफैले आफैलाई ठम्याउन सकिन ।

रातको ९ बजिसकेको थियो । कुर्सीमा बसिरहेको थिए त्यहाबाट उठ्नु खोजे तर उठनै सकिन कोसिस गरे फेरि पनि उठ्नु सकिन . सबैजना आ आफ्नो कोठामा जान लागे सबैजना गैसके अब बाकी रहयौ सरोज र म अब केही उपाय थिएन

सरोज भने आफ्नो शरीर समाल्न सक्ने अवस्थामा थियो उ बसेको ठाउबाट उठयो म आफ्नो शरीर उठा,उन सकिरहेको थिईन म नसाले गर्दा अर्धबेहोसी अवस्थामा पुगिसकेको थिए । मैले आफ्नो शरीर उठाउन नसकेको सरोजले देख्यो ।

अनि आफ्नो हात अगाडि बढाएर मेरो हात समाएर बिस्तारै डोहोर्याउदै खुड्किलाहरुलाई पार गर्दै हामी पहिलो तला दोस्रो तला गर्दै तेस्रो तलामा बल्ल बल्ल पुग्यौ । मैले आफ्नो कोठाको चाबी उसलाई दिए उस्ले चाबी खोल्यो ।

म आफ्नो बेडमा बसे आफ्नो शरीर झन कन्टोर्ल गर्न सकिरहेको थिईन सरोज पनि मेरो साथमै बेडको एक छेउमा बस्यो ।

साच्चै सुनौलो थियो त्यो समय म नसामा रुमलिएको थिए अनि उ पनि मलाई बोल्न मन थियो उसको बारेमा बयान गर्न मन थियो उसलाई हेरिरहे दिउँसो उसैको सामु म आफू नजर झुकाउन बाध्य थिए ।

अहिले उसैलाई हेर्ने हिम्मत जुटिरहेको थियो हरेक नसामा बेग्लै साहस हुदो रहेछ जब होसमा बोल्न नसकेका कुराहरु नसामा डुबेका ती भित्री हृदयका भावहरु बाहिर ओकल्ने गर्दछन अधिकाङ्स मानिसहरु त्यसै गरि दिउँसो म आफुले उसको अगाडि सिर झुकाउन बाध्य तर अहिले उसैलाई मात्र हेरिरहन उसैको कल्पनामा डुबिरहन मन पर्यो ।

अनि बिस्तारै

क्रमशः

%d bloggers like this: