अपुरो प्रेम भाग :34 मिलन अबिरल 💔💔💔💔💔💔💔तपाईको यो बानिले पनि मलाई ज्यादै आकर्षित गर्यो ।

तपाईको यो बानिले पनि मलाई ज्यादै आकर्षित गर्यो ।

 

म तपाईलाई धेरै चाहान्छु साच्चिकै तपाईको मायामा एकोहोरो हराउन पुगिसकेछु (उ एकोहोरो अनि मौन भावमा बोलिरहेको थियो उ बोल्दै गयो )

मेरो सपना अनि बिपना म दिन प्रतिदिन आउनुहुन्थियो । म भन्दा त तपाईं माथिल्लो तहको कर्मचारी हुनुहुन्छ तर मैले यस्तो सोच नराख्नु पर्ने हो तर यो माया साच्चैनै अन्धो छ यसले केही देख्दैन रहेछ ।

म पागलझै तपाईको एकोहोरो प्रेममा हराउन पुगिरहेको थिए मात्र यी ओठहरु खोलेर व्यक्त गर्न सकिरहेको थिएन । तर आज यस्तो बाध्यता पर्यो कि नचाहादा नचाहदै पनि आज बिवस भएर बोल्न बाध्य भए ।

म आज तपाईं सामु केही कुरा लुकाउनै सकिन जे भयो राम्रो भयो या नराम्रो भयो मलाई यो पनि थाहा छैन तर मेरो लागि यो पल एउटा अवस्मरणिय क्षण बनेर रहनेछ । म तपाईंसंग बिवाह गर्न पनि तयार छु ।

मलाई तपाईको सबै थोक मन्जुर छ तपाईं जे हुनुहुन्छ जस्तो हुनुहुन्छ मलाई मन्जुर छ । म तपाईंसंग जीवन बिताउन चाहान्छु म तपाईमा समर्पित हुन चाहान्छु ।

 

(सदाझै थिएन बेग्लै भावमा बोलिरहेको थियो केही डराए जस्तो केहि लजाए जस्तो )

सायद उ पहिलो पटक कोहि सङ प्रेम गरिरहेको थियो पहिलो पटक कसैको अङालोमा बाधिएर रात बिताएको थियो उ एकदम रुन्छे प्रेमी देखिन्थियो उ

क्रमशः बोलिरहयो यो समय तपाईको साथ होसमा त कहिले पाउने थिईन होला बेहोसीमा रहेर तपाईको केही पलका लागि माया पाए म

थोरै खुसी पनि छु धेरै दुखित छु मैले गर्दा तपाईको जीवन तहनसहस भयो । तपाईको सारा खुसी लुटिदिएको छु म नै तपाईको जीवन बर्बात पार्ने मान्छे हु मलाई तपाईं जस्तो सजाय दिए पनि मलाई मन्जुर हुनेछ

 

यति सम्म बोल्दै थियो उ अरु केही बोल्न खोज्दै थियो तर बोल्न सकेन हिक्क हिक्क हुन थाल्यो ।

 

रुन लाग्यो मैले पहिलो पटक कसैले आफुलाई यति धेरै प्रेम गरिरहेको झै लाग्यो कसैको प्रेम पाएको मा मलाई केही खुसीको अनुभूति भयो तर म पनि केही बोल्न सकिन न

यसमा उसको गल्ती थियो न मेरो यसमा हामी दुबैजनाको गल्ती थियो म उस्लाई मात्र कसरी यसको पूरा

सजाए दिन सक्थिए आफ्नो जीवन बर्बाद हुनुको जिम्मेवार उसलाई मात्र ठान्न सक्थिए उसलाई हेरे उसको आँखा भरी आँसु थियो मैले पनि आफ्नो आँसु थाम्न सकिन एउटा बलवान् पुरुष भएर त उ आफुलाई समाल्नै नसक्ने गरि

क्रमशः

%d bloggers like this: