अपुरो प्रेम भाग :35 मिलन अबिरल 💔💔💔💔💔💔💔💔जब कसैको आखामा मेरो लागि आघात माया प्रेम पाए ।

आफुलाई समाल्नै नसक्ने गरि आँसु खसाल्दै थियो ।

 

आँसु एउटा मोति हो आँसु अमुल्य हुन्छ भन्छ्न तर त्यही अमुल्य मोति चाडै झर्छ ।

म नारी थिए उ त त्यस्तो हालतमा थियो म कसरि समाल्न सक्थिए । मेरो सामु थियो सरोज” म बिचलित भैसकेको

थिए मैले आफुलाई समाल्ने सकिरहेको थिईन समाल्ने कोशिस गरे आफुलाई समाल्नै सकिन ।

मैले केही सोच्नै सकिन मैले उसलाई कस्सेर अङालो हाले म आफू पागलझै भैरहेको थिए ( पोखरा बसाईको चौथो दिन थियो )के

गरौ आज सम्म म कसैको यस्तो माया प्रेम मलाई न कसैले देखाउने कोशिस गर्यो या माया कसैले दियो नै आज कसैको मायाको अनुभूति पाएको थिए ।

जब कसैको आखामा मेरो लागि आघात माया प्रेम पाए ।

 

म आधा अधुरो आधा अपुरो थिए बल्ल आज पूरा भएको थिए ।

 

एउटा कहानी बनेर लुकिसकेको थिए एउटा आकृतिमा सिमित भएको थिए एउटा घर गृहणी भएर म आफू सहनै सकिन

त्यो प्रेम त्यो माया उसले आफ्नो गल्ती पस्चाताप गरिसकेको थियो तर कतिपय मानिसहरु जो सबैले देखि देखि जानी जानी गल्ती गर्छन लुकाउन खोज्छन लुकाउने प्रयास गर्छन ।

तर उ भने आफू गल्ती गरेर आफैले स्विकार गरिरहेको थियो ।

मलाई नरमाईलो लाग्यो उसैको

अङालोमा बाधिरहन मन लाग्यो उसैमा हराउन मन लाग्यो । सबै कुरा भुलेर नया दुनियामा रम्न मन लाग्यो नया उमंगमा जोसिन मन् लाग्यो ।

उसैमा समर्पित हुन मन लाग्यो । उसैको अङालोमा भुलिरहे सारा आफ्नो शरीर उसको शरीरमा जोडेर बाधिएर रमिरहे हामी त्यो दिन पोखराबाट काठमाडौंका लागि फर्कनु पर्ने थियो ।

तर बिड्म्बना त्यो दिन आम हड्तालको कारणले पुरा नेपाल बन्द भएको थियो ।

 

त्यो दिन सबै जना अब बाध्यताले बस्नु पर्ने भयो हाम्रो सहवास पछि न म उ संग खुलेर कुरा गर्न सके न म आफू हामी मौन रहयौ बिहान उज्यालो भयो ।

 

घाम जब त्यो छिडी हुँदै हामी एकअर्काको अङालोको स्पर्शमा त्यो किरण पर्यो । त्यो किरण केही पल हामीलाई जलाई रहयो ।

गलाई रहयो न्यानो अनुभूति दिलाईरहयो । हामी अङालोबाट छुट्ययौ उ निरास अनुहार लगाएर थचक्क सोफामा बस्यो लागिरहेको थियो ।

उ ७ दिन को परिश्रमले गर्दा आज बल्ल फुर्सद मिलेकाले थकान महसुस गरिरहेछ । मेरो आफ्नो शरीर पनि गलिरहेको थियो भित्र भित्रै जलिरहेको थियो ।

मेरो मन भित्र डढेलो लागेको अनुभूति भैरहेको थियो ।

बिना सलाई पनि जलिरहे मन हरु बिना खरानी पन्छिरहे यी धड्कनहरु ।

सबै जना बिहानको

क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM