अपुरो प्रेम भाग :36 मिलन अबिरल 💔💔💔💔हल प्रवेश गर्न साथ सरोज अनि म संगै सिटमा बस्यौ ।

सबै जना बिहानको चियाको लागि तल ओर्लियौ ।

 

मलाई मन नै थिएन केही खान या केही बोल्न सरोज… उ पनि कुनै खाने मनासयमा देखिन्दैन थियो ।

भोक भन्ने कहिले कहलिलाग्दो लाग्छ कहिले भरिपुर्ण भैदिन्छ ।

खै किन ? तर त्यहा सबैलाई हाम्रो त्यो प्रेमको सुईको पाउलान कि भन्ने डरले अरुले बेग्लै सोच्छ्न कि भन्ने सोचले हामि दुबैजना ओर्लियौ ।

बनावटी अनुहारमा मुस्कान ल्याउदै चिया खायौ ।

अब बन्दको दिन के गर्ने कसो गर्ने सबैजना सल्लाह गर्न थाले म भने कतै गैहालौ भन्ने लागेन ।

अघिल्लो दिनसम्म कतै गैहाल्न पाए हुन्थियो ।

आफ्नो मन एक छिन पर्खन्दैन थियो यो दुनियामा खुल्ला आजात हुन मन

 

थियो सबै अवलोकन गर्ने मन थियो त्यो सुन्दर पवनमा आफ्नै हातले पालुवा झै पलाईदिन मन थियो तर ।

त्यो रहर सबै मरेर गए फुलझै रहेछ जीवन केही पलमै ओईलाएर झर्ने मेरो सपनाहरु पनि त्यो फुल झरेर काडा मात्र बाकि रहयो ।

दिउँसो खाना खाएर १२ बजेको सो रहेछ त्यहा नजिकै हल रहेछ त्यहि हलमा चलिरहेको रहेछ नया फिल्म “लुट” मैले काठमाडौंमा हुदा भित्ता भित्तामा पोस्टर टासेको देखेको थिए म नेपाली चलचित्र हेर्न निकै

रुचाउथे पहिला पहिला स्कुलका लागि निस्कन्थिए । घरमा कसैले थाहा पाउनु हुन्छ कि भन्ने डरले त्यो समयमा पैसा त हुदैनथियो तर म भने कसैले ५ रुपया १० रुपया दिएका हुन्थिए त्यो पैसा समालेर खुत्रुकेमा राख्थिए ।

कुनै बजारमा नया फिल्मको लागि हल्ला सुन्ने बितिकै म अनि केही २/३ जना मिल्ने साथिहरु मिलेर हामी स्कुलबाट भागेर कसैले थाहा नपाउने गरि चलचित्र घर जाने बानी थियो ।

 

तर आज फिल्मको नाम सुन्ननै मन थिएन कुनै कुरामा रुचि हुन छाडेको थियो । मात्र मनमा मेरो दिमागमा एउटा मात्र कुरा खेलिरहेको थियो । अब के गर्ने ? ११ बजिसकेको थियो ।

हामी सबैजना त्यहाबाट निस्कियौ । हलतर्फ बाहिर निकै मानिसहरुको उपस्थिति देखिन्थियो । विभिन्न नया नया फिल्मको पोस्टरहरु टासिएका थिए । टिकट लियौ हलमा प्रस्थान गर्यौ ।

चलिरहेको थियो लुट तर राम्रो थियो या नराम्रो तर मेरो दिमाग अर्कै तिर थियो मेरो आँखा पर्दा तिर थियो तर मेरो मन सोच अन्तै तिर थियो ।

हल प्रवेश गर्न साथ सरोज अनि म संगै सिटमा बस्यौ ।

 

म घरी घरी सरोज तिर सुस्त चिहाउदै हेर्थिए तर उ बेलुका देखिनै निरास देखिन्थियो ।

उसको मनमा के चलिरहेको थियो मैले बुझ्नै सकिन औल्याउनै सकिन ।

फिल्म

क्रमशः

%d bloggers like this: