अपुरो प्रेम भाग :37 मिलन अबिरल 💔💔💔होटेलबाट आफ्नो कोठातर्फ प्रवेश गर्यौ सरोज अनि म दुबै मेरै कोठामा छिर्यौ

 

फिल्म सुरु भयो म फिल्म हेर्नूमा भन्दा सरोजको त्यो फुस्रो अनुहार हेर्दैमा ब्यस्त थिए ।

 

वरिपरि निकै होहल्ला चलिरहेको थियो जब सौगात मल्लको आगमन भयो फिल्ममा तर त्यो होहल्लाले पनि सरोजलाई खासै प्रभाव पारेन उ अझै मौननै रहयो ।

म आफैलाई समाल्न सकिरहेको थिईन म उसलाई कसरि समाल्न सक्थिए उसको अनुहार चैतको घामले ओईलिएझै देखिन्थियो ।

उसको अनुहारमा कुनै मिठासपन आउला जस्तो लागेन म केही बोलिन उ पनि केही बोलेन एक अर्काको अनुहार हेर्दैमा फिल्मको समाप्त भयो ।

गेटबाट बाहिर निस्कियौ निस्किसक्दा ३: ३० भैसकेछ ।

अब भने होटेलतर्फ लागेर भोलिका लागि जानका लागि तयारी गर्नु थियो ।

आफ्ना सरसामानहरु प्याक गर्नु थियो ।

 

हामी त्यहाबाट निस्कियौ त्यो शहरको प्रदुषण अनि ध्वनिहरुलाई छिच्लोल्दै हामी होटेलसम्म आईपुग्यौ त्यो रहर त्यो उल्लास थियो

आउने बेला यो मनमा सबैको आखामा तर त्यो बिधाईको बेला मुटुहरु चसचस घोचिरहेको थियो सपनाहरु टुटेको थियो अब हाम्रो सम्बन्धहरु जान्नु

भयो भने के गर्नुहुन्छ होला राहुलले यस्तै सोचे यस्तै यस्तै मनमा कुराहरु खेलिरहयो।

 

होटेलबाट आफ्नो कोठातर्फ प्रवेश गर्यौ सरोज अनि म दुबै मेरै कोठामा छिर्यौ । उ

स्ले पस्ने बितिकै कोठाको ढोका लगायो उसले कस्सेर मलाई आफ्नो अङालोमा बेर्यो ।

केही बोल्न चाहिन मात्र उसको आखामा हेरिरहे उस्ले पनि हेरिरहयो ।

निकै बिम्ब प्रतिबिम्बित देखिन्थियो उसको आँखा हजार सपना लुकेको देखिन्थियो ।

साउने झरिले रुझेझै देखिन्थियो उसको आँखा ?

 

साउनको झरी हो आँखा जो सधै झरिरहन्छ निरन्तर उसको आँखा साउनको झरी भन्दा कम देखिन्दैन थियो ।

केही उसको मुखबाट केही बोल्न खोजे जस्तो भाव देखियो उ बोल्न खोजेखै लाग्यो ।

 

अस्प्रस्ट बोलिरहेको थियो अझै उसको बोलिमा निखारता आएको थिएन ।

उ भन्न थाल्यो म तपाईंसंग बिवाह गर्न चाहान्छु तपाईंसंगै जीवन बिताउन चाहान्छु तपाईमै मेरो आफ्नो जीवन समर्पित गर्न चाहान्छु उ बोलिरहयो

क्रमशः …….

मैले केही जवाफ दिन सकिन म केही बोल्न सकिन मैले आफ्नो जवाफ केही दिन पछि दिने बताए ।

मैले उसलाई केही आराम गर्नका निम्ति सल्लाह दिए उ पनि त्यति मेरो जवाफ सुनेपछि उ मेरो बेडमा उ डङ्ग लड्यो उ एकातिर फर्किएर सुतिरहयो ।

म आफ्ना सामानहरु ब्यागमा प्याक गर्न थाले सबै सामानहरु प्याक गरिसके । उ हलचल नगरी सुतिरहयो ।

५ बजिसकेको

क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM