अपुरो प्रेम भाग :38 मिलन अबिरल 💔💔💔पर्दा लगाए एक्लै जाने स्थिति थिएन

 

५ बजिसकेको थियो अब केही काम थिएन उ सुतिसकेको रहेछ यसो हेरे मैले उसलाई ब्युझाउन चाहिन उसको निन्द्रा खल्बल गराउन चाहिन मैले आफ्नो मोबाइल आफ्नो झोलाबाट झिके

 

अनि राहुललाई फोन लगाए बल्ल मलाई घरको याद आयो अनायसै सम्झे फिल्म हलमा हुदा राहुलको धेरै पटक फोन आएको थियो ।

तर म निरास थिए के बोल्नु बोल्न

सकिरहेको थिइन तर अहिले आफै थोरै भएपनी हिम्मत जुटाएर फोन गर्ने कोसिस गरिरहेको थिए आफ्नो आँसु आफ्नो मन भित्र गुम्स्याएर बोलिमा

निखारता दिए ताकी उहाले मेरो बारेमा केही सङ्का उपसङ्का उहाको मनमा पैदा नहोस । आफ्नो गल्तिलाई ढाकछोप गर्न खोजे आफ्नो गल्तिलाई एउटा गहिलो खाडल

खनेर त्यसलाई मैले माटोमा मिलाईदिएर पुरिसकेर त्यहा माथी मेरो असारकाको खेतको ब्याडझै हरियाली बनाईसकेको थिए । दिपा पनि स्कुलबाट घर आईसकेकी रहिछे ।

राहुललाई भोलि आउने जानकारी दिए आज बन्दका कारणले आफुलाई आउनका लागि प्रभावित पारेको बताए छोरि दिपालाई फोन दिनका लागि अनुरोध गरे केही कुरा गरे

मेरो मुटुको धड्कन थि उ मेरो हरेक सासको आवश थि उ एउटा खेलौनाझै थि उ उस्को बोलिमा निकै मिठासपन थियो ।

 

केही बेर दिपासङ बोलेर फोन राखे फोन राख्नु अघि उसलाई सोधे तिमिलाई के मन पर्छ पोखराबाट तिम्रो लागि म

के ल्याईदिउ दिपाले भनेकी थि त्यहाबाट मलाई एउटा खेलौना ल्याईदिनु भनी तर साझ परिसकेको थियो ।

 

जहाँ जादा पनि जो होस उसको बाबा होस या म जहाँ गए पनि उसल्लाई खेलौना ल्याईदिनु पर्थियो उसलाई मनपर्ने खेलौना थियो ।

खेलौनाले मानौ एउटा कोठानै भरिएको थियो ।

फोन राखेर झ्यालदेखी बाहिर हेरे पर्दा हटाउदै बादलहरु मडादिदै खुल्ला मैदानमा

झै एकअर्कामा दौडधुप गर्दै आकासमा विभिन्न आकृती बनाउदै साझलाई अगाडि बढाईरहेको थिए ।

बाहिर अँध्यारो हुँदै थियो गाडीको आवातजावत बढ्दो रुप देखिन्थियो ।

 

बेलुकिको ह्रर्नले भित्रनै कान बन्द गर्ने अवस्था बनिरहेको थियो ।

पर्दा लगाए एक्लै जाने स्थिति थिएन अरुलाई बोलाउन मन लागेन सरोजलाई उठाउन खोजे तर उ मस्त निन्द्रामा थियो मैले धेरै पटक बोलाउदा बोलाउदा उ उठ्यो ।

बाहिर जानका लागि भने उस्ले सोध्यो किन अनि के का लागि?

 

मैले जवाफमा सारा साचो बताए उसले अलि कालो मुख लगाउदै स्विकार गर्यो ।

अर्को तल्लामा रहेको रामुलाई बताए खाना खादै गर्नु हाम्रो बाहिर केही

क्रमशः

%d bloggers like this: