अपुरो प्रेम भाग :39 मिलन अबिरल 💔💔💔 छोरिको इच्छा उ पहिला देखि नै जान्दथियो

 

हाम्रो बाहिर केही सामान लिनु छ हाम्रा लागि नपर्खिनु भनेर त्यहाबाट निस्कियौ वरपरसम्म पूरा अध्यारो देखिन्थियो ।

 

काठमाडौबाट लिएको भए पनि हुन्थियो भन्ने सोच लाग्यो तर यहिको चिनो मेरा लागी पनि हुने थियो आखिर बाहिरका लागि हैन आफ्नै घरमा

जाने थियो बाहिर निकैनै भिड बढिरहेको थियो मानिसहर्को जमात निकैनै देखिन्थियो आफ्नो मन बाहिर आएपछी छुट्टै रुप लियो आफैलाई निकै रमाईलो

आफैलाई निकै फ्रेस महसुस गरिरहेको थिए यता सरोज संग्रहालयकमा सजाउन राखेको एउटा मूर्ति भन्दा कम थिएन ।

यताउता हेरे कुनै सपिङ गर्ने खालका कुनै

पसल देखिन त्यो पूरा लाईन होटेलको थियो हामि आफ्नो होटेलबाट १० मिनेट अगाडि आईपुगेका थियौ त्यही

पर केही सजावटका सामाग्रीका पसल जस्तो देखियो हामी त्यही पसलतिर लम्की रहयौ ।सरोज दिक्दार मानी मानी

हिडिरहेझै देखिरहेको थिए त्यहाको बातावरणले उसलाई खासै प्रभाव पारे जस्तो देखिन्दैन थियो ।

 

केही बोल्न पनि खोजेन

पसलको बाहिरी लेखिएको थियो RZ ShopinG ShoP निकै सुन्दर राम्रा आकर्षित हुने खालका खेलौना सजावटका

 

सामाग्री राखिएका थिए । त्यहा भित्र पसेर केही त्यहा फोटोहरु पनि लियौ केही फोटोहरु मोबाइलका gallery मा कैद गर्न भ्यायौ ।

अलि केही औसिबाट पुर्णिमा छाउन लाग्यो सरोजको मन ती सजावटका सामानले पगाल्न थाल्यो नौनिलाई आगोमा राखेझै उसको

मन उसको अनुहारमा केही उज्यालोका झल्कोहरु आउन थालेको थियो साच्चै उ नौनि सरी पग्लिन थालेको थियो ।

त्यहा उसैले मलाई एउटा सुन्दर खेलौना देखायो मलाई पनि मन पर्यो त्यो खेलौना साच्चै मेरो मननै चोर्यो साच्चै मेरो

 

छोरिको इच्छा उ पहिला देखि नै जान्दथियो । उ पहिला देखिनै मेरो छोरीसंग परिचित थियो लाग्यो तर उ मेरो छोरिसंग राम्रोसाथ बोलेको पनि थिएन ।

तर उसको रोजाई र मेरो छोरिको रोजाई अब मिलेजस्तै लाग्यो । काउन्टरमा गएर बिल तिरेर त्यहाबाट निस्कियौ ।

 

निकै थरीथरीका बत्तिहरु बलिरहेको थियो बेलुकिको समय निकै रोमान्चित देखिरहेको थियो बाहिरी दुनियाले लोभ्याउने बाताबरण त्यो

बाताबरण छाडेर मलाई होटलतर्फ जान मन लागेकै थिएन सबै जना आ आफ्नो गन्तब्य तिर अघि बढीरहेका थिए खैरे खैरेनिहरु बेलुकिको समयमा

 

पनि त्यो महङ्गो क्यामेरा मार्फत फोटो लिनमै ब्यस्त थियो ।त्यतिकैमा एउटा खैरे मेरो नजिकै आयो दुईजना थिए एक खैरे एक खैरेनी मलाई अनुरोध गरे उनिहरुको

क्रमशः

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM