अपुरो प्रेम भाग :42 मिलन अबिरल 💔💔💔रमाईलो को अनुभव भयो केही छिन

 

अकस्मात मेरो टाउको बेस्सरी दुखेर आयो ।

 

खै किन सोच्दा सोच्दा आफैमा दिमागी प्रेसर परेर होला ।

आखिर छाडेर जानू थियो अब पोखराबाट टाढा हुनु थियो ।

के थाहा फेरि यस्तो पोखराको बसाई होला या नहोला म आफुमा केही सोच्न नसकेका कारण अघिल्लो दिन देखिको तनावले गर्दा म आफ्नो टाउको दुखाईको प्रभावमा परे !

बेडमा बसे नजिकै रहेको बोतलबाट पानी खाए ५ मिनेटमा केही हल्का भएको महशुस भयो । सरोजले पनि सायद त्यो समय आफ्नो कपडा अनि सामानहरु तयारी गरिसकेको हुदो हो ?

९ बजिसक्न लागेको रहेछ उसको सामान तयार गरिसक्यो या गरिसकेन मनमा कौतुहलता मनमा भयो त्यही पासमा मेरो नजिकै उस्को पनि कोठा थियो मलाई खासै निन्द्रापनी लागेको थिएन म

उसको कोठातर्फ लागे आफ्नो ढोका बन्द गरेर उ अझै आफ्नो कपडा मिलाउनमै ब्यस्त थियो ढोका खुल्ला थियो सायद मेरो पर्खाईमै हुदो हो म कुनै समय आईहाल्छु कि भन्ने भएर होला अनुमान लागाउन सकिन्छ ।

उसले बस्नका लागि अनुरोध गर्यो । उ कपडा मिलाउदै ब्यागमा लगाउदै थियो मैले पनि सहयोग गरे केही सामानहरु उसको ब्यागमा लगाइदिन

थाले उ पर्दैन भन्ने भावमा थियो निधारमा केही मुजाहरुलाई खुम्च्याउदै उ

 

म तिर मुस्कुराउदै पुलुक्क हेर्यो त्यो अघिका दिउसो केही पल ज्यादै निरास एक छिनमा केही खुसी उ पनि त्यो मनसुन

अनि बादल जस्तै केही पलमै परिवर्तन भैइरहने बादल पनि त कहिले एकनास हुँदैन केही पल यहाँ हुन्छ केही पलमै यहाबाट

 

रुप धारण गरेर टाढा गैसक्छ त्यस्तै उ पनि कहाँबाट बोल्न सुरु गर्ने उ मेरो मुखमा हेरेर लजाउदै आफ्नो

 

शिर झुकाउथियो म पनि के बोलु उसको अनुहारमा हेर्ने बितिकै एउटा लाज कहाँ देखि पैदा हुन्थियो ।

उ सामान्य कुरा जोड्न थाल्यो ।

म्याम तपाईलाई पोखराको बसाई कस्तो लाग्यो उ बोल्यो मैले उल्टै सोधिदिए बरु तपाईलाई कस्तो लाग्यो ?

उ झन लोकसेवाको प्रस्नालय भन्दा कम थिएन पहिला मैले सोधेको केटाकेटी जस्तै पहिला म

पहिला म यस्तो भन्दा बाल्यकालको झल्को दर्सायो । हामी केही सामान्य बादबिवादमै अल्झिरहयौ निकै

 

रमाईलो को अनुभव भयो केही छिन भए पनि सामान तयारी भैसकेको थियो त्यसपछी सामानलाई एक कुनामा

 

लगेर ब्यवस्थित गरेर म आफ्नो कोठा जान लागे उ मेरो कोठामा बस्न हुन्न्न

र उ बोल्यो म पनि किन आखिर मै हु भन्ने सोच बनाउनु भनेर म बेडमा बसे उ उभिरहयो ।

खै किन

क्रमशः ……..

%d bloggers like this: