अपुरो प्रेम भाग :43 मिलन अबिरल 💔💔💔आफू तिर तान्यो म केही बोलिन

खै किन हो उसको उपस्थितिमै रमाउन थालिसकेका थिए यो मनहरु पनि आखिर अब अन्तिम बसाईले होला निकै नरमाईलो लागिरहेको थियो अघिल्लो दिन

त म नसामा थिए तर आज त म कुनै नसामा त थिईन तर उसको त्यो नसालु आँखा नसालु हेराई त्यो रेडलेबल भन्दा ज्यादा नसा थियो ।
म नसामा डुब्दै उ तिरै तानिन्दै थिए ।
आफुलाई समाल्न खोजे तर खै यो मनहरु मानेनन मनका माया प्रेमहरु उ तिर तानिन्दै थिए कत्ती बेला हामी
भावुक हुन्थियौ उ ज्यादै कम बोल्ने मान्छे म बिवाहित नारी भनेर उसलाई थाहा थियो तर उ मलाई उतिकै प्रेम गर्थियो होला जति प्रेमिका हुदा गर्छन एक्लोपन कहिले भएन
यत्रो दिनको बसाईमा पनि सामान्य गफगाफबाट हामी धेरै कुरा गर्न थाल्यौ माया प्रेमका कतिबेला म
उसको कुराले भावुक हुन्थियो कति बेला म हामी गफमै मग्न भयौ केही पल एक्कासि उसले मेरो हात समातेर

आफू तिर तान्यो म केही बोलिन म त उसको गफको दुनियामा रम्दै थिए तर हात समत्दा म निकै आत्तिए मैले उसको हातदेखि आफ्नो हात छुट्टाए ।

म जुरुक्क उठेर झ्याल तिर नियाल्दै बसिरहे निकै नरमाईलो लाग्यो हामी सिमा भन्दा धेरै पार गरिसकेका थियौ ।

त्यसै पनि म अझै नजिक हुन चाहान्न थिए शरीरले त तर मनले भने अनायसै तानिरहेको थियो सरोज तिरै रोकिरहेको थिएन यी मनहरु म उसैमा समर्पित भैसकेको थिए तर
त्यो पल म अरु केही गुमाउन चाहान्न थिए तर उ पनि त मलाई प्रेम गर्थियो । उ मेरो नजिक आयो मलाई आफुतिर फर्काउदै भन्यो यति प्रेम गरेको के अहिले मेरो गल्ती भयो र?
तपाईलाई पाउने चाहाना गरे के यो सब मेरो यो पनि गल्ती भयो ? उ एकनास बोलिरहयो । आफ्ना मनका कुराहरु मेरो सामु पोख्न लाग्यो म पनि त उ प्रतिको माया कति समय लुकाउन
सक्थिए यति माया गर्ने मान्छेको मन म कसरी दुखाउन सक्थिए बिस्तारै उतर्फ फर्किए ।

म केही बोल्न सकिन फेरि उसले मेरो हात समात्यो र

आफुतर्फ बिस्तारै बिस्तारै तान्दै गयो म पनि उसको माया प्रेम भावमा तानिन्दै गए उसको आखामा हेरे

आखाहरु फेरि पनि केही रसिला अनि राता देखिन्थिए किन हो म उसको कुराहरु नकार्न सकिरहेको थिएन सरोजमा के थियो त्यस्तो नसा म उसको अङालोमा बाधिन्दै गए
म आँखा बन्द गरेर चुपचाप रहे उसका आँखा पनि बिस्तारै बन्द हुँदै गयो हाम्रो नाकमा नाक जुध्यो मेरो अनुहार उसको अनुहारमा चुम्बकले झै तानिरहयो म
पनि उसको त्यो स्पर्शमा डुबिरहे म बेहोसीझै भए हात खुट्टा
क्रमशः

 

%d bloggers like this: