अपुरो प्रेम भाग :44 मिलन अबिरल 💔💔💔आँखा हुँदै नाक नाक हुँदै मेरो ओठमा स्पर्श गर्यो

 

म बेहोसीझै भए हात खुट्टा सारा शरीर लुलो भयो शरीरले काम गर्नै छाड्यो ।

 

आँखा बन्द थियो खोल्नै सकिन बिस्तारै उसले मेरो हात उठाएर आफ्नो काधमा राख्यो म केहि बोल्न सकिन केही भन्न सकिन

मुटुले ठाउ छाड्यो छाती छेडिएर निस्केलाझै गरेर धड्किन थाल्यो ।

स्वासप्रस्वासको गतिले तिब्र रुप लियो मेरो गाला हिटरले तताएझै गरि तातो भयो ।

बिस्तारै मेरो कम्मरमा समातेर अझ आफुतिर तान्यो अब त हामी दुई शरीर हैन एक शरीरमा परिवर्तित भैसकेका थियौ बिस्तारै उसले मेरो निधारमा चुम्यो निधार हुँदै आँखा

आँखा हुँदै नाक नाक हुँदै मेरो ओठमा स्पर्श गर्यो उसको मुखको त्यो तातो बाफ मेरो मुखमा प्रवेश गर्यो ।

मलाई के भयो भयो म आफ्नो शरीरलाई थाम्नै सकिन

मेरो सारिरिक बल बन्द भयो आफ्नो शरीरको पूरा भार उ माथी बोझ बनाईदिए मलाई समातेर आफ्नो अङालोमा बाधिरहयो ।

 

हाम्रो दुबैको ओठमार्फत तातो सास एक अर्कामा साटासाट गरिरयौ । निकै बेर सम्म म हामी दुबैजना अचेत भयौ दुबैजनाले आफ्नो शरीरलाई थाम्न नसकेर बेडमा लड्यौ ।

कति यस्ता तिता मिठा पल हुदा रहेछन कति यस्ता क्षण हुदा रहेछन भुल्नै नसकिने बोल्नै नसकिने कत्ती बोलेर सकिन्छन कति नबिलेरनै मनमा परिवर्तन हुदा रहेछन ।

 

आफ्नो सारा भार उ माथी बोकाएर निकै समय उसको आखामा हेरिरहे मेरा लागि निकै सपना समर्पण माया आघात

 

प्रेम पाए मैले आफ्नो श्रीमानको पनि अनुहारमा यति धेरै नियालेको थिईन तर आज उसको आखामा नियाल्दा छुट्टै प्रेमको

आभास भयो । त्यो हिउँ पग्लिन्दा अनि पानी परेको बेला बिहानैको चर्को घाममा जसरी जमिनबाट बाफ निस्कन्छ

जसरी तलाउमा घामको किरणले छेद गर्छ ।

बाफहरु एकनासमा आफ्नो बाटो बनाउदै बाफहरु आकाशतिर जान्छन

त्यो बाफमा खेल्दा जुन महसुस हुन्छ त्यस्तै हामी आफ्नो बाफ आदानप्रदान गरिरहयौ ।

अङालोमा बाधिएर अचेत भएर बेडमा ढलिरहयौ ।

 

ओठको त्यो स्पर्शमा रमाइदै थियौ ओठ हुँदै

उ मेरो घाँटी मा चुम्न लाग्यो मेरो सास अब रोकिन लाग्यो ।

 

उ घाँटी हुँदै हिमाल पर्वत हुँदै त्यो हिउमा खेल्दै गयो ।

शरीर पुरै काम्न लाग्यो त्यो हिउको आवशले चिसो सिरेटो आउन

लाग्यो त्यो जुनेलीरातमा हामी एकअर्कामा सिरेटोमा हराईरहयौ बिस्तारै बिस्तारै ओठहरुद्वारा

क्रमशः

%d bloggers like this: