अपुरो प्रेम भाग :47 मिलन अबिरल 💔💔💔यात्रा बारेमा केही कुरा भयो मलाई भने कति बेला निदाउनु हुन्छ

मोबाइलको घण्टी बज्यो । फोन सरोजको थियो मैले हाम्रो सम्बन्ध नेट्मा सिमित राख्ने भनेर तर किन यो हद पार गर्यो ।

 

फोन रिसिभ गर्न सकिन बाहिरिन दिन सक्दैन थिए यदि हाम्रो माया बाहिएमा निकै ठुलो अनर्थ हुने थियो ।

 

फोन काटिदिए । दिपालाई लिएर बेडरुममा लागे राहुल सुत्नु भएको थिएन उहाँ निकै निरास देखिनु भएको थियो पहिलानै केही सम्झाउन खोजे मेरो उपस्थितिले होला अहिले निकै उहाको अनुहारमा

चमक थियो त्यो चम्किलो तारा जस्तै भएको थियो ।

 

यात्रा बारेमा केही कुरा भयो मलाई भने कति बेला निदाउनु हुन्छ

भन्ने कौतुहलता भैइरहयो मनमा उहाँले हाम्रो कार्यक्रमको घुमघामको फोटो देखाउन अनुरोध गर्नु भयो ।

 

तर मैले हत्तारमा सरोज र मेरो फोटोहरु धेरै लिएका थियौ । ती फोटोहरु मैले डिलिट गर्नुपर्ने थियो या पासवर्ड लगाएर राख्नु पर्ने थियो तर हत्तारले त्यो सम्झना आयो ।

 

राहुलको राम्रो बानी उहाँ मेरो अनुमती बिना कहिल्लै पनि कुनै चिज मोबाइल होस या ल्यापटप खोलेर हेर्नूहुदैन थियो । त्यही कुरामा खुसी लाग्थियो ।

 

हाम्रो मायाको कुनै प्रमाणहरु नभेटियोस भन्ने थियो त्यसैले मैएल बाहाना बनाएर भने मेरो मोबाइल ल्यापटपमा कुनै फोटो नभएको सबै अफिसको क्यामेराबाट लिएको तर

आउदा ढिलो भएर सेन्ड गर्न नभ्याएको बताए मेरो कुरा अनि मलाई आफू भन्दा धेरै बिश्वास गर्नुहुन्थियो।

 

उहाँ यस्तै तिता मिठा पलका बारेमा कुरा गर्यौ मलाई निन्द्रा लागेकै थिएन उहाँ निदाउन लाग्नु भयो दिपा पनि निदाईसकेको थि ।

तर मलाई निन्द्रा लागेको थिएन (तपाईहरुले यो स्टोरी बुझ्नु हुदैछ या छैन अहिले यो स्टोरी भनेको कसरी सरिता र सरोजको कसरी भेट

 

भएको थियो कसरी उनिहरु प्रेम सम्बन्धमा बाधिएका थिए कसरी आफ्नो श्रीमान छोरी हुदा हुँदै पनि परपुरुससंग मायामा रमाउन थालेको थियो

 

यो बारेमा जानकारी दिदैछु नबुझ्नु भएको खण्डमा मलाई अफ्ट्यारो नमानी सोधपुछ गर्न सक्नु हुनेछ ) उहाँ कतिबेला निदाउनु हुन्छ र म नेट अन गरेर सरोजसंग बोल्न

मन लागेको थियो त्यो चाहाना पूरा भयो उहाँ निद्रादेबिको काखमा पर्नु भयो उहाँ अब ब्युझिनेवाला हुनुहुदैन थियो । यसो हेरे उहाँ मस्त निन्द्रामा हुनुहुन्थियो ।

 

बिस्तारै सिरक हटाएर टेबुलमा भएको ल्यापटप तिर अघि बढे ल्यापटप खोलेर नेट अन गरे सरोज अनमै थियो ।

तिब्रताका साथ उसलाई SMS गरे गाली गरे किन फोन गरे फोन गर्नुको कारण जान्न खोजे

क्रमशः

%d bloggers like this: