अपुरो प्रेम भाग :50मिलन अबिरल 💔💔💔दिपाको कोठा अर्कै थियो राहुल अनि म मात्र आफ्नो कोठामा सरोज के गर्दै होला कस्तो होला

बल्ल थाहा पाए नजिकै उसको कोठा नजिकै एक अधबैसे आईमाई बस्थिन मैले उसलाई सोधे पत्ता लाग्यो ।

 

म आफ्नो गाडिलाई घुमाएर तिब्र गतिमा हस्पिटल तर्फ आफ्नो गाडी बढाए सरोज प्रेसरका कारण लड्न पुगेछ उसलाई हस्पिटल लिएर गएको रहेछन ।

हस्पिटल पुगेर पार्किङमा गाडी पार्क गरेर emergency ward मा भर्ना गरिएको रहेछ ।

त्यहा सेतो कपड़ामा सजिएको एउटा अग्लो आँखा अलि खैरो भाको मान्छे भित्र पस्न रोक लगायो मैले आफ्नो आईडी देखाए बल्ल छिर्न अनुमती दियो ।

 

उसको हात छेडिएको थियो छेडिएको ठाउबाट पाईपद्वारा पानी दिईएको थियो । मैले सोधे कस्तो छ । आफू अहिले ठिक रहेको जानकारी गरायो ।

बेलुकाको ५ बजिसकेको थियो । उसको अवस्था राम्रै रहेछ । म घर फर्किए । खाना खायौ बेलुकाको खाना बनाए तर खाना खान

 

मन थिएन तर पनि देखावटी रुपमा खानु पर्ने थियो थोरै खाना खाए बेडमा पल्टिए ।

 

दिपाको कोठा अर्कै थियो राहुल अनि म मात्र आफ्नो कोठामा सरोज के गर्दै होला कस्तो होला

 

भर्खर त हेरेर आको तर पनि मनमा औडाहा भएको थियो । राहुल निदाउनु भएको थिएन ।

 

बाहिर जाने बाहाना बनाएर छतमा गएर सरोजलाई फोन गरे सरोजले फोन रिसिभ गर्यो बल्ल दिउँसो मोबाईलको चार्ज सकिएर अफ भएको रहेछ उ बोल्यो हेल्लो अनि बोले अहिले राहुल सुत्नु

 

भएको छैन यदि समय मिल्छ भने म राहुल निदाउनु भएपछी म अनलाईन आउछु भने उ पनि आफ्नो वार्डमा कोहि नभएको त्यहाको नर्स बेला बेलामा चेक गर्न आउने तर नर्स आएको समयमा

 

 

मोबाइल चलाउन नदिने भएकाले समय मिलाएर अन आउने बतायो । थोरै भए पनि मनमा राहत मिल्यो मनमा सान्त्वना मिल्यो

अब मात्र दिमागमा खेल्यो कत्ती कत्ती बेला सारै रिस उठ्थियो कि आफुलाई मन लागेको समयमा अन आउन नपाईने सधै राहुलको

 

आखामा धुलो छोपेर मात्र अन आउनु पर्ने । अनि फोन आफ्नो स्वीटरको पकेट्मा राखेर आफ्नो कोठामा गए राहुल अझै निदाउनु भएको थिएन ।

 

तर म आफुलाई निन्द्रा लागेको बाहाना गरेर सुत्न खोजे तर निन्द्रा लागेको थिएन तर पनि राहुललाई देखाउनका निम्ति भए पनि ओढ्ने तानेर आँखा बन्द

 

गरे आँखा त बन्द भयो तर दिमाग अनि मन त निन्द्रामा परेन शरीर साउनमा लडेको रुखको मुडाझै लडिरहयो ।

 

 

मनमा भने मात्र मोबाइल केन्द्रित थियो कति बेला उहाँ निदाउनु हुन्छ भनेर आँखा बन्द गरेको करिब १०

 

मिनेट पछि उहाँ घुर्न थाल्नु भयो ।

ओढ्ने हटाएर हेरे उहाँ

क्रमशः

%d bloggers like this: