अपुरो प्रेम भाग :51मिलन अबिरल 💔💔💔दिउँसोको २ बजेको थियो अफिसको क्याबिनमा म एक्लै थिए ।

 ओढ्ने हटाएर हेरे उहाँ अघि सपनाको दुनियामा हराउन थालिसक्नु भएको थियो ।

 

बिस्तारै ओड्नेबाट बाहिर आए अनि ल्यापटप खोले सरोज अनमै रहेछ यसरिनै सुरु भए हामिले आफ्ना मनका कुराहरु साटासाट गर्यौ ।

 

कुनै बेला म रिसाउइदिन्थिए उ फकाउनमा निकै माहिर थियो उ मलाई फकाईरहन्थियो ।

२ बजेसम्म अनलाईनमै रहयौ त्यसपछी सुत्यौ ।

बिहान भयो अफिस गए त्यो दिन उ अफिस आएन उसलाई १२ बजे मात्र डिस्चार्ज दिएछ ।

 

त्यो दिनपनी निकै कष्टकर बित्यो म जब जब उसको याद अनि सम्झना आउथियो म नेट खोलेर सरोजसङ च्याट गर्थिए ।

 

दिन त्यसैमा बित्यो भोलिपल्ट उ पनि अफिसमा उपस्थित भयो । उ हाजिर मात्र गरेर रेस्टका लागि आफ्नो कोठा गयो ।

दिउँसोको २ बजेको थियो अफिसको क्याबिनमा म एक्लै थिए ।

 

बेल बज्यो अफिसको ,, सबैजना अफिसमा थिए म केही बोलिन त्यहाबाट उठिन पनि केही बेरमा मेरो क्याबिनको घण्टी बज्यो ।

 

म भित्रैबाट बोले …खुल्ला छ please come (म बोले) उ अरु कोहि नभएर आफ्नै अफिसको रामु थियो ।

 

सोचेको थिए कोहि नया ब्यक्ती होला को होला उत्सुकता थियो तर निरास जस्तै भए रामु बोल्यो .. सरोजको नाममा एउटा letter

 

आएको रहेछ आज सरोज सर अफिसमा अनुपस्थित हुनुहुन्छ त्यही भएर तपाइले यो पत्र सुरक्षित राखदिनु होला भोलि

 

दिनु होला भनेर म यो पत्र तपाईलाई बुझाउन आएको उ भन्दै थियो । उ बोल्दै गर्दा म पत्र नाम सुन्ने बितिकै मेरो आँखा बन्द भएको थियो मलाई कस्तो

 

अनौठो अनुभव भएको थियो कस्को पत्र होला उसलाई पत्र लेख्ने को होला उ नयानै थियो उ बाहिर खासै परिचित पनि थिएन तर उसको पत्र आएको थियो म ट्वावा परेर हेरिरहे ।

 

मेरो हातमा पत्र थमाईदिएर रामु क्याबिनबाट बाहिर निस्कियो । एकमनले सोचे कस्को पत्र रहेछ भनेर खोलेर हेर्नू पर्यो भनेर बाहिरको खोल पहेलो कलरको देखियो ।

 

बाहिर लेखिएको थियो पाउनेको नाम सरोज अग्रवाल कुनै अफिसबाट आएको थियो अफिसको नाम अस्प्रस्ट रुपमा लेखिएको थियो ।

 

उसलाई कुन अफिसबाट आएको हुन सक्छ मनमा कौतुहलता छायो । त्यो पत्र खोलिहालुझै भयो अरुको पत्र कसरी खोल्न सक्छु । त्यो सिल गरिएको थियो ।

 

आखिर जे पर्छ पर्छ खोल्छु भन्ने मनमा आयो त्यो खामको एक छेउमा च्यातिदिए भित्र एउटा पाना थियो त्यसमा लेखेको थियो .

. क्रमशः

%d bloggers like this: