अपुरो प्रेम भाग :52मिलन अबिरल 💔💔💔मेरो मनमा त्यो साउन भदौको झरीसरि गर्गिन्दै बाढी आईरहेको थियो ।

एक छेउमा च्यातिदिए भित्र एउटा पाना थियो त्यसमा लेखिएको थियो ।

त्यसको सुरु देखि अन्तिमसम्म पूरा हेरे त्यो पढिसक्दा नसक्दा मलाई बिश्वासनै लागेन फेरि बाहिर खोलमा हेरे खोलमा सहिनै लेखिएको थियो ।
सरोजलाई फोन गरु कि भन्ने सोचे तर फेरि उ देखि यति धेरै म दुखिए मेरो मनमा उसका लागि मात्र क्रोध पैदा भयो ।
शरीरनै लुलो होलाझै भयो हात खुट्टा झमझमाएझै भए आखाहरु पोलेको जस्तै अनुभव भयो तिरिमिरी भयो ।
अफिस सकिन केही मिनेट बाकिनै थियो तर पनि म कसैको वास्तानै नगरी कम्प्युटर अफ गरे अनि आफ्नो ब्यागमा केही खाताहरु राखेर गेटबाट बाहिर निस्किए ।

रामुले सोध्दै थियो आज हत्तारमा निस्कनु भयो किन होला सरिता म्याम रिस उठिरहेको थियो तर झर्केर बोल्न सकिन आफुलाई

अलि कन्टोर्ल गर्दै बोले एक मनले त सोचिरहेको थिए कि यस्तो सामान्य मान्छेलाई के जानकारी गराउने फेरि सोचे आफ्नो
त्यो प्रेम सम्बन्ध सानो तिनो कुराहरुले पब्लिक हुने त हैन अनि बोले सानो काम बाहिर छ त्यो सकेर जादा रात पर्छ भनेर अलि चाडो निस्किएकी राम्रोसंग अफिस बन्द गरेर जानू होला त्यति भनेर पार्किङ तर्फ निस्किए ।

मेरो मनमा त्यो साउन भदौको झरीसरि गर्गिन्दै बाढी आईरहेको थियो ।

मनका सारा सपना तहसनहस भएको थियो ।

मनभित्रका सबै सपना मनमै गुम्सिन लागेका थिए । गाडी स्टार्ट गरेर घरतर्फ गाडी बढाए ।
घर पुगेर आफ्नो कोठामा सिधा पुगे अनि आफ्नो कोठाको ढोका बन्द गरेर बेडमा बसे केही बोल्न मन लागेको थिएन खाना बनाउने समय भएको थियो तर खाना बनाउन मन पट्क्कै लागेको थिएन ।
आफ्नै कोठामै केही छिन बसे केही सोच्न सकेन दिमागले आफ्नै जिबनलाई दोषी देखे आफैलाई घृणा गर्न मन लाग्यो ।
तर पनि आफैलाई केही पलमा मनलाई सान्त पारेर बसे खाना बनाए दिपा पनि आईपुगेकी थि उसलाई हेर्थिए माया पलाएर आउथियो उसको आँखा निकै चम्किला थिए ती आखाको चमकमा आमाको ममता देखिन्थियो ।
राहुल पनि आईपुगेर खाना खायौ अनि सुत्यौ तर आज झन के भन्नू मनमा सान्त थिएन झन मन पोल्दै थियो राहुल निदाईसक्नु भएको थियो ।

सरोजलाई sms गरे तर रिप्लाई आएन केही समय पछि फोन गरे तर फोन त अफ भएको रहेछ अब रिप्लाई नदिनु कारण थाहा भयो किनकी

उसको फोन अफ भएको रहेछ ।
निदाउन खोजे निन्द्रा लागेन निन्द्रा नलाग्नुको कारण दिउसोको
त्यो पत्र थियो त्यो पत्रमा लेखिएको थियो कि सरोजले ..
क्रमशः

 

14484971_980248818785701_4042766773852395071_n अपुरो प्रेम भाग :52मिलन अबिरल 💔💔💔मेरो मनमा त्यो साउन भदौको झरीसरि गर्गिन्दै बाढी आईरहेको थियो ।
%d bloggers like this: