अपुरो प्रेम भाग :53मिलन अबिरल 💔💔💔

त्यो पत्र थियो त्यो पत्रमा लेखिएको थियो कि सरोजले जापानको लागि अप्लाई गरेको रहेछ ।

 

 

जापानको लागि उसले इन्टविउ दिएको रहेछ उ पास भएको निकै दिन भएको रहेछ उ २/३ दिनदेखी केही निरास देखिएको

 

 

थियो यस्तो देखिनुको कारण यस्तो पो रहेछ थाहा पाए । उसको भिसा लागेको रहेछ त्यो भिसा आएको रहेछ ।

 

कसरी खुसी हुन सक्थिए र साच्चै त्यो असल पत्र थियो कुनै सपना थिएन ।

 

निन्द्रा लाग्यो म सुते उज्यालो भयो निरासापन थियो मन प्रफुल्ल थिएन ।

 

खाना खाएर अफिस लागे । सरोज पहिलानै आईपुगेको रहेछ म पुग्नु पहिलानै उसलाई केही थाहा थिएन त्यो पत्रको बारेमा उ केही बोल्यो म क्याबिनतिर लागे उ पनि आफ्नो काममा ब्यस्त भयो ।

दिउँसो २ बजे मैले कल गरे उसलाई २ बजे बाहिर निस्किनका लागि उसलाई अनुरोध गरे २ बज्यो आफ्नो गाडिमा हालेर उसलाई त्यही हाम्रो मिल्ने कफिसपमा लगे कफि मगाए खान थाल्यौ बोल्न त मन थिएन तर पनि बोल्नु पर्ने बाध्यता

 

थियो केही सोध्नुपर्ने थियो ।

 

सोधे पहिला त तिमिले मलाई के गर्न खोजेको होनि मैले बुझन सकिन के म यो बारेमा जान्न सक्छु कि ?प्रश्न गरे ?

 

उ नजानिदो पाराले बोल्न थाल्यो किन के भयो केही गरेको छु कि किन यस्तो प्रश्न गर्नु भएको म्याम उसले सोध्यो ?

 

मलाई केहि बोल्न मन थिएन केही नबोली ब्यागबाट त्यो पत्र झिकेर उसको हातमा थमाईदिए ।

उ केही नबोली त्यो पत्र खोल्यो र पढ्यो उ ज्यादै खुसी भयो । तर आफुलाई भने मेरो मनमा आगो बलिरहेको थियो ।

 

मलाई सरोजदेखी ज्यादै रिस उठिरहेको थियो । उ मेरो वास्तानै नगरी उ आफ्नै खुसिमा रमाईरहेको थियो ।

 

मैले झर्किन्दै बोले के भयो के गर्न खोजेको ? उ बोल्यो यो त खुसी को कुरा हो तपाईं किन दुखी हुनुहुन्छ नि ?

 

संगै साथमा रहने साथमै जिउने यसरिनै जीवन बिताउने अनि मौका पारेर दुबै जना यहाको शहर छाडेर धेरै टाढा गएर घर बसाउने भन्थेउ

 

आफै अनि आफै तिमी टाढा जान खोजिरहेको छौ थाहा छ म तिमी बिना कती अपुरो हुन्छु भनेर म तिमिबिनाको एक पल सोच्न त के कल्पना गर्न पनि सक्दिन

 

अनि तिनी चाहिँ म देखि सधैको लागि टाढा जान खोज्छौ ? यति बोले चुपचाप बसे उ बोल्यो कि म्याम मैले यो आफ्नै लागि हाम्रै लागि सोचेर यो कुरा निर्णय गरेको

 

हु कि पछि हाम्रै लागि राम्रो हुनका लागि हो बस् केही बर्षका लागि त हो म जहाँ गए पनि म तपाइको नजिकै हुने छु हर सुख दुखमा साथमा हुनेछु हर समय

 

……. क्रमशः

%d bloggers like this: