अपुरो प्रेम भाग :54मिलन अबिरल 💔💔💔

 तपाइको नजिकै हुने छु हर सुख दुखमा साथमा हुनेछु हर समय तपाईको म वरिपरिनै हुनेछु म

 

जहाँ गए पनि तपाईलाई गर्ने माया त्यतिनै रहने छ अझ त्यो भन्दा धेरै माया हुनेछ म केही योजना बनाएर आउछु

 

अनि सधैका लागि हामी आफ्नो हुनेछौ केही समय पछि अनि यो कुरा मैले तपाईंलाई भन्न खोजेको त हो तर तपाईं सानो सानो कुरामा पनि

 

धेरै सोच्नु हुन्छ धेरै चिन्ता लिनु हुन्छ त्यही भएर तपाईलाई प्रेसर दिन चाहादैन थिए किनकी तपाईंलाई म आफू भन्दापनी धेरै माया गर्छु आफुले माया गरेको

 

मान्छेलाई कसले पो पिर अनि चिन्तामा देख्न सक्छ र तपाईलाई धेरै पिर दिन नचाहेको कारण नभनेको हु त्यसको लागि म माफी माग्न चाहान्छु उ नम्र स्वरमा

 

sorry बोल्यो । म के भन्ने अल्लमलमा परे केही नबोली एकै घुड्कीमा कफि सक्काए । आफैले के भन्नूझै भयो मैले आफैलाई समाल्ननै नसकेकोझै भयो ।

उसको टिकट तय भैसकेको थियो त्यही महिनाको २५ गतेका दिन अब बाकी १५ दिन थियो त्यो दिन १० गते थियो । खासै बोल्न मन लागेन घर लागे

 

उ पनि घरतर्फ लाग्यो ।घर पुगे ४० केजिको भार थाप्लोमा परेकोझै भयो शरीर सबै धेरै दिन बिरामी परेर थला परेकोझै बल्ल बल्ल निकै दिनको सिथिल रोग पछिझै

 

भयो शरीर घर गए जबरजस्ती भए पनि आफ्नो आखाको आसु लुकाएर पनि सबैको सामु हास्न बाध्य हुन्छिन नारी । हरेक पल आँखा बन्द गरेर माया गरे तर उसले

 

त्यो सब गर्नु पहिला मलाई एक पटक पनि सोधेन अब उ बिनाका पलहरु म कसरी बिताउने होला उ बिनाका १ दिन त मलाई बर्सौझै लाग्थियो अब त झन कसरी

 

आफुलाई समालु म अब त झन पल पल मरेर बाच्नु थियो हरेक पल आँसु लुकाएर राहुल अनि दिपाको सामु हास्नु थियो । खाना खायौ खान मन लागेन राहुल प्रस्न

 

गर्दै हुनुहुन्थियो तर मन छैन भनी टारिदिए पछि दिपा पनि आफ्नो चम्चाद्वारा मेरो ओठसम्म भातका सिताहरु ल्याईदिरहेकी थिई त्यो देखेर मलाई निकै खल्लो लाग्यो ।

 

रात भर निन्द्रा लागेन उज्यालो भयो अब बाकी ९ दिन थियो सरोजलाई देख्न पाउने टाढा हुँदै थियो मलाई लागिरहयो मेरो सबै खुसी लुटियो म देखि केही समय हैन सधैका

 

लागि टाढा हुदैछ उ हरपल मन रुन थाल्यो तर यो मन रोएको कस्ले देख्ने उसैको यादमा हराएको कस्ले भेट्ने अफिस हुदै मन लाग्न छाड्यो जान्थिए आउथिए केही

 

काम गर्न मन लाग्दैन थियो अब केही दिन बित्यो पल पल मरेर हाम्रो यतिका दिनमा राम्रोसङ कुरा हुन सकेन । अनलाईनमा पनि

 

क्रमशः

%d bloggers like this: