अपुरो प्रेम भाग :55मिलन अबिरल 💔💔💔

अनलाईनमा पनि कुरा हुन छाड्यो कहिले कहि फोनमा हुन थाल्यो ।

खासै उ अनलाईनमा आउदैन थियो मलाई पनि अनलाईन बस्न मन थिएन किन किन उत्सुकता हराउदै गैइरहेको थियो।
उ जापान जान ५ दिन बाकी हुदा अफिसदेखी बिधाई हुन लाग्यो सानो कार्यक्रम राखियो उसका बिधाईका लागि नजाउ त
आफ्नै अफिसको मुख्य कर्मचारी थियो जाउ म बिछोड्को बियोगमा तड्पिनु बाहेक केही थिएन खै कस्तो सम्बन्ध थियो हाम्रो
,मन त मानेको थिएन तर पनि त्यो बिधाई कार्यक्रममा उपस्थित जनाए निकै राम्रो साथ बिधाई गरियो उसैको ।
बिधाईको दिन पनि राम्रैसङ गरियो सबैको गहभरी आँसु भएका थिए ओठहरु ओसिला भएका थिए आखाहरु
रसिला भएका थिए सबैका सायद कस्को मन रुदैन र यस्तो बिछोडिनु पर्दा सबैले अफिसको एक कर्मचारी

गुमाईरहेका थिए म आफ्नो मुटुको धड्कन गुमाईरहेको थिए ।सबैले अन्तिममा हासेरनै बिधावारी भए अब त

उ बिनाको अफिसपनी सबैलाई शून्य लागेको थियो । अब त उसको जाने दिन मात्र २ दिन बाकी थियो। हरेक

पल उसैको याद मात्र आउथियो के गरु कसो गरौझै हुन्थियो उस्को यादहरुले सताउदा म आफ्नो ल्यापटप खोलेर
ती पहिलाका च्याटहरु अनि तस्बिरहरु एकान्तमा बसेर सुनसान कोठामा बसेर गुपचुप हेर्ने गर्थिए। त्यो दिन सनिवार
परेकाले म पनि फुर्सद थिए आखिर टाढा हुनुनै थियो दिन दिन मेरो मनमा बिछोड्को बिगोग मात्र चल्न थालेको थियो
बिहान म बेड्मै सुतिरहेको थिए राहुल मर्निङवाकमा निस्की सक्नु भएको थियो दिपा आफ्नै रुममा सुतिरहेकी थि त्यतिकैमा फोन
आयो फोन सरोजको थियो । रिसिभ गरे आज हामी कतै एकान्तमा निस्कियौ तपाईं समय मिलाउनुहोला घरबाट त्यसैले कल गरेको भन्दै थियो ।
अनि फोन राख्यो सोचे के गरेर समय मिलाउने होला अब यो सब राहुललाई कसरी भन्ने कसरी मनाउने होला भन्ने मनमा लाग्यो राहुल आउनु भयो

केही समयपछी सरोज पर्सि बाहिर जाँदै थियो । मलाई लाग्यो म म सङ उ औपचारिक हुन खोज्दै छ म कुनै पुरुषको भावुक प्रेममा फसेर उसको बाहुपासमा

क्षणिक उत्तेजनामा रमाउन चाहाने नारी त थिईन तर म कसरि यो प्रेममा परे म आफै छक्क परिरहेको थिए जब म सरोज बिना अपुरो भैसकेको थिए मेरा शब्दहरुमा

मिठासपन हैन कि ज्यादा उदासपन अनि निरासापन थियो दैनिकी यसरिनै बितिरहेको थियो । जीवनको सहारा भन्नू
त्यहि एउटा टेक्ने लठ्ठीका रुपमा सरोज थियो तर त्यही लठ्ठी आज भाचिन्दै थियो । म आँखा देखेर पनि दृष्टिबिहिन भएको थिए ।
मैले राहुललाई मेरो अफिसको स्टार्फ बाहिर जाँदै हुनुहुन्छ आज अफिसमा पार्टी छ भनेर झुट बोलिदिए उहाँ मेरो बिश्वास गर्नुहुन्थियो
हरेक कुरामा उहाले सहज रुपमा स्विकार गर्नु भयो । म निस्किए हामी भेट भएर स्वयम्भू डाडामा गयौ । बोल्न मन लागेको थिएन तर पनि बोल्नु थियो
मनका सारा कुरा खोल्नु थियो । सिरसिर हावा चलिरहेको थियो हरेक समय हामी एक अर्काका अनुहार हेर्दैमा मुस्कुराउने मान्छे आज .तर..
….. क्रमशः
सल्लाह सुझाव दिनु नभुल्नुहोला आसा गरेको छु ………सारिरिक अस्वस्थताका कारण समयमा पोस्ट गर्न सकिरहेको छैन निरन्तरता दिने कोसिस गर्ने छु अनि यसमा पर्न जाने असुबिधा प्रती म क्षमाप्रार्थी छु तपाईहरुले बुझिदिनुहुनेछ भन्ने पुर्ण आसामा छु ।

 

%d bloggers like this: