अपुरो प्रेम भाग :56मिलन अबिरल 💔💔💔

हामी एक अर्काका अनुहार हेर्दैमा मुस्कुराउने मान्छे आज .तर….

दुबैजना एक अर्काका अनुहार हेरिरहेका थिएनौ ।
केही समय पछि उ बोल्यो तपाईलाई म कहिले भुल्ने छैन तपाईलाई पहिलो प्रेम गरेको छु तपाईं नै
मेरो चोखो प्रेम हो उ भन्न थाल्यो मलाई पनि केही बोल्न मन थियो केही मनका कुरा सुनाउन मन थियो
तर सकिन यसरिनै हामी कत्ती बेला मौन हुने गरथियौ कति बेला बोल्थियौ । साझ पर्न लागेको थियो घाम

त्यो पारिको छितिजसंग मितेरी लगाउदै थियो त्यो घामको किरण हाम्रो शरीरमा त्यो दिनका लागि अन्तिम पटक ज्योती दिदै थियो ।

स्वयम्भू डाडा त्यो माथी सनिबार भएकाले त्यहा प्रसस्त जोडिहरु देखिन्थिए ।

कोहि हात समाईरहेका थिए .कोहि अङालो मारिरहेका कोहि प्रेमिको काखको न्यानो अनुभूति लिईरहेका देखिन्थिए ।

त्यो देखेर मेरो मनमा पनि काउकुती लागिरहेको थियो कता कता लाज पनि सरोज पनि लजाईरहेको थियो ।
साझ ढल्दै गैइरहेको थियो छुट्टीनु त मन थिएन कसलाई पो मन हुन्छ र छुट्टीलाई तर जानू नै थियो कतै बिरलै दुखिरहेको थियो ।
अन्तिममा केही शब्दहरु थिए ती बिल्कुलै मार्मिक मन छुने शब्दहरु थिए।
हाम्रो मायाको बिचमा फाटो आउन दिने छैन कहिले जति टाढा भएता पनि म तपाईकै नजिक हुन्छ नजिकै बसेर तपाईलाई नियालिरहेको हुनेछु कसरी भनु म तपाईं देखि टाढा जान सक्दिन
आज देखि आफ्नो शरीरलाई मात्र लिएर जापान जादैछु । आज देखि तपाईलाई मेरो हरेक तन मन हरेक सारा

जीवन आफ्नो मन सम्झना दिएर जादैछु मात्र यो जिउदो लास लिएर जादैछु शरीर दुई भए पनि मुटु एउटै हुनेछ

त्यो उसको कुराले मेरो आँखा साउनेपानीले मुहान फुटाएझै आसुको मुहान फुटिरहेको थियो ।अहिले त झन सन्सारको जुन कुनामा भएता

पनि हामी नजिक हुनेछौ किनकी अहिले त कुरा गर्ने माध्यम पनि सजिलो छ मन देखि चाहाने हो भने सबै भन्दा नजिक हुनेछौ आत्मियतालाई

अङालेर हामी खुसी रहनेछौ यती भनिरहदा मेरो मन पनि प्रफुल्ल भयो । यो हदसम्म मलाई सरोजले माया गर्छ सोचेको थिएन सोचेको थिए उ
मलाई नेपालदेखि छाडेर गए पछि अर्कै दुनियामा रमाउछ होला अरुनै जिबन साथी रोज्छ होला खोज्छ होला सोचेको थिए तर म गलत थिए।
कस्सेर अङालो हाले हाम्रो चुहिन लागेको थियो मायाको घर भत्किन लागेको थियो तर भत्किन दिएन सरोजले म पनि त्यति दुखी भैइन निकै
नै खुसीझै भए तर आधा खुसी आधा दुख मेरो पोल्टामा परेको थियो माया गर्थियो यति धेरै खुसी थिए अनि बिछोडिनु परेकोमा दुखित पनि थिए ।

त्यहाबाट निस्कियौ बाटोमा कुरा गर्दै मनका भावहरु एकअर्कामा पोख्दै बाहिरको त्यो धुलो अनि त्यो बसपार्क वरिपरिका भिडलाई छिचोल्दै हामी सरोजको कोठा अगाडि पुग्यौ ।

जाने बेलामा भन्यो पर्सि मेरो साझ ५ बजेको फ्लाईट छ आउनुहुन्छ नि??

म अलमल्लमा परे अनि बोले
………. क्रमशः
ज्यादै लामो कथा भएकाले यहाका विभिन्न शब्दहरु छाटकाट गरिएका छन अन्यथा नलिनुहोला ।
सारिरिक अस्वस्थताका कारण समयमा पोस्ट गर्न सकिरहेको छैन मलाई बुझिदिनुहुन्छ भनेर आसा गरेको छ ।

 

%d bloggers like this: