अपुरो प्रेम भाग :57मिलन अबिरल 💔💔💔म सब्जी बनाउदै थिए पछाडी बाट मेरो कम्मरमा च्याप समात्नु भयो

म अलमल्लमा परे अनि बोले.. अवस्यपनी आउने छु ।

 

उ पनि निकै खुसीका साथ आफ्नो गेट्देखी भित्र आफ्नो कोठामा प्रवेश गर्यो अनि गेट बन्द गर्ने बेलामा मायलु मिश्रित भावले आफ्नो हात हल्लायो ।

 

अनि गेट बन्द गरेर उ लाग्यो आफ्नो बिस्तारा कोठा तिर मैले आफ्नो गाडीको ग्यासलाई लगाए अनि आफ्नो हातले गाडीको ह्यान्डल्लाई मोड्दै आफ्नो बाटो लागे ।

 

घर पुगे दिपा झ्याप मेरो अङालोमा आई अनि बोली मलाई के ल्याईदिनु भयो मामु म केही बोलिन अनि आफ्नो ब्याग देखि क्याटबरी चक्लेट झिकेर दिए उ खुसी हुँदै

 

आफ्नो कोठामै गई गृहकार्य गर्नका लागि राहुल पनि बाहिर निस्कनु भएको रहेछ उहाँ पनि आईपुग्नु भयो र सोध्नु भयो किन ढिला ??

त्यही अरु पनि काम थियो त्यसैले ढिला भयो बताए उहाँ मलाई यति धेरै बिस्वास गर्नु हुन्थियो कि म आफै आरिस लाग्थियो आफ्नो श्रीमान्

 

देखेर अरुका श्रीमान् यस्तो छैनन मात्र मेरो तर म ? आफैमा कोहि कोहि वेला आफ्नो मनलाई प्रस्न गर्थिए कि ।

 

उहाँ पनि आफ्नो ड्रेस चेन्ज गरेर मलाई खाना बनाउनुका लागि सहयोग गर्न थाल्नु भयो म आज अरुदिन जस्तो

 

गुपचुप थिइन उहाले आज मलाई खुलेर कुरा गर्नु भयो सधा त उहाँ खाना बनाउन सहयोग गर्नु हुन्न थियो

 

उहाको काम नै यस्तै थियो उहाँ हर समय बिजि हुनुहुन्थियो बिहान देखि काम काम भनेर कुनै

 

बेला त मलाईपनी दिक्क लाग्थियो कि उहाँ सङ घरको सानो कुरा गर्नलाई पनि फोन गर्नु पर्थियो

 

त्यो पनि फोन गर्दा हत्तपत्त उठाउनुहुन्न थियो । आज दुबै खुसी पाएको थिए म आज आफै दोधारमा

 

थिए उहाँ एक्क एक परिवर्तन भएको देखेर म प्रभावित भएको थिए उहाँ देखि मलाई हसाउनु

 

हुन्थियो घरी घरी ६ बजे देखि खाना बनाउन थालेको ७ बज्न लागेको थियो खाना तयारी हुदै थियो

दिपा पनि घरी घरी किचनमा आउदै राहुललाई जिस्काउदै थिई कि आज त खाना ले मलाई नपुग्ने

 

भयो बाबा आज अलि खाना धेरै बनाउनु भन्दै अनि त्यो सब्जिको स्वाद चाख्न भ्याउथी अनि खुरुर कुदेर

 

आफ्नो कोठामै जान्थी ।मलाई अब साच्चै आफ्नो परिवार पाए जस्तो लाग्यो केही पाए जस्तो केही गुमाएजस्तो

 

बराबरी खाना बनाउदै थिए उहाँ पनि किचनमानै ब्यस्त हुनुहुथियो आज उहाको मुहार पनि निकै उज्यालो देखिन्थियो कारण थाहा थिएन

 

म सब्जी बनाउदै थिए पछाडी बाट मेरो कम्मरमा च्याप समात्नु भयो म झसङ्ग भए यो रुपमा आज पहिलो।पटक म राहुललाई देखिरहेको थिए ।

 

आफुतिर मलाई फर्काएर मेरो निधारमा चुम्नु भयो यो सौभाग्य नपाएको धेरै बर्स बितिसकेको थियो तर आज त्यो सौभाग्य पाईरहेको थिए ।

 

उहाले मलाई आफ्नो न्यानो अङालोमा बाधिरहनु भयो म अनि उहाँ नव दुलाहा

 

दुलहिझै गरि लाज मानिरहेका थियौ कतै बाट नमिठो बास्ना आयो फर्केर हेर्न खोजे उहाले

आफ्नो अङालोमा झन कस्सिएर राख्नु भयो । मायाको अनुभुति पाए त्यो मायायाको लागि म बर्सौ देखि भौतारिरहेको थिए आज त्यो माया पाउउरहेको थिए

 

कत्ता कता उहाँ परिवर्तन भएको देखेर म आफै छक्क पर्ने गर्थिए । त्यो अघिको बास्ना सब्जी जलेको

 

रहेछ तपाईं बदमासले गर्दा भनेर गाली गरिदिए त्यसको जवाफमा उहाले ………. क्रमशः

के कस्तो लाग्दैछ सल्लाह

 

सुझाव दिनु नभुल्नुहोला आसा गरेको छु तपाईंहरुको सल्लाह सुझावनै मेरा लागि प्रेरणाको स्रोत बन्ने छ

 

………कुनै राम्रा या नराम्रा शब्दहरु प्रयोग गरिएका छन बुझिदिनु हुनेछ भन्ने आसा छ कुनै गलत शब्दहरु छन

 

भने मलाई सुझाव दिन सक्नु हुनेछ कृपया कमेन्टमा केही दिनदेखि लाज मर्दो कमेन्ट देखिरहेको छु कोहि मित्रहरुको

 

यो एउटा कथा हो कथाको पात्रहरुलाई गाली गरेर केही हुनेवाला छैन । लेखक म हु यस्तो लेखेकोमा मलाई गाली

 

गर्न सक्नुहुनेछ धन्यवाद तपाईहरुलाई हजारौले मन पराईदिनु भएको छ साथ दिनु भएको छ यो साथका लागि धन्यवाद ।

 

यदि छुट्टाउनु भएको छ कुनै भागहरु मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

%d bloggers like this: