अपुरो प्रेम भाग :58मिलन अबिरल 💔💔💔

त्यसको जवाफमा उहाले मुस्कान मात्र दिनु भयो खाना खायौ त्यो दिन निन्द्रा लागेको थियो चाडैनै सुतेछु बिहानको मिर्मिरेले निन्द्रा भङ्ग गरिदियो ।

 

आईतवार को दिन थियो म के गरौ गरौ सोच्थिए फेरि आफ्नो दिमागलाई प्रेसर दिन चाहादिन थिए ।

 

त्यो दिन समयमानै बित्यो अरु दिनझै मेरा लागि कहालिलाग्दो

 

दिन बनेन म खुसी नै थिए सरोजले सबै हाम्रो भबिस्यबाणी सोचेर जापान जादैथियो सोच्थिए म

 

आफ्नो परिवार उसका लागि कसरी छाडौ उहाँ मलाई अब त माया

 

गर्न थाल्नु भएको छ । मेरो मायामा उहाँ उहाँ पनि रमाउन थाल्न भएको छ ।

 

समयमै अफिसदेखी घर गए घर पुग्ने बितिकै सरोजको फोन आयो के हो आज त तपाईं दिनभर बिजि हुनुभयो कि के हो ??

 

म हासेरै टारिदिए धेरै सम्झेको थिए केही छिनमा बोले । त्यो दिन बिहान देखिनै के भयो मेरो

अनुहार औसिको दिनझै थियो बिहान देखि कोहिसङ बोल्न मन लागेन कोहि बोलाउथिए सुनेरनै

 

झर्को लाग्यो किन एकाएक म परिवर्तन भएको थिए । त्यो दिन आईतवार थियो यानिकी सरोजको फ्लाइटको दिन ५ बजेको फ्लाइट थियो तर १/२

 

घन्टा अगाडीनै पुग्नुपर्ने हुन्छ सबेको आज राहुलको पनि छुट्टी बेलामै भएछ अफिस उहाँ पनि मेरो साथमै एयरर्पोर्ट जाने भन्न थाल्नु भयो लिएन नजाउ

 

झन संखाको विषय हुन्थियो लिएर जाउ भने हाम्रो मायाको पर्दाफास होला भन्ने डर लाग्यो के

 

गरौ सोचे जे परे पर्छ मनले भने आज तेस्तो कुनै अनर्थ नहोस प्रभुलाई पुकारे सरोजले फोन

 

गर्यो अघिनै एयरपोर्टमा पुगेको जानकारी गरायो हामी राहुल अनि म त्यसै तर्फ लाग्यौ ।

 

पर देखिनै हात हल्लायो देखिहाले बाकी ३० मिनेटको समय रहेछ आखाको इसाराले राहुललाई देखायो हुन्छ भन्ने भावले टाउको हल्लायो ।

 

त्यही नजिकै गएर एक छेउमा केही पारिवारिक कुरा गर्दै बस्यौ सरोजले कुरा बुझेछ केही बोलेन हाम्रो सम्बन्धको

 

बारेमा मलाई लागेको थियो डर लागेको थियो तर त्यो बेला हामी खुलेर त कुरा गर्न पाएनौ तर पनि

अन्तिम पटक देख्ने मौका मिल्यो भनिन्छ बोलिमा बोल्नु भन्दा मन सङ मन बोल्नु काफी हुन्छ किनकी

 

ओठको बोलिमा भन्दा मन देखि मनको बोलिमा धेरै कुरा बुझिनछ अनि आफ्नोपनको आभाष हुन्छ ।

 

हामी पनि पर देखिनै भए पनि मनको कुरा साटासाट गर्यौ म चाहादिन थिए अनि सरोज पनि चाहादैन थियो

 

कि हाम्रो सम्बन्धको बारेमा राहुललाई थाहा होस राहुललाई अङालो हाल्दै भन्यो हजुर आफ्नो ख्याल राख्नु होला

 

अनि परिवारको पनि ख्याल् राख्नु होला अब म जानू पर्छ ढिला हुन्छ ।

 

उ गेट तिर प्रवेश गर्यो गेटमा पुगेर अन्तिम पटक फर्केर हेर्यो अनि बोल्यो बाई बोलेर

आफ्नो हात हल्लाउदै आफ्नो गन्तब्य तिर लाग्यो हामी पनि आफ्नो हात हल्लाएर बिधाई गर्यौ ।

 

जब छाडेर जादा मात्र थाहा हुदो रहेछ आफ्नोपन केहो अनि साथ केही बाटो भरी उ सङ बिताएका

 

हरेक पल सम्झना आयो उसको याद धेरैनै आयो बाटोमा हाम्रो गाडी गुडिरहेको थियो त्यतिकैमा

 

आकाशबाट ठूलो आवाज आयो आवाज प्लेनको थियो आफ्नै रफतार लिएर बादलसङ तछाड मछाड गर्दै थियो ।

 

गाडी साईट्मा रोकेर राहुल अनि म त्यो दृश्य हेरिरहयौ ।हेर्दा रमाईलो लाग्यो तर बाहिर केहिछिन देख्नका लागि त रमाईलो

 

तर भित्री मन रोईरहेको थियो ।त्यो बादलसङ लुकामारी गर्दै जहाज आफ्नो गति लिईरहेको थियो । त्यतिकैमा …

 

…… क्रमशः

 

के कस्तो लाग्दैछ सल्लाह सुझाव दिनु नभुल्नुहोला

 

आसा गरेको छु तपाईंहरुको सल्लाह सुझावनै मेरा लागि प्रेरणाको स्रोत बन्ने छ .

 

……..कुनै राम्रा या नराम्रा शब्दहरु प्रयोग गरिएका छन बुझिदिनु हुनेछ भन्ने आसा छ

 

कुनै गलत शब्दहरु छन भने मलाई सुझाव दिन सक्नु हुनेछ । यदि छुट्टाउनु भएको छ

 

कुनै भागहरु मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

%d bloggers like this: