अपुरो प्रेम भाग :60मिलन अबिरल 💔💔💔

 

अतितहरु मेरा आखाका सामुन्ने आएर झलझली नाचेर जान्थिए आफ्नो मेरो खुल्ला

 

आगनिमा कुनै समय परेली रसाउने गरेका थिए दिपा पनि अब अलि जान्ने बुझ्ने नै

 

भएकी थिई उ मलाई हसाउथी केही सम्झाउथी हरेक समय म सग समय बिताउन खोज्थी तर के

 

थाहा बिचरिलाई आफ्नी आमा कसैको एकोहोरो प्रेममा फसिसकेकी छे भनेर । सरोजसंग सम्पर्क नभएको पनि

 

लगभग १ महिना हुन लागिसकेको थियो न फोन न कुनै सन्देस आफुलाई समाल्न सकेको थिईन तर पनि परिवारका

 

लागि अनि यो दुनियाका लागि म झुक्न सक्दैन थिए अनि समालिनु पर्थियो हरेक दिन । राहुलले सोध्नु भयो एक दिन

 

के हो आजकल खासै सन्चो भएको जस्तो गर्दिनौ सन्चो छैन भने भन्नू पर्छ नि चेकअपका लागि हस्पिटल जानू पर्छ ????

हवस् म तेस्तो भएको भए हजुरलाई पक्कै भन्ने छु तर केही भएको छैन त्यस कारण म किन जाने मेरो चिन्ता लिनु पर्दैन म ठिक छु ।

 

समय बित्दै थियो त्यतिकैमा एक दिन मोबाईलको घण्टी बज्यो ।

 

मोबाईल हेरे मोबाईलमा हैन मेरो मनमा घण्टी बजिरहेको थियो घण्टी बज्यो मनको मोबाइलको भन्दा धेरै मनको बज्यो ।

 

उफ्रिनु मन लागेको थियो तर सकिन चिच्याउनु मन लागेको थियो तर चिच्याउनु सकिन के गर्ने सकिन अन्त्यमा फोन रिसिभ

 

गरे किन यतिका दिन यस्तो तड्पाएर राखेउ म सुरुमै रिसाईदिए उ नम्र स्वर बोल्यो आज सम्म मोबाइल लिएको थिएन आज दे

 

खि लिएको बल्ल पहिलो पटक जापानको नम्बर देखि तपाईलाई फोन गरेको बोल्यो ।

 

धेरै कुराकानी भए आफू सहि ठाउमा परेको अनि हरेक कुरामा चिन्ता नलिनलाई पनि अनुरोध

गर्यो आफू आराम कुसल रहेको अनि बेलुकी पख अन आउनु म तपाईलाई यहाको जापानको फोटो send

 

गरिदिने बतायो केही समय म बिजि छु अहिले म जान्छु डिउटिमा जानू पर्ने भयो यति बोलेर उ आफ्ना फेरि पनि

 

बिधाईका हातहरु हल्लाएर बिदावारी भयो । मेरो मन एकछिन त नाचुझै लागेको थियो ।

 

तर फेरि मन खिन्न भयो केही समयमा फेरि उस्तै भए तर पनि खुसी थपिन्दै गयो धेरै पटक

 

यादमा डुबानमा परेको थिए तर आज पहिलो पटक जापान देखि सम्झियो मनमा सान्ती त

 

मिल्यो तर फोन भए देखि कति बेला रात पर्छ होला भन्ने भयो रात पर्यो । राहुल निदाउनु भएको थिएन

 

राहुल कत्तिबेला निदाउनुहुन्छ भन्ने लाग्यो अब पहिला जस्तै राहुल जब निदाउनु हुन्थियो अनि मात्रै च्याटको

 

सम्बाद अघि बढाउनु पर्थियो । बल्ल निदाउनु भयो मन ढुक्क भयो ल्यापटप खोलेर हेरे अन देखिन सोचे यति मेहेनतको

फल राम्रो लागेन तर पनि कतै आईहाल्छ कि भन्ने सोचेर एकछिन बसे नभन्दै उ केही समय पछि आएको त्यो हरियो थोप्लोले संकेत जनायो ।

 

फोटो पठायो पूरा सहर देखिने गरि एउटा ठुलो पुलमा उभिएको तस्बिर थियो त्यसपछी कोहि सहरको नजिकै कोहि बालुमामा खेल्दै गरेको

 

कोहि कहाँ कोहि कहाँ देख्दा आफैलाई जापान पुगेझै अनुभव गराउने ज्यादै मन मोहक लोभ्याउने कहाँ देखि कहाँ पुगिसक्यो बाहिरी

 

मुलुक तर हाम्रो नेपाल पहिला जहाँ थियो त्यही छ भोलि पनि त्यही हुनेछ यहाँ त जुकाझै बसेका छन दलालहरु मौका पाउने बितिकै रगत

 

चुसे सरि देसलाई लुटेर निमिटन्न पारिदिन्छन अनि के हुन्छ जति पछि पनि उस्ताको उस्तै सधैव आरिस लाग्यो दुबै देखेर एक सरोजलाई देखेर

 

आरिस लाग्यो उसको रहन सहन लवाई खवाई उतैको बासिन्दाझै भएको थियो अनि अर्को आरिस लागेको त्यो सहर देखेर हेरिरहुझै लाग्ने गरि

साच्चिकै सुन्दर बातावरणले भरिपूर्ण भएको देखिन्थियो जापान पनि आफुले काम गरिरहेको केही फोटोहरु पनि पठायो निकै राम्रो काम पाएको रहेछ

 

अफिसमै टाईपिङको काम त्यसैले उ पनि निकै खुसी देखिएको रहेछ बल्ल थाहा पाए अनुहारमा रौनक छाएको थियो त्यो समय हामी दुबैको त्यतिकैमा

 

……. क्रमशः

 

के कस्तो लाग्दैछ सल्लाह सुझाव दिनु नभुल्नुहोला

 

आसा गरेको छु तपाईंहरुको सल्लाह सुझावनै मेरा लागि प्रेरणाको स्रोत बन्ने छ .

 

……..कुनै राम्रा या नराम्रा शब्दहरु प्रयोग गरिएका छन बुझिदिनु हुनेछ भन्ने आसा छ कुनै

 

गलत शब्दहरु छन भने मलाई सुझाव दिन सक्नु हुनेछ कृपया कमेन्टमा केही दिनदेखि लाज

 

मर्दो कमेन्ट देखिरहेको छु कोहि मित्रहरुको यो एउटा कथा हो कथाको पात्रहरुलाई गाली गरेर

 

केही हुनेवाला छैन ।

लेखक म हु यस्तो लेखेकोमा मलाई गाली गर्न सक्नुहुनेछ

 

धन्यवाद तपाईहरुलाई हजारौले मन पराईदिनु भएको छ साथ

 

दिनु भएको छ यो साथका लागि धन्यवाद । यदि छुट्टाउनु भएको छ कुनै भागहरु

 

मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

%d bloggers like this: