अपुरो प्रेम भाग:25मिलन अबिरल ??????????????

आफ्नो फेसबुक अन गरे त्यहा सबै भन्दा पहिला त sms देखे खोलेर हेरे त्यहा सबै sms सरोजका थिए ।

उ पनि अन रहेछ खै कति बेलाबाट रहेछ थाहा भएन । अनि।मैले पनि उसलाई reply दिए हामी बिच निकै sms हरु भयो ।

त्यतिकैमा उज्यालो भयो । ७ बज्यो (पोखरा बसाईको तेस्रो दिन) अनि सबै जना reday भएर हामी नास्ता गर्न लाग्यो नास्ता गरिसकेर हामी त्यहाबाट सबै जना बाहिर भ्रमणका लागि निस्कियौ ।

हामी दिन भर घुमघाम गरेर साझमा त्यही नजिकैको रेस्टुरेन्टमा सानो पार्टीको आयोजना गर्यौ । सबैजना हामी बाहिर निस्कियौ ।

अनि फेवातालतर्फ लाग्यौ । मेरो खुट्टामा निकैनै ठुलो चोट लागेको कारणले गर्दा म यता उता हिड्नु सक्दैन थिए ।

बाहिर निस्कनु भन्दा पहिला मैले एउटा झुट बोल्न बाध्य भए । मैले आफ्नो घाउलाई राम्रोसंग ब्यान्डेज गरेको थिए ।

बाहिरबाट नदेखिने गरि चोट लागेको नै हो भन्ने देखिएको थिएन । मैले सबैजनालाई भने म आफू राती बाहिर अध्यारोमा निस्कन्दा लड्नु पुगे अनि मलाई चोट लागेको बताईदिएको थिए ।

त्यसैले म आफूले आफ्नो बोझ थोरै भए पनि झुठो बोलेर हटाएझै भयो । पोखरा निस्कने त्यो समय कस्तो दुखले मिलेको थियो ।

 

पोखराको बसाई त्यो अन्तिम रहेछ अझै पनि सम्झनामा छ हरपल ती अतितहरु झस्काई रहन्छन म जब एक्लै हुन्छु त्यो पल अहिले पनि अवगत हुन्छ ।

फेवाताल पुग्यौ सबैजना कस्तो सुन्दर सायद स्वर्गझै लाग्यो त्यो एकान्त बातावरण मननै लोभ्याउने । जति दुखी भए पनि त्यो ठाँउ देखेर जो कोहि पनि खुसी हुन्छ ।

त्यो पानीको छालमा रमाउन अनि वरिपरिका प्राकृतिक सम्पदाहरुमा रमाउनमै मख्ख थिए ।

कति मनमोहक दृश्यहरु सायद को नै रमाउदैन र त्यो लहराउदै गरेको हरिया पातहरु दिउँसोको समय त्यो घाम पनि पानीमा ठोक्किएर घरी घरी मेरो आखामा आएर जिस्काउदै थियो त्यो दृश्यहरु नियाल्दैमा सरोजपनी मेरो साथमै थियो । उ पनि रमाईरहेको थियो ती सम्पदाहरुमा घरी घरी मलाई कहिले नदेखेझै अनौठो प्रकारले हेर्दथियो ।

 

मलाई पनि अचम्म लाग्दथियो म आफू पनि उसलाई लुकि लुकि हेर्थिए थाहा छैन एक छिन उसलाई नदेख्दा म त्यो हरियाली पनि उजाड मरुभूमिझै लाग्थियो ।

आहा कति रमाईलो त्यो समय त्यो बाताबरण हामी ग्रुप ग्रुपमा थियौ म अनि सरोज अनि अरु २/३ जना मेरो ग्रुपमा कहिले कहि रमाईलो गर्दै गफ गर्थिए कहिले उनिहरु पनि मौन हुन्थिए मलाई आफू मौन नै रहन्थिए ।खै आफू क्रमशः

%d bloggers like this: