अपुरो प्रेम भाग:24 मिलन अबिरल ??????????????

#अपुरो प्रेम भाग : २४

त्यतिकैमा सरोजले मलाई एकोहोरो आँखा नझिम्क्याई एकनासले हेरिरहेको थियो ।

म खै के भयो भयो । उसका आखाहरु यति नसालु थिएकी कसरी भनु ती आखामा मलाई पनि हेरिरहुझै लागिरहेको थियो ।

खै कस्तो समय कस्तो साथ कस्तो आस हो ।आफ्ना सबै पराई हुन्छ्न पराई भने आफ्ना हुदा रहेछन उ केही नबोली मौन भएर हेरिरहयो ।

म पनि मौन थिए । के बोलु खै आफैलाई थाहा थिएन किन मलाई एकोहोरो हेरेरहनु हुन्छ यो प्रस्न गर्ने म मा हिम्मत थिएन ।

 

थाहा छैन यो के हो किन यस्तो हुदैछ म गलत छु या के छु मनमा कौतुहलता भएरहयो मनमा सोच्ने दिमाग पनि अब फुल भएको थियो ।

मलाई आफ्नो श्रीमान आफ्नो प्राण भन्दा प्यारी छोरिको पनि मलाई तेस्तो धेरै याद आएको थिएन । म पनि उसको नजरमा आफ्नो नजर जुधाउनमै मग्न थिए ।

मैले आफ्नो नजर उसको नजरबाट हटाउनै सकिन उसले पनि मेरो नजरबाट आफ्नो नजर हटाउन सकिरहेको थिएन ।

 

आफू बिवाहित भएर पनि अरुको नयनमा हराउनु अरुको लागि आफ्नो हृदयमा ठाउ दिनु त्यो उचित थियो या थिएन थाहा थिएन ।,

उसले बल्ल आफ्नो नजर मबाट हटायो । अनि मेरो नजिकै आयो अनि आफू सुत्नका लागि आफ्नो कोठा जाने जान्कारी दियो ।

मैले मुन्टो हल्लाएर हवस् को भावनामा भन्दिए । उ आफ्नो कोठा तर्फ लाग्यो ।

त्यसपछी म आफ्नो कोठाको ढोकाको चुक्कुल लगाएर सुत्न लागे तर आज झन निन्द्रा भन्ने शब्दनै मेरो आखामा थिएन ।

म नचाहादा नचाहदै पनि म आफ्नो परिवार भन्दा सरोजको बारेमा धेरै कुरा सोच्न लागेछु केही यति समयमै म आफू उसमा लिभ्द भैइसकेछु ।

सोच्दा सोच्दै म आफू बिचित्र भए टाउको दुखेर फुट्लाझै भयो । धेरै सोचेर होला होला सायद । आखिर यो मन त रहेछ झन नसोचु भन्यो झन त्यही कुरा धेरै सोच्न पुगिन्दो रहेछ ।

 

भोलिको बारेमा पनि सोचिरहे अब आफ्नो खुट्टाले गर्दा म आफुलाई कसरी समालेर बाहिर निस्कने हो ।यो कुन पापको सजाए हो यस्तै भन्दै सोचिरहे सुत्न मन पनि लागिरहेको थिएन ।

 

म आफू आजभोली खै किन आफै पागल सरि भैसकेको थिए । रात बितिसकेको थियो टाउको झन दुखिरहेको थियो । अब अत्तिनै भयो म ब्यागमा औषधि थियो एउटा ट्याप्लेट निकालेर खाए ।

त्यसले पनि काम भने गरेन ।जबरजस्ती निदाउने लाखौ प्रयासको बावजुत म निदाएछु । बिहान हुन लागेछ । ४ बजिसकेछ । झ्यालबाट बाहिर हेरे अलि अध्यारोनै देखे यति छिट्टै बाहिर निस्कने कामनै थिएन ।

अनि मैले आफ्नो आफ्नो फेसबुक अन गरे त्यहा क्रमशः

%d bloggers like this: