अपुरो प्रेम भाग:26मिलन अबिरल ??????????????

#अपुरो प्रेम भाग :२६

खै आफू मौन भएर अरुको कुरा सुन्नमा अर्कै रमाईलो हुदो रहेछ साच्चैनै म आफैमा मन मनै रमाईरहेको थिए ।

त्यो साथ सरोजको अनि बोलिमा रमाउदैमा म धेरैनै खुसी भएको थिए म आफैले आफैमा हराउन लागिरहेको थिए ।
यो कस्तो दुर्भाग्य हो या बरदान हो या के हो आफैलाई थाहा छैन । कुनै कुरा आफ्नो मनले नसोचेको आफ्नो दिमागले नचाहेको हृदयले नचाहेको कुरा हुदो रहेछ ।
मेरो पनि यस्तै भयो खै यतिका बर्ष भएको थियो । सबै आफ्नै सोचेको जस्तो हुन्थिएयो तर त्यो क्षणमा तेस्तो भयो ।

म अनि सरोज त्यो रमाइलोमा घुम्दै थियौ ।

हामी ती पानीका छालहरुमा रमाउदै वरपर हिँड्दै थियौ त्यतिकैमा हिडिरहदा केही पर हेर्दै हिडिरहेको थिए । त्यतिकैमा मेरो खुट्टामा ठेस लाग्यो ।

म लडिसकेको थिए ,तर सरोजले मलाई च्याप समात्यो यदि उसले मलाई नसमातेको भए म ज्यादै नराम्रोसंग लड्थिए होला तर धन्न साथमै सरोज रहेछ ।
मैले उसलाई धन्यवाद भने उसले पनि भन्यो आफ्नो आखाहरु भुईतिर लगाएर हिंड्नु भए म पनि आभारी हुने थिए उ अलि न्यास्रो अनुहार लगाएर भनिरहेको थियो ।
मलाई पनि केही हदसम्म उसको सोच मन पर्यो ।मैले हवस् भनिदिए हामी घुम्दै अनि केही अतीत केही दार्सनिक कुराहरु अनि केही ठट्यौली भावहरु साटासाट गर्दैमा त्यो वरपर हिडिरहेको थियौ ।
सरोज अनि म मात्र रहेछौ अहिले त हाम्रा ग्रुपका हाम्रा साथिहरु आफ्नै दुनियामा रमाउनमै ब्यस्त रहेछन ।
अनि आफ्ना ती ३ दिन देखि ब्रस नगरेका पहेला दातहरु चम्काउदैमा अनि देखाउदै गफ गर्नमा मग्न थियौ हामिले अब त राम्रो संग एकअर्काका भावहरु मन चिन्ने मौका पाईसकेका थियौ ।

मैले पनि उसलाई राम्रोसंग चिनिसकेको थिए । अनि उसले पनि मेरो बारेमा सबैनै थाहा पाईसकेको थियो ।

त्यतिकैमा अगाडी केही खुड्किला रहेछ अब म आफू खुड्किला उक्लन लागे तर म आफु आफैमा पागलझै भए कस्तो नसोचेको अहिले नदेखेको जस्तो भयो मेरो त होसनै हरायो हरे…….
मैले उसको हात कति बेला देखि समाएर गफको धुनमा हिडिरहेको रहेछु ।
जब म खुड्किलामा उक्लनका लागि आफ्नो पाईला चाले तर म आफू अगाडी बढिरहनु सकिन म आफू किन पाईला चाल्न सकिन यस्तै कुरा सम्झन्दै आफ्नो टाउको पछाडी फर्काएर हेरे तर मैलेनै सरोजको हात आफ्नो हातले कस्सिलो तरिकाले समाएको रहेछु ।
म आफैमा दङ्गिए खै कत्ती बेला देखि मैले उसलाई समाईरहेको रहेछ कस्तो आफैलाई थाहा नभएको मैले
क्रमशः

 

%d bloggers like this: