#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…70

 

नकिकै ट्याक्सिवालालाई बोलाए ।.अनि ….जाउ फेरि ट्याक्सिवाला बोल्यो ।

 

कहाँसम्म जाने म के बोलु थाहा छैन अनि सम्झाए त्यो गाडीवाला लाई अनि हामी लाग्यौ ।

 

मनिस लाई भने तिमी भाउजू अनि नानिहरुलाई लिएर घर लग्नु म यिनिलाई उसको घरसम्म पुर्याईदिएर आउछु ।

 

कसरी पुर्याउछस र त नया छस झन उ बोल्यो खै के गर्ने कुनै उपाय त लाग्ला नि यार म बोले ।

 

तर उ गाँस छाड्न तयार थियो तर साथ छाड्न तयार थिएन भाउजू पनि कत्ती बुझ्झकी हुनुहुदो रहेछ त्यो दिन मा थाहा पाए

 

म नानिहरुलाई लिएर जान्छु तपाईहरु जानू उसको घर पुर्याईदिनु ।

 

जस्तो मनिस उस्तै भाउजू कत्ती कोमल हृदय कत्ती सहयोगी भावना एउटा अर्को टयाक्सिलाई बोलाएर भाउजुलाई अनि नानिलाई घर पठायौ ।

 

हामिले कत्ती पटक बोलायौ कहाँ हो तपाईको घर तर उ अचेत थि केही बोलिन सायद उ बेहोसीमा थि होला हाम्रो कुरा अनि सबै कुरा

उसले केही थाहा पाएकी रहेनछे सायद हुन सक्छ ।गाडी त बढ्यो अगाडी तर कहाँ लग्ने के गर्ने केही थाहा थिएन ।

 

पछिल्लो सिट्मा म अनि त्यो अपरिचित केटि अनि अगाडि ड्राइभर र मनिस ।यति धेरै रक्सिको गन्ध आईरहेको थियो कि मेरो स्वासप्रस्वासमा नै समस्या

 

आउलाझै रिस पनि उठ्यो जाने भएर मेरो साथी भने बरु नबोलेको भए न आफन्त न कोहि त्यो रक्सिको गन्धले त मलाई क्रोध पैदा गर्यो ।

 

तर सोचे कसैलाई आपत परेको बेला सहयोग गर्नु त आफ्नो भाग्य पो हो त कहाँ लग्ने थाहा थिएन त्यहाबाट हामी निस्किसकेका थियौ ।

 

यस्तो बेहोसिमा पनि उसको पर्स हातमै रहेछ शरीर बेहोसी भएता पनि हात त होसमै रहेछ अर्को हातमा मोबाईल रहेछ खुसी लाग्यो यहाँ त पक्कै उसको घरको ठेगाना भेट्टाउछु कि

 

भनेर पर्समा हेर त भनेर मनिसलाई दिए अनि आफू मोबाईल लिए उ अचेत नै थि अझै पनि । मोबाईल हेरे स्क्रिनमा एउटा गुडियाझै नानी

 

अन्दाजी ६/७ बर्सको अनि एक पुरुषको अनि त्यति मोबाईल वालिको फोटो ३ जनाको फोटो थियो अनि अनुमान लगाए कि उसको

 

परिवार होला उसको श्रीमान् अनि छोरी हुनुपर्छ । केही अरु फोटोहरु केही हेरे तर केही मिलेर तेस्तो उसको ठेगाना आसा पनि निरासामा परिणत भयो ।

मनिसलाई सोधे केही मिल्यो केही मिलेन यहाँ त उ बोल्यो ।हेर्दा खान्दानीझै अनि ठुलै परिवार्झै लाग्ने तर किन यस्तो हालतमा फेरि एक्लै हिडिरहेकी छ मनमा

 

अनेकौ प्रस्नहरु उब्जिए तर जवाफ पाउन सकिन ।केही भेटियन अब के गर्ने जान्ने भएर आफैलाई गाली गर्न मन लाग्यो आफ्नै त कहाँको हालत भएको छ फेरि

 

यस्तो घाँडो आईलाग्यो सोचिरहे त्यतिकैमा मनिस बोल्यो कतै केही भएन मेरो घर लिएर जाउ भोलि होस आए पछि त थाहा भैहाल्छ कहाँ घर हो भनेर मैले हुन्छ भने ।

 

ट्याक्सीलाई बालुवाटार लिएर जाउ भनेर बालुवाटार तिर लाग्यौ घर तर्फ लाग्यौ ।बालुवाटार पुग्यौ अनि घरसम्म डोर्याउदै पुर्यायौ भाउजू देखेर छक्क पर्नु भयो भाउजुलाई

 

सम्झाए यस्तो कारणले उहाँलाई यहासम्म ल्याउनुपर्ने भयो उहाँ पनि अलि पढेलेखेकै हुनुहुन्थियो बुझिहाल्नु भयो ।

 

त्यही गेस्ट room मा लगेर सुतायौ भाउजुले पनि सहयोग गर्नु भयो कत्ती पिएको होला अझसम्म होस आएको नै छैन

 

आखीर रहर ले हो या कहर ले पिएको होला यस्तै सोच आयो रात भर छट्पटी भयो निन्द्रा लागेन कठिनले बल्लतल्ल उज्यालो भयो ।

 

उसलाई निन्द्राले छाडेछ उ आफ्नो कोठामा घोरिएर बसिरहेकी रहेछ कहाँ कसरी किन यहाँ आईपुग्यौ भनेर सबै भाउजुले सम्झाई सक्नु

 

भएको रहेछ मलाई देख्ने बितिकै नम्र स्वरमा धन्यवाद बोली जवाफमा मुस्कुराईदिए मात्र केही सोध्न खोजे किन कारण यस्तो सब तर फेरि सोचेकी बल्ल त उ

 

आफ्नो होसमा आएकी छ फेरि म उसको दिमागमा किन अर्को चोट थपौ झै लाग्यो केही नबोली बसे उसैलाई हेरिरहे ।

 

उसलाई सोधे घर कहाँ तपाईंइको उ केही बोलिन सायद उसलाई अझै बोल्ने मोड छैन ।म अनि मनिस छतमा गएर केही गफ गर्न थाल्यौ

 

उसैको विषयमा कुरा भयो आखिर को होलि उ किन यस्तो गरिरहेकि छे किन यस्तो अचेत छे यस्तै विषयमा केही कुरा गर्दै चिया पियौ ।

 

अब साची अब सोधेरनै छाड्छु भन्ने लाग्यो तर उ त अघि त्यहादेखी गैसकिछ सपना जस्तै लाग्यो केही पल ताराझै उदाई अनि बिहानी हुन

नपाउदै अस्ताईहाली भाउजुलाई सोधे कहाँ जानू भयो।सम्झाउन खोजे मनाउन खोजे अनुरोध गरे बस्नलाई खाना खाएर मात्र जानू भनेको तर गैहाल्नु

भयो मैले पनि केही कुरा सोध्न खोजे तर आफ्नो बारेमा केही बोल्नु भएन बस् धन्यवाद दिएर यहाँ देखि निस्कनु भयो भाउजू बोल्नु भयो आखिर को थि

 

उ यस्तै यस्तै खेलिरहयो मनमा तर लाग्यो जो भएता पनि होस आखिर उ सजिलै आफ्नो ….

 

क्रमशः

 

यतिका दिनसम्म पोस्ट गर्न नपाएकोमा म सबैसमक्ष माफी माग्न चाहान्छु ।

Published by

lchapagain4@gmail.com

CEO AT CHHEPARO.COM

your one feedback help us to work even harder