#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…71

सजिलै आफ्नो मुख खोल्ने वाला थिईन । कत्ति आँखा अगाडी हुन्छन कहानी हरु कत्ती लुकेका हुन्छ्ना

कहानिहरु ।सायद केही कहानी लुकेको थियो कि भाउजू बोल्नु भयो जान त त्यो नानी जानू भयो तर आफ्नो

मोबाइल छाडेर जानू भएछ अलिकता भएता पनि ओठमा मुस्कान आयो बल्ल अब जान्ने मौका मिलि पो

हाल्छ कि उसको बारेमा यस्तै सोचे त्यो दिन म फ्री नै थिए यो मोबाइलका फिर्ता पनि गर्दिन्छु अनि उसको

बारेमा केही सोध्छु पनि भन्ने लाग्यो मनिस अफिस लाग्यो । भाउजुलाई भने म यो मोबाइलका फिर्ता गर्दिन्छु

भने उहाँ पनि मान्नु भयो तर कहा फेरि भेटिएली अब उसलाई भेट्न मुस्किल नै थियो यत्ती ठूलो सहरमा

 

     कहाँ बिलिन भैइ अब कहाँ भेटिएला ?GoD ले मेरो कुरा माथिबाट सुन्नु भएको जस्तो लाग्यो मोबाईलको

रिङ्ग बज्यो लेखेको थियो अफिस ।रिसिभ गरे अनि बोले उता देखि बोल्यो तपाईं को बोल्नु भएको म बोले

उहाले मोबाईल यहि छाडेर जानू भएको रहेछ म पनि चिन्दिन बरु भन्नू यो नम्बरको मान्छेलाई चिन्नु हुन्छ उ

बोल्यो उहाँ त हाम्रो अफिस हाकिम हुनुहुन्छ कसरि नचिन्नु म निकै यो कुरा सुनेर प्रफुल्ल भए अनि सोधे

कहा छ अफिस म यो मोबाइलमा बुझाईदिन आउछु अनि उहाको बारेमा केही जान्न मन पनि छ के मलाई

त्यहाको ठेगाना बताउन सक्नु हुन्छ उ बोल्यो । बरु तपाई कहा हुनुहुन्छ भन्नू म त्यही हाम्रो अफिसको

ड्राइभर गाडी लिएर आउँछ बालुवाटार हो यहाँ आईपुगेर यहि नम्बरमा फोन गर्नु म बाहिर निस्कन्छु यत्ती

भनेर फोन राखे ।भने बमोजिम १ बजे गाडी आयो अफिस पुगे कलन्कीमा रहेछ अफिस राज भवन नजिकै

 

        भित्र लग्यो डाईभरले अनि भित्री पुगे के तपाईनै हैन मलाई फिन गर्ने एउटा अधबैंसे पुरुष आएर हात

मिलाउदै बोल्यो अनि सोधे तपाईको नाम उ बोल्यो रामु अग्रवाल म चुप रहे अनि उसले सोध्यो तपाईको

नाम मैले बोले आकाश श्रेष्ठ ठेगाना भोजपुर यहाँ केही कामका कारण आएको अनि बसेरनै बोलौन केहि

यत्ती भनेर उ हाकिम को अफिस लग्यो त्यहा पुगेर बसे ।जो मान्छेलाई तपाईले भेट्नु भयो घरसम्म लग्नु भयो

अनि मोबाईल लिएर यहासम्म आईपुग्नु भयो उहीँ मान्छेको कुर्सी हो यो तर उहाँ केही दिन देखि अनुपस्थित

हुनुहुन्न उ बोल्दै थियो म बिचमै कुरा काटेर बोले । किन???? उ बोलिरहेको थियो उ चुप भयो खै किन भनौ

लामो छ कथा उहाको पहिला जस्तो हुनुहुन्न जब उहाहरु श्रीमान् श्रीमती अलगिएर बस्न लाग्नु भयो त्यो दिन

देखि उहा आजसम्म राम्रो बोल्नु हुन्छ न हास्नु हुन्छ एकोहोरो टोलाएर मात्र बस्नु हुन्छ आखिर किन खै

अफिस पनि नियमित आउनु हुन्न आजकल उहाको अनुपस्थितिमा अफिस पनि घाटामै गैइरहेको छ उहा

 

      अब केही ख्याल गर्नु हुन्छ खै जिउँदो लासझै भएर बस्नु हुन्छ ।आखिर किन??? मैले सोधे तर यो बारेमा

उसलाई पनि केही थाहा नभएको जनायो ।मलाई उसको नामसम्म थाहा थिएन सोध्न मन लाग्यो आखिर को

हुन सक्छ उसको नाम उदासिपन मान्छेको नाम सोधौ या नसोधौ भन्ने लाग्यो आखीर जे पर्ला पर्ला सोध्नु

पर्यो रामु जि के उहाको नाम के होला के म जान्न सक्छु होला सोधे उ बोलिहाल्यो ।किन नसक्नु र उहाको

नाम सरिता आचार्य ।यो भन्दा अरु धेरै उसैको बारेमा जान्ने मौका त थियो तर सोध्नलाई उचित सम्झिन

पहिलो पटक आएको एकै पटक उसको पूरा कहानी कसरी सोधु अरुले सुन्दा पनि कस्तो अचम्मित लाग्दो

खै म किन उसको बारेमा यति जान्न चाहान्थिए आफैलाई थाहा थिएन ।त्यहाबाट बिदावारी भएर म

 

मनिसको घरतर्फ लागे केही जान्न नचाहेता पनि उसको नाम जान्ने सुनौलो अवसर त पाए त्यसैमा केही खुसी

अनि केही दुखित पनि भए ला साच्चिकै मोबाईल दिन भनेर गएको थिए तर मोबाईल त मेरै हातमा पो रहेछ

घर पुगेर पो थाहा पाए मनिस अघि आएको रहेछ अफिसबाट मैले दिउसोको सम्पुर्ण कुराहरु सुनाए उसले

पनि भन्यो त्यो मोबाईल फिर्ता गरिदे फिर्ता गरिदिने बहानामा फेरि भेट त हुन्छ ।मलाई रात भर खै किन

निन्द्रा लागेन हरेक कुरा सोच्न लागे हरेक मनमा कुराहरु खेल्न लागे कसरी भेट्ने होला उसलाई आखिर को

होला उ किन यस्तो सब गरिरहेकी छ यस्तै सोच्दै निदाएछु मनिसले बिहान बोलाउदा मात्र थाहा पाए

उसलाई धेरै हैन एक पटक भेट्न चाहान्थिए केही बोल्न चाहान्थिए ।दिउँसो फेरि अफिस गए सायद मेरो

कुरा माथिबाट सुन्नु भएछ सरिता अघि अफिसमा आज धेरै दिनमा आएको रहिछ ।रामुलाई सोधे उ बोल्यो

 

      उहाँ आफ्नो क्याबिनमा हुनुहुन्छ गएर भेट्न सक्नुहुन्च यत्ती भन्दा मेरा पोहोरा अनावश्यक रुपमा फुलेर

खुसिको सिमा नाघ्यो हत्तार हत्तार म क्याबिनतर्फ लम्किए । क्याबिनको ढोका ढक्ढकाए मलिन स्वरमा

भित्री देखि आवाज आयो आउन सक्नुहुन्छ ।गएर सोफामा बसे तर उ आज पनि मौन थि खै अस्ति आफ्नो

त्यो ब्यवाहारले उ लज्जित भएकी थि या उसलाई सन्चो थिएन कि या अरु कुनै बेदनामा डुबेकी छे मैले केही

ठम्याननै सकिन ।उसलाई आफ्नो परिचय दिनु उचित लागेन अस्ति त्यो रात देखि हामी परिचित भएका

थियौ उ थि या थिइन म नजिक देखि परिचित भएको थिए ।उसको नाम त थाहा थियो तर ….

%d bloggers like this: