#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…72

        सको नाम त थाहा थियो तर ..नाम थाहा हुदा हुँदै फेरि सोध्न उचित सम्झिन ।त्यतिकैमा उ बोली

तपाईको नाम ???मैले आफ्नो नाम बताए अलि नम्र स्वरमा आकाश श्रेष्ठ घर भोजपुर यहाँ केही कामको कारणले आएको थिए साथिको छोरा दिपको birthday पार्टीमा जादा तपाईलाई देखेको थिए त्यही कारण म आज तपाईको सामुन्ने छु केही कुराहरु पहिलाका कुराहरु वृतान्त रुपमा सुनाए ।मैले दिप भन्ने साथ दिप नाम मेरो मुखबाट उच्चारण हुना साथ “दिप “ह दिप यो नामले उसलाई झस्काईदियो म तिर आँखा बढाउदै हेरि अनि बोली दिप ।मैले बोले हजुर दिप /किन चिन्नु हुन्छ र दिपलाई ??चिन्न त चिन्दिन तर उ बोली

         के तर ?प्रस्न गरिहाले ?तर उ मौन नै रहि म आँखा अन्तै डुलाईरहेको थिए उसको आखामा कहाँ

देखि झुक्किएर हेरेको त आँखा भरी आँसु बनाईसकेकी रहेछे ।म के नै गर्न सक्थिए केही सोध्न सकिन बस हेरिरहे उसैलाई केही बेर लाग्यो मैले सोचेको जस्तो रहिनछे निकै पिडाम डुबेकी रहिछे निकै बेदनामा डुबेकी रहेछे लाग्यो उ एक्लि छे ।सोछे जस्तो कहाँ हुन्छ र जीवन रोजे जस्तो कहाँ हुन्छ र जीवन आँसु हो जीवन अनि आँसु को जिवनको कमजोरी अनि हिम्मत पनि आसुनै हो सबै कुरा हासो भन्दा पनि आँसु प्यारो छ सधै ।केही बोल्न खोजे तर के बोलु के सोधु नसोधु फेरि म उसका बारेमा जान्न चाहान्छु हरेक कुरा तर उ मुख खोल्नेवालामा थिइन उ आँसु झार्नमा खप्पिस रहिछे लाग्यो उसको नाम त सरिता हैन आसुमाया या आसुकुमारी हुनुपर्ने यस्तै ख्याल मनमा दिमागमा दौडाईरहेको थिए ।त्यतिकैमा सोधे किन दिप तपाईको के पर्छ र ?तर उ मुख खोल्नेवाला थिइन अनजान मान्छे थि उ म किन म उ प्रती चासो दया देखाईरहेको थिए खै न मेरो उ कोहि थि न आफन्तजन नै न कोहि मलाई पनि झनक्क रिस उठ्यो उ बताउन चाहान्न भने म किन उ प्रती चासो देखाउनु दिमागले अर्कै सोच्न थाले ।फेरि उसको अनुहारमा हेरे धेरैनै निरासापन छाईरहेको थियो ।तर पटक पटक त्यही प्रस्न गर्न आफुलाई उचित सम्झिन त्यसपछी बिदा मागेर त्यहा देखि

         निस्किए कतै नौलो कतै मुलाएम कतै निरासापन कतै केही यस्तै अनौठो मनमा लिएर बाहिर

निस्किए आफ्नो त्यो रिस देखेर पनि आफैलाई लाज लाग्यो ।मनिसको घर पुगे सुत्न खोजे तर जुन कामका लागि म गएको थिए त्यो काम त फेरि भुलेर आएछु फोन त फेरि आफ्नै साथमा लिएर आएछु ।कस्तो दिमाग मेरो जुन सोचेर गएको थिए तर उसको मोबाईल आफ्नै साथमा लिएर आएछु कस्तो म ? उसको त्यो खामोसिपनले मेरो होस हवास सबै भुलाईदियो कस्तो समय कस्तो सोच खुसी पनि लाग्यो ऐ दुखी पनि सुत्न खोजे निन्द्रा पटक्कै लागेन आँखा बन्द गर्छु उसैको अनुहार झझल्किरहयो उसको त्यो निरासापन अनुहार त्यहि दुखित आकृतिले भरिएको अनुहारले मेरो निन्द्रा सबै लुटिए सोच्दा सोच्दा तिर्खाले घाँटी च्याप च्याप भएछ गर्मी त थिएन तर त्यो समय कहाँ देखि ताक्ररमले भरियो मेरो शरीर पसिनाले पुरै भिजिसकेको रहेछ ।ओड्ने हटाए अनि हेरे त्यो मोबाईल बाहिरी त्यही फोटो थियो सानि गुडियाझै बच्ची अनि उहीँ केटि अनि सायद उसको श्रीमान हुनुपर्छ ।निकै सजिएको फोटो थियो ।अनि निन्द्रा लागेन नाम सम्म थाहा थिएन नाम त थाहा भयो सरिता उसको नाम अनि सोछे मोबाईलमा केही लुकेको छ कि केही रहस्य उसको

      निरासापनको लक लागेको थियो S बाट सुरु भएका हरेक लक खोल्न कोसिस गरे तर असफल भए

अनि दिउसो मैले दिप नाम लिईरहदा उ झस्किरहेकी थि अनि D लक हाने खुसिले उफ्रीए लक खोलियो ।तर त्यहा तेस्तो कुनै केही फेला परेन उसैको परिवार रहेछ परिवारको फोटोहरु देखा पर्यो ।कत्ती सुन्दर परिवार रहेछ आखिर किन यस्ती छे किन बिछोडिएकिझै देखिएको छे के उ एक्लि छे त हरेक यस्तै यस्तै कुराहरु सोच्नलागे सोच्दा सोच्दै उज्यालो भयो ।बिहान भयो अरु दिनहरुझै थिएन मेरा लागि आखिर किन उसैको अनुहार उसैको हरेक कुराले मेरो दिमाग भरिएको छ आखिर के कारण हुन सक्छ यस्तै यस्तै प्रस्नहरु मनमा उब्जिएरहयो म आफ्नो काम विशेषले गर्दा काठमाडौ गएको थिए तर यहाँ त आफ्नो कामनै भत्ताभुङ हुनेगरी फेला परि अपरिचित मान्छे म यस्तो कुरामा पर्न चाहान्न भने जस्तो लाग्यो तर भित्र देखै

      आफै ममता पलाएर आयो आखिर के हो रहस्य जान्न मन लाग्यो कसैलाई केही नभनी म मनिसको घर

देखि निस्किए ।उ सोध्दै थियो कि कहासम्मको यात्रामा हो तर म केही नबोली निस्किए मेरो मानस्पटलमा उहीँ सरिताको निरासापनको अनुहारले भरिएको थियो। ।७बजिसकेको थियो त्यही हिजोको अफिस पुगे हातमा उसैको मोबाईल थियो । आफ्नो मुखसम्म राम्रोसाथ नपखाली म बेवारिसेझै भएर हिडिरहेको थिए । अफिस त पुगे तर त्यहा कोहि ……..

क्रमशः

        केही दिनयता बिरामी परेको कारणले गर्दा समयमा पोस्ट गर्न सकिरहेको थिइन मलाई माफ

गर्दिनुहोला अनि बुझिदिनुहोला सकेसम्म साथ दिन्छु त भनेको थिए तर मनले साथ दिन चाहेको हु तर के गर्ने शरीरले साथ दिएन के गरौ माफ गर्दिनुहोला अब कोसिस गर्दैछु छिट्टै ल्याउनलाई म बाट कत्ती भुल त्रुटिहरु भएका भए पनि माफ गर्दिनुहोला ।।।।।।।।।।।।।।।।

%d bloggers like this: