#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…73

 

     अफिस त पुगे तर त्यहा कोहि थिएन बन्द थियो। म पागल जस्तै भएछु बिहान कहाँ हुन अफिस खुल्ला

हुन्छ र त्यहा नजिकैको एउटा सपमा गएर सोधे ९ बजे खुल्दो रहेछ ।अब जम्माजम्मी १ घन बाकी थियो समय पर्खन जति सारो अनि गाह्रो केही नहुने फेरो आज पनि समयले मलाई आफ्नो पाउमा झुकाएरनै छाड्यो न केही पाउने आसा थियो न केही गुमाउने न केही नाता थियो न रगतको न भावनाको नाता म किन उसैमा यति समर्पित भएको थिए । केही समय पर्खनु थियो अब के गरेर समय बिताउने सोचिरहेको थिइन । आनो जेबदेखी मोबाईल निकालेर फेसबुक खोले निकै दिन भएको थियो फेसबुक नखोलेको नजिकै चिया पसलमा गएर चिया पिउदै केही फेसबुका पेजहरु खोलेर त्यहाका लेखहरु पढ्दै बसिरहे ।ती सब्दहरुमा लोभिन्दै झुमिन्दै डुबिसकेको रहेछु ९ बजेको रहेछ पहिलानै ।

म अफिसमा लागे रामु अघि आईपुगेको रहेछ अफिस खोलेर उ केही समानहरु मिलाउदैमा बिजि

थियो गएर सोधे कि आज म्याम आउनुहुन्न कि आउनुहुन्छ भनेर आउनुहुन्छ या आउनुहुन्न उहाको त भरोसा छैन उहामा पहिला भन्दा धेरैनै बदलाव आएको छ म्याम पहिले जस्तो हुनुहुन्न ।रामु बोलिरहेको थियो कि म पनि अचम्मित भएर सुनिरहेको थिए खै किन मान्छे छिनछिनमा मनसुनझै परिवर्तन हुन्छन मान्छेमा आखिर किन बदलाव आउँछ खै किन । के उहाको कुनै फाल्तु फोन नम्बर छ पहिलाको फोन त मसङै छ अर्को नम्बर छ भने दिन सक्नुहुन्छ मलाई ???उहाँ कहाँ बस्नु हुन्छ खै पहिलाको घरमा पनि हुनुहुन्न अहिले त खै थाहा छैन नम्बर त तेस्तो के काम छ र तपाईको प्रस्न गर्यो म त के गरौ के भनौ भनौझै भए मेरो के काम

     थियो म आफैलाई थाहा थिएन सोचेकी उहालाईनै मोबाइल फिर्ता गरिदिउकी भनेर यस्तै बहानामा

टारिदिए ।म आफै लज्जित भए उ प्रतिको ती लगावहरु देखेर निकै समय प्रतीक्षा गरे उ बल्ल आईपुगी लखरलखरझै गरेर उस्ले मलाई आफ्नो अफिसमा देखेर चकित भई अनि आस्चर्यजनक भएर हेरि अनि आफ्नो क्याबिन तिर लागि म त हेरेर छक्क परे यति भाउ खाएकि हो या बोल्न नचाहेकी हो या आफुमा घमण्ड गरेकी हो पत्ता लगाउन सकिन एक मनले त सोचे मोबाईल पनि फिर्ता नगरी त्यहा देखि निस्किदिउ झै लाग्यो उसको त्यो व्यवहार देखेर तर फेरि मनले मानेन यो मन पनि खै कस्तो कस्तो न कसैले बुझ्न सक्छ न मनलाई जोख्न सक्छ या न त जाच्न सक्छ खै किन यस्तो छ यो मन यो पागल मन मानेन केही धानको बाला अरुलाई आकर्षित गर्नका लागि भएता पनि झुकिदिन्छ सोचे म आफू झुक्दा आखिर के नै हुन्छ र म उसैको

       क्याबिन तिर लागे उ अघिलो दिनझै झोकर्याएर बसिरहेकी थि आखिर किन उ यस्ति छे किन आफ्नो

मनका ती बेदनाहरु अरुलाई साट्न खोज्दिन कुन बताउन चाहान्नझै लाग्यो धेरै पटक सोधे तर उ यति सजिलै आफ्नो मुख खोल्नेवाला थिईन मलाई थाहा थियो कि मान्छेको मनलाई बुझ्नसक्ने शक्ति म मा थियो धेरै कर गरे तर उ मान्नेवाला थिएन देखावटी आँसु देखाएर म पनि उ जस्तै निरास भएर झोकृदिए अनुहार झुकाईदिएर आफ्नो सिर निहुराईदिएर उसको कपि गरिदिएर बसिरहे उ केही नबोली आफ्नो टाउको निहुराएर बसिरहेकी थि मैले उसको कपि गरिदिएकोले होला लाज लाग्यो होला उ म तिर रुन्छे अनुहार लगाउदै केही बोल्न खोजेझै गरि म पनि भाउ खोजिदिए वास्तानै नगरी बसिदिए खै के भयो रिसाएझै लाग्यो ।यस्तो मौन हुनुको कारण सोधे तर कहाँ मुख खोल्नेवाला थि र?के म तपाईलाई अफिस पछि अन्त बाहिर कतै भेट्न सक्छु आकास जि??? मेरो नाम कस्ले बतायो तपाईलाई मैले सोधे ?रामुले तपाईको बारेमा केही

     जानकरी गराएको थियो ।मलाई तेस्तो जानकारी हुदा हुँदै पनि मलाई यस्तो व्यवहार गरेको देखेर कता

कता रिस उठेर आयो यस्तो सहयोग गरेको थिए त्यो रात धन्यवाद दिनु त कत्ता हो कता उ त झन रिस पो पोख्दै रहिछे अझै क्षति घमण्डि आईमाई रहिछ ।हुन्छ अफिस तपाईको सकिए पछि बाहिर कतै भेटै न त है यत्ती भनेर उसको हातमा त्यो उसको हराएको मोबाईलमा हातमा थमाइदिए ।उ आश्चर्य हुँदै गहिरो भावमा हेरिरही लाग्छ म मान्छे नभएर कुनै बनमान्छे उ यस्तै सोचले मग्न भएर हेरिरही। उफ कसैको धन्यवाद मलाई चाहिएको त हैन तर के एक वचन त भन्न सक्थी नि तर केही बोलिन अहिले थोरै मुस्कुराउन खोजी म त्यही मुस्कानमा अल्झिए ।त्यो पहिलाको घृणित सोच बदले लाग्छ धेरै कहानी लुकाएकी छे उ कहानिको खानी हो जहाँ हरेक कुरा उ लुकाउन चाहान्छे कसैलाई आफ्नो दुल्ह पोख्न चाहान्न थि सायद तर म

     त्यतिकैमा हार मान्नेवाला थिइन म खै उसैमा लोभिइएको थिए किन किन म उसैको बारेमा हरेक कुरा

जान्न चाहन्थिए ।५ बजे भेट्ने भएर म त्यहा देखि निस्किए निस्कनु भन्दा पहिला उसको नम्बर मागे केही नबोली नम्बर दिई ।कोठाम पुगे त्यहा कोहि थिएन मनिसको श्रीमती बाहेक दिप स्कुल गैसकेको रहेछ अनि मनिस पनि अफिस गैसकेको रहेछ भाउजुले मलाई निकै नौलो देखेझै गरेर हेरिरहनु भएको थियो म केही नबोली बसे ।के भेट्नु भयो त उहाले प्रश्नै गर्नु भयो सबै बृतान्त सुनाए ।

क्रमशः

आजभोली केही समस्याका कारण समयमा पोस्ट गर्न सकिरहेको छैन यसका लागि सबैमाझ माफी माग्दछु ।

%d bloggers like this: